इटहरी । ‘हनी ट्रयाप’ गिरोहसँग मिलेर पैसा असुलेको अभियोग लागेकी निलम्बित इन्स्पेक्टर बिनुकुमारी शाहीसँग अदालतले धरौटी माग गरेको छ । जिल्ला अदालत ललितपुरले उनलाई पाँच लाख रुपैयाँ धरौटी लिएर तारेखमा राख्ने आदेश दिएको हो ।शाही आइतबार अदालतमा उपस्थित भएकी थिइन् । आइतबार बहस नसकिएपछि थुनामा राखेर सोमबार अदालतमा पेश गरिएको थियो । भैंसेपाटी प्रभागको प्रमुख हुँदा उनले आपराधिक समूहसँग मिलेर एक व्यापारीलाई थुनामा राखी ३० लाख असुलिएको अभियोग छ ।
ताप्लेजुङ । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरलाई विश्व सम्पदा सूचीमा समावेश गर्नका लागि पाथीभरा क्षेत्र विकास समितिले पहल गर्ने निर्णय लिएको छ । पाथीभरा क्षेत्र विकास समितिको बैठकले पाथीभरालाई विश्व सम्पदा सूचीमा समावेश गर्न र एक अन्तर्राष्ट्रिय सम्पदाको रूपमा विकास गर्न महत्वपूर्ण कदम चाल्ने निर्णय गरेको समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङले बताउनुभयो । यसका लागि पाथीभरा क्षेत्र विकास समितिले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतको पुरातत्व विभागसँग समन्वय गर्दै पाथीभरालाई विश्व सम्पदा सूचीमा सूचीकरण गर्नका लागि औपचारिक अनुरोध गर्ने निर्णय गरेको ह
इटहरी । वराहक्षेत्र नगरपालिका क्षेत्रबाट सशस्त्र प्रहरीले ठूलो मात्रामा अवैध लागूऔषध गाँजा बरामद गरेको छ। सशस्त्र प्रहरी उपरीक्षक समेनन्द बज्राचार्यका अनुसार वराहक्षेत्र नगरपालिका-१ को पटनाली खोलाबाट ९७ केजी गाँजा बरामद गरिएको हो।सशस्त्र प्रहरीको गस्ती टोलीले पटनाली खोलाको उत्तरतर्फबाट दक्षिणतर्फ चतरा-धरान सडक खण्डतर्फ जाँदै गरेका अपरिचित व्यक्तिहरूले बोकेको झोलाबाट उक्त गाँजा फेला पारेको हो। सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस चतराको टोलीले गाँजा बरामद गरेपछि गाँजा बोक्ने व्यक्ति भने फरार भएका छन्।सशस्त्र प्रहरीले गाँजा बरामद गरी नेपाल प्रहरीलाई बुझाउने प्रक्रिया सुरु गरेको छ। बरामद गरिएको गा
धरान। बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको २५ औँ संस्करण माघ १९ देखि २६ गतेसम्म आयोजना हुने भएको छ। प्रतियोगिताको तयारी पूरा भएको जानकारी सोमबार धरान फुटबल क्लबले पत्रकार सम्मेलनमार्फत दिएको हो।धरान फुटबल क्लबका अध्यक्ष प्रताप तामाङका अनुसार प्रतियोगितामा करिब ८० लाख १० हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको छ, भने अनुमानित आम्दानी एक करोड दुई लाख २५ हजार रुपैयाँ रहेको छ। उनले बुढासुब्बा गोल्डकपलाई रोजगारमुखी र व्यवसायमुखी बनाउनका लागि योजनाबद्ध रुपमा काम गरिरहेको बताए।कोशी प्रदेश खेलकुद सङ्घका अध्यक्ष किशोर राईले धरान फुटबल क्लबले आयोजना गर्ने यो अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिताले नेपाली फु
इटहरी । भक्तपुरको बालकोटमा हत्या भएको अवस्थामा बाबु-छोराको शव फेला परेको छ।खोटाङ घर भएका बुबा-छोराको हत्या भएको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ। खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका घर भई सूर्यविनायक नगरपालिका-२ बालकोट बस्दै आएका ५६ वर्षका कुलप्रसाद आचार्य र उनका २२ वर्षका छोरा प्रविन आचार्य मृत फेला परेका हुन्। बाहिरबाट चाबी लगाएको अवस्थामा कोठाभित्रै साेमबार बिहान उनीहरुको शव फेला परेको हो।मृतक दुवैकाे शरीरमा चोट देखिएको छ। अहिले भक्तपुर प्रहरी परिसरको टोली घटनास्थलमा पुगेर अनुसन्धान सुरु गरिसकेको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रमुख एसपी माधव बुढाथोक
तेह्रथुम । तमोर नदीस्थित तेह्रथुम–पाँचथर जोड्ने लुमुघाट मोटरेबल पुलको पुनर्निर्माण सुरु भएको छ । म्याङलुङ नगरपालिकाका प्रमुख सञ्जयकुमार तुम्बाहाङ्फेले करिव १३ वर्षपछि लुमुघाट मोटरेबल पुलको पुनर्निर्माण थालिएको जानकारी दिए ।सडक विभाग मातहतको पुल सेक्टरको १७ करोड लागतमा उक्त पुल निर्माण गर्ने ठेक्का पाएको थियो । निर्माण कम्पनीले विसं २०६८ असार २६ गते तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी सम्झौता गरेको थियो । निर्माण कम्पनीले काम नगरी पुल अलपत्र छाडेको थियो । तेह्रथुम र पाँचथरका जनप्रतिनिधि, स्थानीय प्रशासन र सरोकारवालाको दबाबपछि निर्माण कम्पनीले अधुरो छाडेको काम पुनर्निर्माण पुनः सुरु गरे
इटहरी । नेपाली बजारमा आज (सोमबार) सुनको भाउ बढेको छ । आइतबार प्रतितोला एक हजार एक सय रूपैयाँ बढेको सुनको भाउ आज प्रतितोला दुई सय रूपैयाँ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४९ हजार आठ सय रूपैयाँमा कारोबार भइरहेको छ ।आइतबार छापावाल सुन प्रतितोला एक लाख ४९ हजार छ सय रूपैयाँमा कारोबार भएको थियो । त्यस्तै सोमबार चाँदीको मूल्य पनि बढेको छ । आइतबार प्रतितोला एक हजार सात सय ९० रूपैयाँमा कारोबार भएको चाँदी सोमबार प्रतितोला एक हजार सात सय ९५ रूपैयाँमा किनबेच भइरहेको छ । आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २६ सय २८ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
पोखरा । सहकारी ठगीका आरोपित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेसहित पाँच प्रतिवादीको आज (सोमबार) देखि जिल्ला अदालत कास्कीमा बयान सुरु हुँदैछ । लामिछानेसहित पूर्व डीआईजी छविलाल जोशी, लिला पछाई, रामबहादुर खनाल र कृष्णबहादुर गुरूङको बयान सुरु हुँदैछ ।उनीहरूको न्यायाधीश नितिज राईको इजलासमा पेसी तोकिएको छ कास्की जिल्ला अदालतका सूचना अधिकारी सुरज अधिकारीका अनुसार न्यायाधीशले पहिला मिसिल अध्ययन गरिसकेपछि मात्रै पहिला कसको बयान लिने भन्ने निर्णय गर्ने जनाइएको छ ।तर प्रहरीले ७५ वर्षीय कृष्णबहादुर गुरुङको पहिला बयान लिन भनेको छ । उनको स्वास्थ्य अवस्थाका कारण
पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले गोर्खा मिडियाबाट प्रयोग भएका चेकहरू दुरुपयोग भएको दाबी गरेका छन् । रास्वपा सभापति रवि लामिछानेले आफूलाई थाहा दिए कर्तुत बाहिरिने डरले गैरकानूनी तरिकाले हिसाब मिलान गरेको बयान दिएका छन् । उनले जिल्ला सरकारी वकिल कार्यालय कास्की समक्ष कर्तुत बाहिरिने डरले गोप्य रुपमा गैरकानूनी तरिकाले हिसाब मिलान गरेको वयानमा बताएका हुन् ।रविसहितका व्यक्तिहरूविरुद्ध आइतबार कास्की जिल्ला अदालतमा सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धिकरणको कसुरमा मुद्दा दर्ता भएको छ । तर, रविले आफूमाथि लागेको आरोपको इन्कारी बयान दिएका छन् । ‘मलाई जानकारी भ
इटहरी । सूर्यदर्शन सहकारीको बचत अपचलन प्रकरणमा आज (आइतबार) जिल्ला अदालत कास्कीमा थप ३३ जनालाई विपक्षी बनाएर मुद्दा दर्ता भएको छ । रास्वपा सभापति रवि लामिछाने, पूर्व डीआईजी छविलाल जोशी, माओवादी नेता दीपेश पुनसहित ३३ जनालाई प्रतिवादी बनाइएको मुद्दामा कुल एक अर्ब ५१ करोड ४० लाख १९ हजार बिगो दाबी गरिएको छ ।फरक–फरकलाई फरक बिगो र सजाय माग गरेर मुद्दा दर्ता भएको सरकारी वकिलले जानकारी दिएको छ । जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले जिल्ला अदालत कास्कीमा दर्ता गरेको मुद्दामा प्रतिवादी लामिछानेसँगै छविलाल जोशी, रामबहादुर खनाल, दिपेशकुमार पुन, नेत्रपाणी वास्तोला, देवेन्द्रबाबु राई, विज्ञान राई, विशाल ता