All Posts By इटहरी खबर संवाददाता

    Showing ४५१-४६० of ३,०८६ items.
  • रवि लामिछानेलाई अदालत लगियो

    इटहरी । सहकारी ठगी कसुरका प्रतिवादी बनाइएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई जिल्ला अदालत कास्कीमा उपस्थित गरिएको छ । सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दामा कास्की प्रहरी हिरासतमा रहेका रविलाई बयानका लागि जिल्ला अदालत कास्की पुर्‍याइएको हो ।उनीसँगै हिरासतमा रहेका पूर्व डीआईजी छविलाल जोशी, लिला पछाईं र रामबहादुर खनाललाई पनि अदालत लगिएको छ । हालसम्म छविलाल जोशीको बयान सकिएको छ भने लिला पछाईंको बयान चलिरहेको छ । लीलाको बयान सकिएपछि रविको बयान सुरु हुने जिल्ला अदालत कास्कीले जनाएको छ ।न्यायाधीश नितिज राईको इललासमा उनीहरुको बयान हुँदैछ । आइतबार जिल्ला स

    • प्रकाशित मितिः पुस ११, २०८१
    • १७० पटक पढिएको
  • कोप—२९ पछि जलवायु संकट टार्न के हुन्छ अब नेपालको रणनीति ?

    काठमाडौं । जलवायुजन्य सङ्कट बर्सेनि थपिँदै गएको छ । कृषि, स्वास्थ्य, विकास पूर्वाधार, पारिस्थितिक प्रणालीमा हुने क्षतिले मुलुकले ठूलो नोक्सानी बेहोरिरहेको छ । नेपालको मुख्य पहिचान बोकेका सेता हिमाल कालापत्थरमा परिणत हुँदैछन् । यसले सर्वत्र चिन्ता छ, अब चुनौतीको सामना कसरी गर्ने ? हाम्रा प्राकृतिक सम्पदा र चिनारीलाई कसरी जोगाउने ?विभिन्न अध्ययनहरूले जलवायु परिवर्तनका कारण निकट विगत जति त्रासदीपूर्ण छ भविष्य थप जटिल बन्ने भनेर औंल्याइरहेका छन् । एसियाली विकास बैङ्क (एडिबी) ले हालै सार्वजनिक गरेको एक अनुसन्धान प्रतिवेदनले जलवायु परिवर्तनको प्रभावले विकासशील एसिया र प्रशान्त क्षेत्रमा कुल गार्हस्थ

    • प्रकाशित मितिः पुस ११, २०८१
    • १५८ पटक पढिएको
  • मकै–कोदो लगाउँदा २० हजार कमाइ नहुने ठाउँमा फल्दै लाखौंको सुन्तला

    पर्वत । सुन्तला उत्पादनका लागि प्रख्यात पर्वतको देउपुरका कृषकलाई आजभोलि सुन्तला बिक्री गर्न भ्याइनभ्याइ छ । यहाँ काठमाडौँ, पोखरा, नारायणगढदेखि बुटवलबाट व्यापारीहरू बगानमै सुन्तला किन्नका लागि आउने गरेका छन् ।मोदी गाउँपालिका–२ देउपुरमा चार वर्षअघिसम्म सहकारीमार्फत बिक्री गर्दै आए पनि पछिल्ला वर्षहरूमा भने कृषकले आफ्नै ढङ्गले व्यापारीसँग कारोबार गर्ने गरेका छन् । पहिले माछापुच्छ्रे सुन्तला सहकारी संस्थामार्फत बिक्री गरे पनि अहिले निजी हिसाबले नै बिक्री गर्न थालेका अगुवा कृषक दाताराम चापागाईंले जानकारी दिए ।सुन्तला टिप्नका लागि व्यापारीका प्रतिनिधिहरूको चहलपहल बढ्दो छ । स्थानीय शिक्षक भूमिराज शर्

    • प्रकाशित मितिः पुस ११, २०८१
    • २९५ पटक पढिएको
  • वीरगञ्जबाट डिजेल आयात घट्यो, पेट्रोल बढ्यो

    पर्सा । वीरगञ्ज नाकाबाट डिजेल आयात घटेको छ भने पेट्रोल पैठारी बढेको छ । चालुु आर्थिक वर्षको पाँच महिनामा डिजेलको आयात एक दशमलव १३ प्रतिशतले घटेको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ । सो अवधिमाराजस्व सङ्कलनमा पनि छ दशमलव ९१ प्रतिशतले गिरावट आएको छ ।आव २०८१/८२ को पाँच महिनामा ३२ अर्ब ३५ करोड २६ लाख ८८ हजारको तीन लाख ६६ हजार सात सय १९ किलोलिटर डिजेल आयात भएको थियो । गत आवको सोही अवधिमा भने रु ४० अर्ब ३६ करोड ५० लाख १५ हजारको तीन लाख ७० हजार नौ सय २० किलोलिटर डिजेल आयात भएको थियो । चालु आवको पाँच महिनाको अवधिमा डिजेल आयात घटे पनि पेट्रोल आयातमा भने वृद्धि भएको छ ।चालु आवको पाँच महिनाको अवधिमा रु १

    • प्रकाशित मितिः पुस ११, २०८१
    • २१७ पटक पढिएको
  • धरहरा सञ्चालनको एक महिनामा ५५ लाखको टिकट बिक्री

    इटहरी । पुनर्निर्माण पश्चात धरहरा सशुल्क सञ्चालन भएको आज एक महिना पुगेको छ । यस अवधिमा प्रवेश शुल्कबापत् रु ५५ लाख सङ्कलन भएको छ । गत मंसिर ९ गतेदेखि सर्वसाधारणलाई शुल्कसहित खुला गरिएको धरहराबाट हिजो सोमबारसम्ममा टिकट बिक्रीबापत उक्त रकम सङ्कलन भएको हो ।कामु आयोजना निर्देशक प्रकाश अर्यालले प्रत्येक बुधबार धरहरा बन्द हुने र अन्य दिन दैनिक एक हजार दुई सयले धरहरा चढ्ने गरेको जानकारी दिए । ‘९ गतेदेखि हालसम्म ३१ हजार बढी नागरिकले धरहरा चढिसकेका छन् । जसमा १२ वर्षमुनिका बालबालिकाको तथ्याङ्क राख्ने गरिएको छैन’, उनले भने, ‘बिहान साँढे १० देखि ३ बजेसम्म धरहरा चढ्ने व्यवस्था गरिएको छ । छोटो समयमा नागरिक

    • प्रकाशित मितिः पुस ९, २०८१
    • २९२ पटक पढिएको
  • भक्तपुरमा बाबु–छोरा हत्या प्रकरण : जेठो छोराले हत्या स्विकार्दै गरे प्रहरी समक्ष आत्मसमर्पण

    इटहरी ।भक्तपुरको बालकोटमा भएको बाबु र छोराको हत्या प्रकरणमा जेठो छोरा प्रहरीमा आत्मसमर्पण गर्दै अपराध स्वीकार गरेका छन् । खोटाङ रूपाकोट मजुवागढी नगरपालिका–१ का ५६ वर्षीय कुलप्रसाद आचार्य र उनका २२ वर्षीय छोरा प्रवीण आचार्यको हत्या प्रकरणमा जेठो छोराले आत्मसमर्पण गरेका हुन् ।उनीहरुको हत्या कृलप्रसादकै जेठा छोरा मिलनबाट भएको खुलेको छ । गत शनिबार राति घटना भएदेखि नै जेठो छोरा सम्पर्कविहीन थिए । उनका बाबु र भाइको शव भने डेरामै सोमबार बिहान बेग्लाबेग्लै कोठामा फेला परेको थियो ।डेराबाट सम्पर्कविहीन भएका जेठा छोरा मिलन मंगलबार प्रहरीको सम्पर्कमा पुगेका हुन् ।मिलन फरार भएपछि प्रहरीले उनको खोजी सुरु गर

    • प्रकाशित मितिः पुस ९, २०८१
    • ३२२ पटक पढिएको
  • राज्य व्यवस्था समितिबाट पनि रवि लामिछाने निलम्बित

    इटहरी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई राज्य व्यवस्था समितिबाट पनि निलम्बन गरिएको छ । राज्य व्यवस्था तथा सुशासन समितिको आज (मंगलबार) बसेको बैठकमा सभापति रामहरि खतिवडाले लामिछाने समितिको सदस्यबाट निलम्बित भएको पत्र पढेर सुनाएका हुन् ।सहकारी बचत अपचलन, सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा अदालतमा दर्ता भएपछि रवि लामिछाने हिजो मात्रै प्रतिनिधिसभा सदस्यबाट निलम्बनमा परेका थिए । निलम्बनविरुद्ध रास्वपा अदालत जाने भएको छ । लामिछाने गत २ कातिकमा काठमाडौंबाट पक्राउ परेका थिए ।सहकारी ठगी प्रकरणमा प्रहरीले गरेको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्याल

    • प्रकाशित मितिः पुस ९, २०८१
    • ३६२ पटक पढिएको
  • पार्टीको कार्यविभाजनप्रति झलनाथ खनाल असन्तुष्ट, भन्छन्, ‘म रेस्टमा थिएँ, सल्लाह गरिएन’

    इटहरी । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले पार्टीका नेताहरूको कार्य विभाजनप्रति असन्तुष्टि पोखेका छन् । नेताहरूको कार्य विभाजन गर्नको लागि बसेको स्थायी कमिटी बैठकमा खनाल सहभागी भएका थिएनन् ।गत बुधबार सम्पन्न एकीकृत समाजवादीको स्थायी समिति बैठकले नेताहरुको कार्यविभाजन टुंग्याएको थियो । जसमा खनाललाई स्कुल विभाग प्रमुखको जिम्मा दिइएको थियो । नेता खनालले भने बैठकका बेला आफू घरमै आराम गरेर बसेको बताए । उनले कार्यविभाजन गर्दा आफूसँग कुनै परामर्श समेत नभएको भन्दै गुनासो समेत गरे। खनालले भने, ‘मसँग कुनै परामर्श भएन । म अहिले रेष्टमा बसेको छु । यो बैठकमा म उपस्थित नि हुन पाइनँ ।’६ महिना

    • प्रकाशित मितिः पुस ९, २०८१
    • ३७९ पटक पढिएको
  • हर्क साम्पाङको निर्वाचन नजिरः आफू जित्न सक्ने, आफ्नालाई जिताउन नसक्ने

    सुनसरी -‘नाम होस्, बदमान होस् तर गुमनाम नहोस’ नेपालमा चलनचल्तीको यो उक्ति यदि कसैमा सतप्रतिसत लागु भएको छ भने धरानका मेयर हर्कराज राई (हर्क साम्पाङ)मा लागु भएको छ । उनी कामले चर्चामा छन् । उनी कुराले चर्चामा छन् । उनी गाली गरेर चर्चामा छन् । उनी गाली खाएर चर्चामा छन् । चुनावमा कुदेर चर्चामा छन् । चन्दामा कुदेर चर्चामा छन् । आखिर चर्चामा छन् । हालसालै खोज पत्रकारिता केन्द्रले लेखेको एक खोजमुलक समाचारबाट बिच्केका हर्क फेरि चर्चामा आए । पत्रकारले लेखेको समाचारमा भएको आक्रेशको पत्रकार सम्मेलन भनिएको भेलामा उनले उपमेयर नेकपा (माओवादी केन्द्र)का नेता आइन्द्र बिक्रम बेघा बिरुद्ध पनि बोल्न भ

    • प्रकाशित मितिः पुस ९, २०८१
    • १,३५० पटक पढिएको
  • पाथीभरा पदमार्गमा घण्टीको प्रवेशद्वार निर्माण गरिने

    ताप्लेजुङ । पाथीभरा क्षेत्र विकास समिति ताप्लेजुङले पाथीभरा मन्दिरमा भक्तजनले चढाएका घण्टीलाई प्रवेशद्वारमा प्रयोग गर्ने योजना बनाएको छ । समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङले भक्तजनहरूले चढाएका घण्टी ठूलो परिमाणमा रहेकाले ती घण्टीलाई प्रयोग गरी आकर्षक प्रवेशद्वार निर्माण गर्ने समितिले निर्णय गरेको जानकारी दिए ।उनले भने, ‘हामीसँग ठूलोमात्रामा घण्टीहरू छन्, जसलाई घण्टीकै आकर्षक गेट निर्माण गर्ने योजना बनाएका छौँ । यसले धार्मिक पर्यटकलाई आकर्षित गर्नुका साथै पर्यटन प्रवर्द्धन हुने विश्वास लिएका छौँ ।’ यसअघि ती घण्टीहरूलाई बोलपत्र आह्वान गरी बिक्री गर्ने तयारी गरिएको भन्दै स्थानीय बासिन

    • प्रकाशित मितिः पुस ९, २०८१
    • ३५६ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल