All Posts By इटहरी खबर संवाददाता

    Showing ४९१-५०० of ३,०८६ items.
  • आज पुस महिनाको पहिलो आइतबार, सूर्यदेवको विशेष पूजा आराधना गरिँदै

    इटहरी । पुस महिनाको पहिलो आइतबार आज भगवान् सूर्यको पूजा आराधना गरिँदै छ । वैदिक सनातन हिन्दू धर्म परम्पराअनुसार पुसलाई सूर्य देवताको महिना मानिन्छ । आजलाई पौषकृष्णपक्ष सप्तमी तिथि अर्थात् रविसप्तमी पनि भनिन्छ । यस महिनामा सूर्यको दर्शन एवं पूजन गरेर मात्र खाने र प्रत्येक रविवार पवित्र भई व्रत बसी मध्याह्नमा सूर्यदेवको विशेष पूजा गरी करवीरको पातमा जल, पञ्चामृत राखी सूर्यलाई अर्घ्य दिइन्छ ।सूर्य भगवान्लाई मन पर्ने प्रसादको रूपमा घिउ खट्टे, चिनी आदि चढाइन्छ । पुस महिनाका सूर्यको नाम विष्णु हो । विष्णुले सबैसँग कुरा गर्दा एक पक्षलाई एक दिन मान्नुपर्ने एक पक्षको पक्षधरता छ । आजको दिन बर्तालुले घरमा

    • प्रकाशित मितिः पुस ७, २०८१
    • २३० पटक पढिएको
  • एनपीएलमा कुन खेलाडीले जिते उत्कृस्ट अवार्ड ?

    इटहरी । पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को आर्कषक पुरस्कारको रूपमा रहेकोे कार सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्र सिंह ऐरीले प्राप्त गरेका छन् ।नेपाली क्रिकेट इतिहासमा खेल खेलेर कार पाउने कप्तान ऐरी पहिलो खेलाडी बनेका हुन् ।एनपीएलमा उत्कृष्ट प्रदर्शन गरेका ऐरीले ‘इलेक्ट्रिक फाइिङ प्लेयर अफ द टुर्नामेन्ट’ अवार्ड प्राप्त गर्दै करिब रु ६२ लाख मूल्य पर्ने ओमोडा ‘इ’ फाइभ डिएलएक्स कार प्राप्त गरेका हुन् । नेपाल क्रिकेट सङ्घ (क्यान), ब्रान्ड डिजिटल लजिक प्रालि र शारदा ग्रुपले संयुक्त रूपमा एपीएलमा उत्कृष्ट प्रदर्शन खेलाडीलाई कार प्रदान गर्ने निर्णय गरेका थिए । ऐरीको कप्तानीमा रहेको सुदू

    • प्रकाशित मितिः पुस ६, २०८१
    • ४०२ पटक पढिएको
  • एनपीएल पहिलो सँस्करण सकीयाे : च्याम्पियन बन्दै जनकपुरले जित्यो एक करोड १० लाख

    इटहरी । नेपाल प्रिमियर लिग (एनपीएल) पहिलो सँस्करणको च्याम्पियन बन्दै जनकपुर बोल्ट्सले एक करोड १० लाख रुपैयाँ पाएकाे छ । नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्दले जनकपुरका कप्तान अनिल साह र आजको खेलका कप्तान आसिफ शेखलाई उक्त रकमको चेक हस्तान्तरण गरे ।त्यस्तै दोस्रो हुँदै सुदूपश्चिम रोयल्सले ५१ लाख, तेस्रो हुँदै कर्णाली याक्सले २५ लाख र चौथो हुँदै १५ लाख जितेको हो । त्यस्तै च्याम्पियन ट्रफी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रदान गरेका थिए ।कसले के–के उपाधि जिते ?फेयर प्लेको अवार्ड –लुम्बिनी लायन्ससर्वोत्कृष्ट खेलाडी – सैफ

    • प्रकाशित मितिः पुस ६, २०८१
    • ४९३ पटक पढिएको
  • इटहरीमा नेपाल जेशीजकाे ५१औं महाधिवेशन

    इटहरी । नेपाल जेसिजको आयोजनामा र इटहरी जेसिजको आतिथ्यमा नेपाल जेसिजको ५१औं महाधिवेशन सुनसरीको इटहरीमा सुरु भएको छ। तीन दिनसम्म चल्ने यस महाधिवेशनको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका हुन्। उद्घाटन समारोहमा प्रमुख अतिथि प्रधानमन्त्री ओलीले जेसिजले नेतृत्व विकास, उद्यमशीलता प्रवर्द्धन, र व्यक्तिलाई सक्षम बनाउने कार्यमा गरेको योगदानको प्रशंसा गरे। उनले समृद्धि हासिल गर्दै भए पनि गरिबीको चुनौती कायम रहेको उल्लेख गर्दै यस्तो अवस्था परिवर्तन गर्न आवश्यक रहेको बताए।प्रधानमन्त्री ओलीले राजनीतिक व्यवस्थामा आएको परिवर्तनपछि देश धेरै हिसाबले अगाडि लम्कँदै गरेको बताए ।नेपाल जेसिजको ५१औं राष्ट्रि

    • प्रकाशित मितिः पुस ६, २०८१
    • २९२ पटक पढिएको
  • राप्रपाले पुष १३ गते इटहरीमा विराेध सभा गर्ने , प्रदेश खारेज मुख्य एजेन्डा

    इटहरी ।  शिक्षा र स्वास्थ्यजस्ता आधारभूत सेवा प्रवाहमा कोशी प्रदेश सरकार असफल भएको आरोप लगाउँदै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) कोशी प्रदेशले विरोध प्रदर्शन गर्ने घोषणा गरेको छ। पार्टीका अध्यक्ष रामकुमार थापाले प्रदेश सरकार जनअपेक्षाअनुसार काम गर्न नसकेको आरोप लगाउँदै पुस १३ गते इटहरीमा वृहत विरोध सभा आयोजना गर्ने जानकारी दिए।पत्रकार सम्मेलनमा अध्यक्ष थापाले प्रदेश सरकारको खारेजी, स्थानीय स्वायत्त शासन प्रणालीको अधिकार पुनःस्थापना, धार्मिक स्वतन्त्रता, र सनातन वैदिक हिन्दू राष्ट्रको पक्षमा आवाज उठाउने बताउँदै, सहकारी पीडितहरूको विषयलाई पनि विरोध सभामा समेट्ने जानकारी गराए।उनले विरो

    • प्रकाशित मितिः पुस ६, २०८१
    • २३२ पटक पढिएको
  • डा. शेखर कोइरालाको दाबी: नेपाली कांग्रेसलाई युग सुहाउँदो बनाउने नेतृत्व लिन तयार छु

    सुदूरपश्चिम प्रदेश -  नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले पार्टीको १५औं महाधिवेशनपछि आफूले कांग्रेसलाई युग सुहाउँदो, बलियो र गतिशील पार्टी बनाउने दाबी गरेका छन्। नेपाल प्रजातान्त्रिक सेनानी संघको सुदूरपश्चिम प्रदेशको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै उनले पार्टीभित्र एकता र सहकार्यलाई प्राथमिकता दिने बताएका छन् र यसका लागि आफू नेतृत्व लिन तयार रहेको स्पष्ट पारे।उनले थपे, "अबको कांग्रेस बलियो र गतिशील कांग्रेस हुनुपर्छ। पार्टीको एकता र सहकार्यको महत्त्वलाई जोड दिनु पर्दछ। यसका लागि म नेतृत्व लिन तयार छु।"डा. कोइरालाले नेपाली कांग्रेसको १५औं महाधिवेशन २०८२ सालभित्रै सम्पन्न हुनुपर

    • प्रकाशित मितिः पुस ६, २०८१
    • २३७ पटक पढिएको
  • झापाका मानववस्तिमा हात्तीकाे त्रास : स्थानीय भन्छन 'दिउसै भागदाैड मच्चीन्छ'

    दमक । दुई साताअघिदेखि झापाका विभिन्न पालिकाका बस्तीमा जङ्गली हात्ती देखिन थालेपछि स्थानीयमा त्रास बढेको छ । जङ्गलबाट हात्ती सहरबजार र बाक्लो बस्तीमा नियमित आउन थालेका छन् । हात्तीबाट ज्यान बचाउन हात्ती प्रभावित क्षेत्रका बासिन्दालाई मुस्किल हुन थालेको छ ।एक साताको अवधिमा दिनहुँ जसो मेचीनगर नगरपालिका, शिवसताक्षी नगरपालिका, दमक नगरपालिका र कमल गाउँपालिकाका बस्तीमा हात्ती आउन थालेका छन् । रतुवा वृक्षरोपण आयोजना र दमकको हम्सेदुम्से सामुदायिक वन क्षेत्रभित्र रहेका हात्ती रातको समयमा बस्तीमा पस्ने गरेका छन् ।केही दिनयता शिवसताक्षीको झिलझिले बजारसहितका विभिन्न बाक्ला बस्तीमा हात्ती आउन थालेपछि रातको

    • प्रकाशित मितिः पुस ६, २०८१
    • २४१ पटक पढिएको
  • विराटनगरमा निर्माण सामाग्री बोकेको गाडीमा आगलागी, ५० लाख बढीको क्षति

    विराटनगर । विराटनगर – ५ शान्ति चोकमा निमार्ण सामाग्री बोकेको गाडीमा आगलागी भएको छ । एसुती निमार्ण सेवाको अलकत्र बोकेको गाडीमा शनिवार बिहान साढे ४ बजे एक्कासि आगलागी भएको निमार्ण कम्पनीले जनाएको छ ।विराटनगरको एभरेस्ट कलेजदेखि केसेलिया रोडसम्मको ठेक्का एसुती निमार्ण सेवाले लिएको छ । करिब तीन किलोमिटर सडक कालोपत्रे गर्ने तयारी उक्त कम्पनीले गरेको थियो । ‘अलकत्र लगाउनु अगाडी सडकमा प्राइम लगाउने काम भइरहेको थियो । त्यसको लागि अलकत्र बोक्ने डिस्टीबेटर गाडीबाट अनलोड गर्ने तयारी भइरहेको थियो । त्यही क्रममा एक्कासि आगजनी भयो,’ निमार्ण कम्पनीको निर्देशक किशोर भट्टराईले भने, ‘हिट नगरी अलकत्र झर्दैन । आगो

    • प्रकाशित मितिः पुस ६, २०८१
    • २९४ पटक पढिएको
  • एकीकृत समाजवादीको कोशी इन्चार्जमा राई, सहइन्चार्ज छानीए यी ९ जना

    इटहरी । नेकपा एकीकृत समाजवादीको कोशी प्रदेश इन्चार्जमा राजेन्द्र राई चयन भएका छन् । उपमहासचिव उनलाई पार्टी स्थायी कमिटीको निर्णयअनुसार कोशी प्रदेश इन्चार्जको जिम्मेवारी दिइएको हो ।कोशी प्रदेशमा सहइन्चार्ज भने ९ जनालाई बनाइएको छ ।   कार्यविभाजन सूचीअनुसार बलदेव चौधरी, धर्म निरौला, भवानीप्रसाद खापुङ, महेश रेग्मी, राजन राई, केशव कुमार विष्ट, खिनु लङवा लिम्बु, जीवन राई र विद्या चाम्लिङ सहइन्चार्ज बनेका छन् ।

    • प्रकाशित मितिः पुस ६, २०८१
    • ३७६ पटक पढिएको
  • महोत्तरीमा ७० वर्षीय घरधनीको हत्या गरी लाखौँको लुटपाट

    महोत्तरी । महोत्तरी जिल्लाको मनरासिश्वा नगरपालिका–४ साढा गाउँमा आज बिहान लुटेराहरूको एक समूहले घरधनीको हत्या गरी लाखौँको लुटपाट गरेका छन्। जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवारका अनुसार स्थानीय ७० वर्षीय सुशील झाको घरमा आज बिहान ४ बजे लुटेराको समूह पसेर निज घरधनी झालाई कुटपिट गरेर हत्या गरी लाखौँको लुटपाट गरेका छन्।घरमा पत्नीसँग मात्रै बस्दै आएका घरधनी सुशीललाई सात/आठ जनाको समूहमा हातहतियारसहित आएका नकाबधारी लुटेराको समूहले आक्रमण गरी हत्या गरेको र घरबाट सुनको मङ्गलसुत्र एक थान, सुनको औँठी एक थान र रु ८० हजार नगद लुटेर लगेको प्रहरी नायब

    • प्रकाशित मितिः पुस ६, २०८१
    • २६३ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल