All Posts By इटहरी खबर संवाददाता

    Showing ३३१-३४० of ३,०८६ items.
  • पिंगलास्थान होटलमा सुस्मिता मृत्यु प्रकरण : युवतीको मोवाइल लिएर फरार प्रेमी पनि मृत्त भेटिए

    काठमाडौं । काठमाडौंको पिंगलास्थानस्थित होटेलमा मृत भेटिएकी सुस्मिता खड्कासँगै बसेर फरार भएका युवक पनि मृत्त भेटिएका छन् । सुस्मिताको प्रेमी भनिएका फरार युवक आज (शनिबार) दिउँसो झुण्डिएको अवस्थामा फेला परेका हुन् । ओखलढुङ्गाका २३ वर्षीय देवबहादुर थापा झुण्डिएको अवस्थामा आज मृत फेला परेको प्रहरीले जनाएको छ ।शनिबार दिउँसो उनी ओखलढुंगाकै सुनकोसी गाउँपालिका–३, सिस्नेरीमा झुण्डिएको अवस्थामा फेला परेको ओखलढुङ्गाका डीएसपी कृष्ण खड्काले जानकारी दिए । ‘देवबहादुर झुण्डिएको अवस्थामा मृत फेला परेका छन्, उनको बारेमा अनुसन्धान भइरहेको छ’, डीएसपीले खड्काले सुनाए । युवतीको मृत्युको कारण अझै खुलेको छैन । देवबहाद

    • प्रकाशित मितिः पुस २०, २०८१
    • २७९ पटक पढिएको
  • भीम रावललाई विराटनगरमा दुर्गा प्रसाई र एकीकृत समाजवादीका नेता–कार्यकर्ताको स्वागत

    इटहरी । नेकपा एमालेबाट निष्काशित भएपछि नयाँ पार्टी गठनको तयारीमा रहेका नेता भीम रावललाई विराटनगरमा एकीकृत समाजवादी र दुर्गा प्रसाई समर्थकहरुले भव्य स्वागत गरेका छन् । आज (शनिबार) विराटनगर पुगेका रावललाई स्वागत गर्न नेकपा एकीकृत समाजवादीका नेता–कार्यकर्ता र दुर्गा प्रसाईका समर्थक विमानस्थलमा पुगेका छन् ।नेता रावललाई स्वागत गर्न एकीकृत समाजवादीका नेता वसिम आलाम नेतृत्वको समूह विमानस्थल पुगेको हो । आलाम एकीकृत समाजवादीका केन्द्रीय सदस्य हुन् । यस्तै, रावललाई स्वागत गर्न सतिस पोख्रेलको समूह पनि विराटनगर पुगेको थियो । उनी राजसंस्था फर्काइनु पर्छ भन्दै अभियान सञ्चालन गर्दै आएका छन् । उनी दुर्गा प्रस

    • प्रकाशित मितिः पुस २०, २०८१
    • ३२६ पटक पढिएको
  • सर्लाहीमा हत्या गरी उखुबारीमा गाडिएको अवस्थामा भेटियो व्यवसायीको शव

    सर्लाही । सर्लाहीको हरिवनमा एक व्यवसायीको हत्या गरी उखुबारीमा शव गाडिएको अवस्थामा फेला परेको छ । सर्लाहीको हरिवनमा हत्या गरी उखुबारीमा गाडिएको अवस्थामा इँटा व्यवसायीको शव बरामद भएको हो । हरिवन नगरपालिका–१० इनारटोलका ३९ वर्षीय हरिप्रसाद प्रसाईंको हत्या गरिएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ ।व्यवसायी प्रसाईं यही पुस १५ गते बिहान बरहथवा नगरपालिका–९ मूर्तियाबाट पैसा लिएर आउँछु भनी घरबाट निक्लेको पारिवारिक स्रोतले जानकारी दिएको छ । अबेर रातिसम्म प्रसाईं घर नफिरेपछि प्रहरीमा खबर गरेका थिए । त्यस लगतै स्थानीय र प्रहरी निरन्तर प्रसाईंको खोजी गरिरहेका थिए ।खोजी गर्ने क्रममा शनिबार घर नजिकैको

    • प्रकाशित मितिः पुस २०, २०८१
    • ३२२ पटक पढिएको
  • प्रधानमन्त्रीद्वारा सोलुखुम्बुको पर्यटन सडक उदघाटन

    इटहरी । प्रधानमन्त्री केपी शर्मा ओलीले सोलुखुम्बुमा पर्यटन प्रवर्द्धनका लागि निर्माण गरिएको ङिम दोर्जी शेर्पा पर्यटन सडकको उद्घाटन गरेका छन् । सडक उद्घाटन कार्यक्रममा उनले सोलुखुम्बुको पर्यटकीय विकासमा सडकले महत्वपूर्ण योगदान पुर्‍याउने बताए ।प्रधानमन्त्री ओलीले सडक पूर्वाधारले सोलुखुम्बुको पर्यटन क्षेत्रलाई थप उचाइमा पुर्‍याउने विश्वास व्यक्त गरे । कार्यक्रममा स्थानीय तहका जनप्रतिनिधि, सरोकारवालाहरू र स्थानीयवासीको उपस्थिति थियो । सडकको उद्घाटनका लागि प्रधानमन्त्री ओली हेलिकप्टरमार्फत खुम्बुको सुर्के पुगेका थिए ।सडक सञ्चालनमा आएसँगै सोलुखुम्बुका पर्यटकीय क्षेत्रहरूमा सहज पहुँचका लागि यातायात

    • प्रकाशित मितिः पुस २०, २०८१
    • ३३३ पटक पढिएको
  • अस्ट्रेलिया जान झापाबाट बिदा भएर आएका थिए दम्पती, कुकुरलाई बचाउन खोज्दा दुर्घटना

    इटहरी । भक्तपुरको मध्यपुर थिमी नगरपालिका वडा नम्बर–२ स्थित सडकमा पुस १५ मा दम्पती सवार स्कुटर दुर्घटना भयो । बागमती प्रदेश–०२–०२८ प ६६१० नम्बरको स्कुटरका चालक निश्चल प्रकाशराज भण्डारीको पुस १९ मा उपचारको क्रममा नर्भिक अस्पतालमा मृत्यु भयो । निश्चलकी पत्नी २८ वर्षीय पूजा श्रेष्ठ स्कुटर पछाडि सवार थिइन् । दुर्घटनामा उनी घाइते भइन्, अहिले नर्भिकमा उपचार हुँदै छ ।निश्चल प्रकाशराज भण्डारी र पूजा झापाको भद्रपुर नगरपालिकाको पूर्व उप प्रमुख चन्द्रा श्रेष्ठका छोरा बुहारी हुन् । निश्चल र पूजा दुवैजना अस्ट्रेलिया जाँदै थिए । अस्ट्रेलिया जान उनीहरू घरबाट बिदा भएर काठमाडौँ आएको थाहा भएको जिल्ला प्रहरी परिस

    • प्रकाशित मितिः पुस २०, २०८१
    • ४२८ पटक पढिएको
  • प्रहरीको ‘कर्डन एण्ड स्विप अप्रसेन’बाट १० जना पक्राउ

    काठमाडौँ । कैलालीमा प्रहरीले सञ्चालन गरेको ‘कर्डन एण्ड स्विप अप्रसेन’का क्रममा लागु औषधसहित १० जना पक्राउ परेका छन् । सुदूर पश्‍चिम प्रदेश प्रहरी कार्यालय धनगढी, जिल्ला प्रहरी कार्यालय कैलाली र मातहतबाट खटि गएको प्रहरी टोलीले शुक्रबार जिल्लाका विभिन्न स्थानबाट उनीहरूलाई पक्राउ परेको हो । पक्राउ परेकामध्ये कञ्चनपुरको कृष्णपुरका मोहन रानाको साथबाट ६ ग्राम १८० मिलिग्राम, कैलालीको धनगढीका प्रभुपन राना र अमन रानाको साथबाट ८४० मिलिग्राम, टीकापुरका विक्रम बुढा र मिलन टमटाको साथबाट ८० मिलिग्राम लागू औषध बरामद भएको छ । यस्तै धनगढीका बाहाली राना र दीपक रानाको साथबाट ५०० मिलिग्राम, कञ्चनपुरको क

    • प्रकाशित मितिः पुस २०, २०८१
    • ३३२ पटक पढिएको
  • ‘ढोग दिया’ शब्दको दुरूपयोग भएकोप्रति प्रतिष्ठानकाे आपत्ति

    कञ्चनपुर । ‘ढोग दिया’ शब्दको दुरूपयोग भएकोप्रति देउडा संस्कृति संरक्षण प्रतिष्ठानले आपत्ति प्रकट गरेको छ । प्रतिष्ठानका अध्यक्ष ध्रुवबहादुर सिंहले सुदूरपश्चिमको मौलिक संस्कार, भाषा–संस्कृतिलाई होच्याउने खालका गीत सङ्गीतप्रति आपत्ति प्रकट गरेका हुन् ।प्रेस विज्ञप्ति जारी गर्दै उनले भूगोल विशेष क्षेत्र, सम्प्रदाय, जातजाति तथा समुदायसँग जोडिएको मौलिक कला संस्कृति, परम्परालाई अपमानित गर्ने खालका गीत सङ्गीत प्रसारणमा रोक लगाउनका लागि सम्बन्धित निकायसँग माग गरेका छन् । काली–कर्णालीको मौलिक संस्कार र सभ्यतासँग जोडिएका ओजपूर्ण शब्दहरूलाई शिष्टताको खिल्ली उडाउने र अपहेलित गराउने कार्य तत्काल बन्द

    • प्रकाशित मितिः पुस २०, २०८१
    • २२१ पटक पढिएको
  • राष्ट्रपतिको शपथअघि ट्रम्पविरुद्ध जेल सजाय सुनाइँदै

    एजेन्सी । अमेरिकी राष्ट्रपति पदको शपथ लिनुभन्दा दुई हप्ताअघि डोनाल्ड ट्रम्पले फेरि एउटा अदालती प्रक्रिया झेल्नु पर्ने भएको छ । न्यूयोर्कको एक अदालतले ट्रम्पविरुद्ध ‘हश मनि’ मामिला अर्थात् आफूविरुद्ध नबोल्न पैसा दिएको एक मुद्दामा सजाय सुनाउने भएको हो ।१० जनवरीमा यो फैसला आउने छ । राष्ट्रपति निर्वाचित भइसकेकाले ट्रम्पविरुद्धको मुद्दामा जेल सजाय हुने सम्भावना भने न्यून छ । न्यायाधीश जुआन मर्चानले ट्रम्पविरुद्ध जरिवाना हुन सक्ने संकेत गरेका छन् । नवनिर्वाचित राष्ट्रपति ट्रम्प आफूविरुद्धको मुद्दामा फैसला सुनाउने क्रममा व्यक्तिगत रूपमा वा भिडियो कन्फ्रेन्सिङ मार्फत् अदालतमा उपस्थित हुने ठानिएको छ ।य

    • प्रकाशित मितिः पुस २०, २०८१
    • ३६० पटक पढिएको
  • रास्वपाको केन्द्रीय समिति बैठक सुरू, यसता छन एजेन्डा

    इटहरी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको बैठक काठमाडौँमा सुरू भएको छ । बैठकको पहिलो दिन आज सहकारीसम्बन्धी अध्यादेश, २०८१ र संसदमा दर्ता भएका विधेयकमाथि छलफल गर्दै पार्टीको धारणा प्रस्तुत गर्ने कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए ।बैठकमा रास्वपाका केन्द्रीय सदस्यहरूबीच पार्टीको सङ्गठन संरचना, समीक्षा, रणनीति, सबलीकरण र जागरणलगायत विषयमा छलफल हुँदैछ । आजै स्थानीय तह उपनिर्वाचनको समीक्षा गर्दै समसामयिक राजनीतिक छलफल र रिपोर्टिङ गर्ने कार्यक्रम तय भएको छ । बैठकको पहिलो दिन शनिबार ८ः१५ बजेदेखि ९ बजेसम्म समसामयिक राजनीतिक विषयमा छलफल र रिपोर्टिङ भएको छ ।९ देखि ११ बजेसम्म स

    • प्रकाशित मितिः पुस २०, २०८१
    • २९५ पटक पढिएको
  • आउन छोडे पर्यटक, सुनसान बन्दै ढोरपाटन

    बागलुङ । चिसो बढेपछि ढोरपाटन उपत्यका सुनसान बन्न थालेको छ । मंसिर अन्तिम सातासम्म पर्यटकको चहलपहल रहेको ढोरपाटनमा पुस पहिलो सातादेखि नै सुनसान बन्दै गएको हो । आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा परेको ढोरपाटनमा बर्सेनि पर्यटक बढ्दै गएका छन् ।सञ्चारमाध्यम र सामाजिक सञ्जालमा यहाँको मनमोहक दृश्यको प्रचार हुँदै गएपछि पर्यटकको आकर्षण बढेको हो । जाडोका कारण स्थानीय बासिन्दासमेत बोबाङ, अधिकारीचौर र निसीखोला झर्ने हुँदा ढोरपाटन सुनसान हुने गर्छ । पर्यटकको आगामन कम भएपछि यहाँ सञ्चालित होटल व्यवसायी पनि फुर्सदिला बनेका छन् ।ढोरपाटनमा हिउँ परे घुम्न आउने पर्यटक बढ्ने भए पनि अहिले सुनसान भएको ढोरपाटन होटल

    • प्रकाशित मितिः पुस २०, २०८१
    • १९८ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल