All Posts By इटहरी खबर संवाददाता

    Showing ४८१-४९० of ३,०८६ items.
  • प्रख्यात रेस्लर रे मिस्टेरियो सिनियरको निधन

    एजेन्सी । डब्लुडब्लुइ सुपरस्टार रे मिस्टेरियो जुनियरका काका तथा प्रसिद्ध मेक्सिकन रेस्लर रे मिस्टेरियो सिनियरको ६६ वर्षको उमेरमा निधन भएको छ । उनको परिवारले डिसेम्बर २०, २०२४ मा यसको पुष्टि गरेको छ। परिवारले सामाजिक सञ्जालमा पोस्ट गर्दै फ्यानहरूसँग यो दुखद खबर साझा गरेका छन् ।मिस्टेरियो सिनियरले मेक्सिकोमा लुचा लिब्रेको रूपमा धेरै लोकप्रियता प्राप्त गरेका थिए। विश्व कुस्ती महासंघ र लुचा लिब्रे एएए वर्ल्डवाइड जस्ता प्रमुख संस्थाहरूसँग उनले च्याम्पियनशिपको उपाधि पनि जिते । लुचा लिब्रे एएए वर्ल्डवाइडलाई प्रायः मेक्सिकोमा डब्लुडब्लुइको समकक्षको रूपमा मानिन्छ।उनले अन्तर्राष्ट्रिय स्तरमा पनि आफ्नो प

    • प्रकाशित मितिः पुस ७, २०८१
    • ६२६ पटक पढिएको
  • जग्गा व्यवसायीलाई फसाएर रकम बार्गेनिङ गर्ने फरार इन्स्पेक्टर विनु शाही प्रहरीकाे आँखा छल्दै अदालत पुगिन

    इटहरी । ‘हनिट्रयाप मुद्दा’ मा फरार रहेकी निलम्बित प्रहरी इन्स्पेक्टर विनु शाही ‘सुटुक्क’ अदालतमा उपस्थित भएकी छन् । प्रहरीको फरार सूचीमा रहेकी शाही आइतबार ललितपुर जिल्ला अदालतमा आफैं उपस्थित भएकी हुन् ।शाहीलाई पक्राउ गर्न प्रहरीले सर्वाधिक खोजतलास गर्दै आएको भए पनि हालसम्म फेला पार्न सकेको थिएन ।उनी प्रहरीलाई चक्मा दिँदै अदालत पुगेकी हुन् । न्यायाधीश रिताकुमारी बख्रेलको इजलासमा उनको बयानका लागि पेसी तोकिएको स्रोतले जनाएको छ । इन्द्रकुमार राईको जाहेरीले भीमादेवी थापा समेत ६ जनाविरुद्ध आपराधिक लाभको मुद्दा दायर भएको थियो ।सोही मुद्दामा शाही फरार थिइन् । उनी प्रहरी प्रभाग भैंसेपाटीमा कार्यरत रहेक

    • प्रकाशित मितिः पुस ७, २०८१
    • २४२ पटक पढिएको
  • रविविरुद्ध तीन कसुरमा मुद्दा दर्ता, सांसद पद पनि धरापमा

    इटहरी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेविरुद्ध जिल्ला अदालत कास्कीमा सहकारी ठगीको आरोपमा मुद्दा दर्ता भएको छ । सरकारी वकिलको कार्यालय, कास्कीले लामिछाने लगायत पाँच जना विरुद्ध आइतबार सहकारी ठगीको आरोपमा मुद्दा दर्ता गरेको हो ।लामिछानेविरुद्ध भने तीन वटा कसुरमा मुद्दा दर्ता भएको छ । लामिछानेविरुद्ध सङ्गठित अपराध, सहकारी ठगी र सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा अभियोग पत्र दर्ता भएको हो । गत शुक्रबार मात्रै यही घटनामा गोर्खा मिडियाका अध्यक्ष जीबी राई सहित १९ जना विरुद्ध पूरक अभियोग पत्र दर्ता भएको थियो । १८ असोज, २०८० मा राई लगायतको समूह विरुद्ध मुद्दा दायर भएको थियो ।ला

    • प्रकाशित मितिः पुस ७, २०८१
    • २३१ पटक पढिएको
  • सम्पत्ति जफतको माग गर्दै रवि पत्नी निकितालाई पनि प्रतिवादी बनाएर मुद्दा

    पोखरा । सूर्यदर्शन सहकारीको रकम अपचलन प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित ३१ जनाविरूद्व आज (आइतबार) मुद्दा दर्ता भएको छ । कास्की जिल्ला अदालतमा आज मुद्दा दर्ता भएको हो ।यसैबीच रविकी पत्नी निकिता पौडेललाई पनि प्रतिवादी बनाएर मुद्दा दर्ता गरिएको छ । निकितालाई कसुरमा नभई सम्पत्ति जफतका लागि प्रतिवादी बनाइएको जिल्ला सरकारी वकिल कार्यालय कास्कीले जनाएको छ। लामिछानेले ठगी गरेको रकम निकिताको खातामा जम्मा गरेको अभियोग छ ।निकिताका नाममा भएको सम्पत्ति समेत जफत गर्न माग गरिएको हो । सम्पत्ति जफतका लागि निकितासँगै पद्मा बन्जाडे, रोचक जोशी, राधा पछाई, मिना पछाईलाई प्रतिवादी

    • प्रकाशित मितिः पुस ७, २०८१
    • २६४ पटक पढिएको
  • मेरो चरित्र हत्या गर्ने व्यक्तिविरुद्ध साइबर ब्युरोले कारबाही गर्ने भएको छः समीक्षा अधिकारी

    इटहरी । गायिका समीक्षा अधिकारीको चरित्र हत्या हुने भिडिओ बनाउने व्यक्तिविरुद्ध नेपाल प्रहरीको साइबर ब्युरोले कारबाही प्रक्रिया अघि बढाउने भएको छ। आफूले साइबर ब्युरोमा दिएको निवेदनअनुसार दोषी व्यक्तिलाई तत्काल खोजी गरी कारबाही गर्ने जानकारी पाएको गायिका अधिकारीले बताएकी छन्।गायिका अधिकारीले साइबर ब्युरोमा दिएको निवेदन पनि सार्वजनिक गरेकी छन्। ‘मेरो चरित्र हत्या गर्ने व्यक्तिविरुद्ध आज साइबर ब्युरोमा निवेदन दिएकी छु। मेरो व्यक्तिगत र पारिवारिक जीवनमा असर पर्नेगरी राखिएको यस्तो प्रकारका भिडिओले समाज तथा राष्ट्रलाई नै असर पर्छ’, अधिकारीले सामाजिक सञ्जालमार्फत भनेकी छन्, ‘साइबर ब्युरोबाट कम्प्युटर

    • प्रकाशित मितिः पुस ७, २०८१
    • ४५४ पटक पढिएको
  • मौसम महाशाखाको पुरानो वेबसाइट एक हप्तादेखि ‘ह्याक’, नयाँमा पनि देखियो समस्या

    इटहरी ।जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाको बेवसाइट mfd.gov.np ह्याक भएको एक साता हुँदा पनि बन्न सकेको छैन। गत आइतबार रातिदेखि ह्याक भएको मौसम महाशाखाको उक्त वेबसाइट आज (आइतबार) बिहान १० बजेसम्म सञ्चालन हुन सकेको छैन। हरेक बिहान-बेलुका मौसमबारे जानकारी दिने उक्त वेबसाइट ह्याक भएपछि मौसम महाशाखाले सूचना जारी गर्दै मौसमसम्बन्धी अपडेट अब नयाँ वेबसाइट dhm.gov.np बाट लिन अनुरोध गरेको थियो।तर शनिबारदेखि नयाँ वेबसाइटमा पनि समस्या देखिएको छ। उक्त वेबसाइटमा तापक्रम विवरण अपडेट हुन छाडेको हो। यसमा केही प्राविधिक समस्या देखिएकाले तापक्रम विवरण अपडेट हुन नसकेको मौसम महाशाखाका मौसमव

    • प्रकाशित मितिः पुस ७, २०८१
    • २७६ पटक पढिएको
  • इलामका खनाल परिवारले फलाए ३४ लाखको अलैंची

    इलाम । नेपालमा केही गर्न सकिएन । राज्यले केही पनि गरेन भन्ने जमात उस्तै छ । तर गर्न सके कसैको मुख नताकी वार्षिक लाखौँ रुपैयाँ कमाउनेको संख्या पनि नेपालमा उत्तिकै मात्रामा पाइन्छ । पछिल्लो समय कृषि पेशा छाड्नेको संख्या त बढ्दै गएको छ । तर कृषि पेशा गरेर मनग्य कमाउने किसान गाउँमा नै रमाइरहेका छन् ।कृषि पेशाबाट नै गर्न सके स्वदेशमै बसेर विदेशमा भन्दा बढी आम्दानी गर्न सकिन्छ भन्ने उदारहणको पात्र बनेका छन् इलामको सन्दकपुर गाउँपालिका–२ का गिरीराज खनाल । उनले यसै वर्ष ३४ लाखभन्दा बढीको अलैँची उत्पादन गरेका छन् । उनी पूर्व वडाध्यक्ष समेत हुन् । सन्दकपुर–२ माइमझुवाका किसान खनालले मकैबारी मासेर लगाएको ख

    • प्रकाशित मितिः पुस ७, २०८१
    • ४०५ पटक पढिएको
  • रवि र छविविरुद्ध आज मुद्दा दर्ता हुँदै

    पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र पूर्व डीआइजी छविलाल जोशीविरुद्ध आज (आइतबार) कास्की जिल्ला अदालतमा मुद्दा दर्ता हुने भएको छ । आइतबार जिल्ला सरकारी वकिल कार्यालय कास्कीले लामिछानेविरुद्ध मुद्दा दायर गर्न लागेको हो ।लामिछानेविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण गरी ३ वटा अभियोग दर्ता गर्ने तयारी सरकारी वकिलको रहेको छ । हाल थुनामा रहेका गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक लामिछाने, नेटवर्कका सञ्चालक एवं पूर्व डीआईजी छविलाल जोशी बञ्जाडे, लीला पछाई, रामबहादुर खनाल र कृष्णबहादुर गुरुङसहित ५१ जनाविरुद्ध आइतबार अभियोग दर्ताको तयारी छ ।

    • प्रकाशित मितिः पुस ७, २०८१
    • २४५ पटक पढिएको
  • सुदूरपश्चिम प्रदेशका राज्यमन्त्री चढेको गाडी भारतमा दुर्घटना

    इटहरी ।  सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला राज्यमन्त्री प्रकाश बम चढेका गाडी भारतमा दुर्घटनामा परेको छ । बम चढेको प्रदेश ३–०१–०२४ च नम्बरको कार भारतीय नम्बर प्लेटको कारसँग ठोक्किएको थियो ।भारतको पलिया बजार नजिक दुर्घटना हुँदा राज्यमन्त्री बमसहित उनकी श्रीमती कल्पना बम र सहयोगी पदम देउवा घाइते भएका कैलाली जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । कारमा बमसहित तीन जना सवार थिए । प्रहरीका अनुसार राज्यमन्त्री बमको मुख र नाकमा चोट छ ।श्रीमती कल्पना बमको छातीमा र सहयोगी पदम देउवाको टाउकोमा चोट रहेको छ । तीनै जनाको धनगढीस्थित निसर्ग अस्पतालमा उपचार भइरहेको छ । भारतको खिरी जिल्लास्थित पलिया बजा

    • प्रकाशित मितिः पुस ७, २०८१
    • २९० पटक पढिएको
  • झापामा चार किलो गाँजा र तीन लाख नगदसहित युवती पक्राउ

    झापा । झापाको बुद्धशान्ति गाउँपालिका–३ मा चार केजी प्रतिबन्धित लागुऔषध गाँजासहित २९ वर्षीया दुर्गा धिमाल पक्राउ परेकी छन् । बुधबारे इलाका प्रहरी कार्यालयका प्रहरीले गए राति ११ः३० बजे धिमालको घरमा खानतलासी गर्दा सुत्ने कोठाबाट चार केजी गाँजा, नगद रु तीन लाख छ हजार आठ सय ७० र भारु दुई हजार तीन सय बरामद गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी कृष्णकुमार चन्दले जानकारी दिए ।लागुऔषध कारोबार भइरहेको सूचना प्राप्त गरी प्रहरी टोली धिमालको घरमा पुगेको थियो । पक्राउ परेकी धिमाललाई धुलावारी इलाका प्रहरी कार्यालयमा राखिएको छ । घटनास्थलबाट गाँजा जोख्ने तराजु, ढक, लाइटर, प्याकेजिङ प्लास्टिक, चक्कु, कैच

    • प्रकाशित मितिः पुस ७, २०८१
    • १८८ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल