सोलुखुम्बु ।अत्यधिक चिसो बढेसँगै हिमाली जिल्ला सोलुखुम्बुको जनजीवन कष्टकर बन्दै गएको छ । सदरमुकाम सल्लेरीमा तापक्रम माइनसमा झरेसँगै नागरिकहरुको दैनिकी प्रभावित बनेको हो । सल्लेरीमा शनिबार बिहानको तापक्रम माइनस एक डिग्रीसेल्सियस मापन गरिएको हावापानी मापन केन्द्रले जनाएको छ । मापन केन्द्रका कर्मचारी नवराज पराजुलीका अनुसार सल्लेरीको तापक्रम केही दिनयता माइनसमा गएको हो । चिसो बढेसँगै सल्लेरी क्षेत्रमा मानिस आगो तापेर बस्न थालेको स्थानीय निरकुमार नेपालीले बताउनुभयो । उहाँले भन्नुभयो, “चिसोले घरभित्र बस्न सक्ने अवस्था छैन, त्यही भएर बिहानबेलुका सबै एक ठाउँमा भेला भएर आगो ताप्छौँ ।”पछिल्लो
खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलाकी ४७ वर्षीया विरस तामाङले चिया बिक्री गर्न थालेको २७ वर्ष पूरा भयो । मध्यपहाडी लोकमार्गअन्तर्गत दिक्तेल–हलेसी सडकखण्डको नुनथलाडाँडामा चिया पसल स्थापना गरेर २०५४ सालदेखि चिया बेच्न थालेकी उनले अहिले खर्च कटाएर मासिक रु ५० हजारभन्दा बढी बचत गर्दै आएकी छन् ।समुद्री सतहबाट एक हजार आठ सय २३ मिटर उचाइमा पर्ने नुनथलाको चिसो सिरेटोमा अगेना नजिकै बसेर चियाको चुस्की तान्नेहरूको भीड हरेक दिन बिहानदेखि बेलुका अबेरसम्म लाग्छ । विरसको आफ्नै नामबाट सञ्चालन गरिएको ‘विरस होटल एण्ड लज’मा चिसासँगै खाजाको रुपमा दूधको छाली र चिउरा खानेको उत्तिकै घुइँचो ल
एजेन्सी । दक्षिण कोरियामा विमानस्थलमै भएको जहाज दुर्घटनामा मृत्यु हुनेको संख्या ६२ पुगेको छ । स्थानीय समयअनुसार आइतबार बिहान ९ बजे बैंककबाट आएको जेजु एयरको ७ सी २२१६ कलसाइनको जहाज मुआन अन्तर्राष्ट्रिय विमानस्थलभित्र दुर्घटना भएको थियो ।दुर्घटनामा परी मृत्यु हुनेको संख्या ६२ पुगेको उद्धारमा खटिएका अधिकारीहरूलाई उद्धृत गर्दै दक्षिण कोरियाको समाचार संस्था योनहाप न्युजले जनाएको । दुई जनालाई भने जीवितै उद्धार गरिएको छ । मुआनमा अवतरणका क्रममा धावनमार्गबाट चिप्लिएर जहाज पर्खालमा ठोक्किएको थियो ।पर्खालमा ठोक्किएपछि जहाजमा आगो लागेको थियो । केहीबेरमै विमानस्थल धुवाँको मुस्लोले ढाकेको योनहाप न्युजले जना
पर्सा । तत्कालीन ब्रिटिस इष्ट इन्डिया कम्पनीको फौजलाई गोर्खाली सेनाले हराएको ऐतिहासिक पर्सागढी अतिक्रमणमा परेको छ । पुरातात्विक सम्पदामा स्थानीय, प्रदेश र सङ्घीय तीनवटै सरकारको ध्यान नपुग्दा स्थानीयको अतिक्रमणमा परेको हो । पर्सागढी मन्दिर व्यवस्थापन समितिका अध्यक्ष वृजमोहन चौधरीले गोर्खाली सेनाले तत्कालीन ब्रिटिस सेनालाई हराएको ऐतिहासिक पर्सागढीको जङ्गल क्षेत्र स्थानीय जनताले कब्जा गरेर आफ्नो नाममा ल्याएको बताए ।‘ऐतिहासिक पर्सागढीको ५० बिघाभन्दा अधिक क्षेत्रफलमा वन फैलिएको थियो’, उनले भने, ‘स्थानीयको अतिक्रमणले हाल एक बिघा दुई कट्ठामा सीमित भएको छ ।’ अध्यक्ष चौधरीले जग्गा फिर्ता ल्याउने क
विराटनगर - देशभरका एक हजारभन्दा बढी महिला कानुन व्यवसायी विराटनगरमा भेला भएका छन्। नेपाल बार एशोसिएसनको आयोजनामा ३१औं राष्ट्रिय महिला कानुन व्यवसायी सम्मेलन आजबाट सुरु भएको हो।दुई दिनसम्म चल्ने सम्मेलनमा ७७ वटै जिल्ला बार, उच्च बार र सर्वोच्च बारका महिला कानुन व्यवसायीहरूको सहभागिता रहेको छ। सम्मेलनले महिलाको समानुपातिक सहभागीता, पेशागत चुनौती र अवसर, लैङ्गिक तथा यौनजन्य हिंसा पीडितको न्यायमा पहुँच, पुनर्स्थापना, र निःशुल्क कानुनी सेवा जस्ता महत्त्वपूर्ण विषयमा छलफल गर्नेछ।नेपाल बार एशोसिएसनका अनुसार सम्मेलनको सम्पूर्ण तयारी पूरा भइसकेको छ। आजको पत्रकार सम्मेलनमा एशोसिएसनले सम्मेलनले महिलाको आ
इटहरी डेस्क । श्रीलंकाका पूर्व राष्ट्रपति रनिल विक्रमासिंघे काठमाडौं आउने भएका छन् । निजी भ्रमणको सिशशिलामा उनी पुस १३ गतेदेखि काठमाडौं आउन लागेका हुन् । उनी १७ गतेसम्म नेपालमा रहने स्रोतले बतायो । कांग्रेस सांसद तथा उद्योगी विनोद चौधरीको निम्तोमा उनी नेपाल आउन लागेको स्रोतले जानकारी दिएको छ ।सुरक्षा स्रोतका अनुसार उनी श्रीमतीसहित नेपाल आउन लागेका हुन् । उनी लुम्बिनी भ्रमणमा जाने समेत बताइएको छ। उनको नेपालमा हुने भेटघाट र भ्रमण कार्यतालिकाबारे जानकारी गराइएको छैन । विक्रमासिंघे श्रीलंकाका नवौं राष्ट्रपति र दशौं प्रधानमन्त्री हुन् । उनी ६ पटकसम्म श्रीलंकाको प्रधानमन्त्री बनेका थिए ।पछिल्लो पटक
काठमाडौं । धादिङमा माइक्रोबस दुर्घटना हुँदा १६ जना यात्रु घाइते भएका छन् । काठमाडौंबाट चितवनका लागि छुटेको बा २ ख २८२९ नम्बरको माइक्रोबस गल्छी गाउँपालिका–८ गल्छीमोडमा दुर्घटनामा परेको हो ।दुर्घटनामा परेर १६ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सुवास हमालले लोकान्तरलाई जानकारी दिए । उनका अनुसार घाइतेहरूको अम्बेभरोसा अस्पतालमा उपचार भइरहेको छ । माइक्रोबस आफैं अनियन्त्रित भएर सडकको भित्तामा ठोक्किएको थियो ।दुर्घटनामा माइक्रोबस चालक मकवानपुरको थाहा नगरपालिकाका २२ वर्षीय सञ्जय लामा गुरुङ पनि घाइते भएका छन्। उनको टाउको, मुख र ढाडमा चोट लागेको र अवस्था मध्य
इटहरी । कोशी प्रदेशमा पाँच महिनामा दुई हजार ९२ मोटरसाइकल दुर्घटनाका घटना भएका छन् । चालु आर्थिक वर्षको साउनदेखि मङ्सिर मसान्तसम्ममा प्रदेशभर तीन हजार चार सय ९८ वटा सवारी दुर्घटना भएका इटहरीस्थित नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयले जनाएको छ ।उक्त अवधिमा सबैभन्दा बढी मोटरसाइकल दुर्घटना भएका र त्यसपछि क्रमशः टेम्पो, जिप र कार दुर्घटना भएका उक्त कार्यालयका सूचना अधिकारी रामेश्वर ट्वाटीले बताउनुभयो ।“पूर्वपश्चिम राजमार्गमा एसियन हाइवेको स्तरोन्नति कार्य भइरहेको अवस्थामा जेब्रा क्रसिङ र सवारी सङ्केतको अभावमा बढी मोटरसाइकल दुर्घटना भएको देखिन्छ”, उहाँले दुर्घटनाको कार
धरान । विराटनगरबाट साथीहरुसँगै घुम्न आउनुभएकी मनिशा मेहेता धरान उपमहानगरपालिका –२० स्थित चिन्डे डाँडाको सेछ एडभेन्चर एन्ड होलिडेज पार्कमा रमाइरहनुभएको अवस्थामा भेटिनुभयो ।धरानबाट तीन किलोमिटर हाइकिङ गर्दै यहाँ आइपुग्नुभएकी उहाँले पहिलो पटक जिपलाइन साइक्लिङ गर्न पाउँदा खुसी भएको बताउनुभयो । विराटनगरकै डेनिस खानले फेसबुक र टिकटकमा मात्र यो पार्क देख्नुभएको थियो । प्रत्यक्ष यहाँ आइपुग्दा सामाजिक सञ्जालमा देखेभन्दा राम्रो लागेको उहाँको प्रतिक्रिया थियो । “सोचेभन्दा राम्रो रहेछ, अरु साथीहरुलाई यहाँ घुम्न आउन अनुरोध गर्छु” उहाँले भन्नुभयो ।मनिशा र डेनिस मात्र होइनन्, सेछ एडभेन्चर एण्ड होलिडेज पार्क
खोटाङ । गाउँ उराठ लाग्दो भएपछि अहिले सूर्यबहादुर निरौलाको परिवार गाउँ छाड्न तम्तयार छ । खानेपानीको चरम समस्या र जङ्गली जनावार बदेलको आतङ्क झेल्न नसकेर निरौलाका छिमेकीहरुले यस अघिनै गाउँ छाडिसकेका छन् ।खोटाङको रावा बेसी गाउँपालिका–४ डुम्रेधारापानीको कोटगाउँमा केही वर्ष अघिसम्म १७ परिवार थिए । अहिले चार घर परिवार मात्र उक्त गाउँमा बाँकी रहेका छन् । तीन–चार परिवारमध्येका एक हुन् सूर्यबहादुर निरौला । केही वर्ष अघिसम्म बारीमा सिजन अनुसार मकै, कोदो, जुनेलो, मास लगायतका बाली लगाउथे, कोटगाउँवासीले । अहिले गाउँ भरीको पुरै बारी बाँझो छ । केही बारीहरु बनमराले घारी भइसकेका छन् भने घरहरु भग्नावशेष अवस्थामा