All Posts By भोजराज घिमिरे

    Showing १-१० of १,६३० items.
  • नेपाल औषधि व्यवसायी संघ मोरङको अभिमुखीकरण : कुशल फार्मेसी अभ्यास र औषधि भण्डारणमा जोड, नयाँ वर्ष २०८३ को शुभकामना आदानप्रदान

    विराटनगर, मोरङ — नेपाल औषधि व्यवसायी संघ मोरङ शाखाले जिल्लाका औषधि व्यवसायीहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले औषधिको समुचित प्रयोग, कुशल भण्डारण तथा बिक्री–वितरणसम्बन्धी एकदिने अभिमुखीकरण तालिम सम्पन्न गरेको छ। कार्यक्रमसँगै नयाँ वर्ष २०८३ को अवसरमा शुभकामना आदानप्रदान तथा संघद्वारा प्रकाशित नयाँ वर्षको भित्तेपात्रो (क्यालेन्डर) समेत विमोचन गरिएको थियो।विराटनगरस्थित संघको आफ्नै भवनमा आइतबार आयोजित कार्यक्रम नेपाल औषधि व्यवसायी संघ मोरङका अध्यक्ष देशबन्धु ढकालको सभापतित्वमा सम्पन्न भएको हो। कार्यक्रममा जिल्लाभरिका औषधि व्यवसायी, कार्यसमिति सदस्य तथा सरोकारवालाहरूको उल्लेख्य सहभागिता रहेको

    • प्रकाशित मितिः वैशाख ७, २०८३
    • ११३ पटक पढिएको
  • प्रहरी तालिम केन्द्रद्वारा सामुदायिक प्रहरी सेवा केन्द्रमा अवलोकन भ्रमण

    विराटनगर । कोशी प्रदेश प्रहरी तालिम केन्द्र, विराटनगरले प्रशिक्षणरत प्रहरी जवानहरूलाई व्यवहारिक ज्ञान दिलाउने उद्देश्यले सामुदायिक प्रहरी सेवा केन्द्रसँग समन्वय गरी अवलोकन भ्रमण कार्यक्रम सञ्चालन गरेको छ।तालिम केन्द्रद्वारा जारी सूचनाअनुसार आधारभूत तालिम (४–८२ समूह) अन्तर्गत २१० जना प्रशिक्षार्थीलाई विराटनगर–तीनपैनीस्थित सामुदायिक प्रहरी सेवा केन्द्रमा अवलोकन भ्रमण गराइएको हो। कार्यक्रम २०८२ वैशाख ३ र ४ गते दुई चरणमा सम्पन्न गरिएको थियो।पहिलो चरणअन्तर्गत वैशाख ३ गते दिउँसो ३ बजे १०५ जना प्रशिक्षार्थी सहभागी भएका थिए भने दोस्रो चरणमा वैशाख ४ गते दिउँसो १ बजे थप १०५ जना प्रशिक्षार्थी सहभागी भएका

    • प्रकाशित मितिः वैशाख ५, २०८३
    • ९८ पटक पढिएको
  • मारवाडी सेवा सदन विराटनगरको रजत जयन्ती भव्य रूपमा सम्पन्न, ११ जना अग्रज सम्मानित

    विराटनगर — सामाजिक सेवा र सामुदायिक विकासमा समर्पित मारवाडी सेवा सदन विराटनगरले आफ्नो स्थापना कालको २५ वर्ष पूरा गर्दै रजत जयन्ती समारोह भव्य रूपमा सम्पन्न गरेको छ। बुधबार आयोजित विशेष कार्यक्रममा सदनले ११ जना अग्रज तथा योगदानकर्तालाई सम्मान गर्दै आफ्नो गौरवपूर्ण यात्रालाई स्मरण गरेको हो।सदनले ९ जना संस्थापक सदस्य, १ जना निवर्तमान अध्यक्ष र १ जना पूर्व अध्यक्षलाई सम्मान गरेको छ। सम्मानित हुने संस्थापक सदस्यहरूमा देवेन्द्र अग्रवाल (राजगढिया), सुरेशकुमार शर्मा, स्वर्गीय जगदिश राठी, स्वर्गीय महेन्द्र गोल्छा, स्वर्गीय महाविर तोदी, नन्दकिशोर राठी (मारुती सिमेन्ट), राजकुमार चैनवाला, महेश सिंघानिया र

    • प्रकाशित मितिः चैत २६, २०८२
    • १०० पटक पढिएको
  • विराटनगरमा ३८औं विराट गोल्डकप फुटबल प्रतियोगिता चैत २८ देखि

    विराटनगर — मोरङको विराटनगरमा फुटबलको ठूलो पर्वका रूपमा चिनिने ३८औं विराट गोल्डकप फुटबल प्रतियोगिता आगामी चैत २८ गते शनिबारदेखि सुरु हुने भएको छ। “फुटबलको पर्व, विराटनगरको गर्व, विराट गोल्डकप” भन्ने मूल नाराका साथ आयोजना हुन लागेको प्रतियोगिता २०८३ साल बैशाख ५ गतेसम्म सञ्चालन हुनेछ।विराट गोल्डकप फुटबल ट्रष्ट विराटनगरले बुधबार सहिद रंगशालामा पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको हो। यस वर्ष प्रतियोगिता ट्रष्ट आफैंले प्रत्यक्ष रूपमा आयोजना गर्न लागेको अध्यक्ष किशोरबहादुर शाहीले जानकारी दिए।१ करोड ५ लाख लागतमा भव्य आयोजनाआयोजकका अनुसार प्रतियोगिता सञ्चालनका लाग

    • प्रकाशित मितिः चैत २५, २०८२
    • १०४ पटक पढिएको
  • ओमोडा–जेको र आइकार गाडीमा ११ वर्षसम्मको वारन्टी: एसपीजी अटोमोबाइल्सको नयाँ घोषणा

    — SPG Automobiles Pvt. Ltd. ले नेपालमा Omoda Jaecoo र ICAUR का विद्युतीय सवारी (EV) मोडेलहरूमा ११ वर्षसम्मको विस्तारित वारन्टी योजना सार्वजनिक गरेको छ। कम्पनीका अनुसार यो नेपालमा उपलब्ध सबैभन्दा लामो EV वारन्टी योजनामध्ये एक हो।हालसम्म यी सवारी साधनहरूमा कम्पनीले ट्र्याक्सन (पावर) ब्याट्री प्याकमा ८ वर्ष वा १ लाख ८० हजार किलोमिटर (जुन पहिले पूरा हुन्छ) र ड्राइभ मोटरमा ८ वर्ष वा १ लाख ६० हजार किलोमिटरको वारन्टी उपलब्ध गराउँदै आएको थियो। नयाँ विस्तारित योजनाअनुसार अब ब्याट्रीमा ११ वर्ष वा २ लाख ४० हजार किलोमिटर र ड्राइभ मोटरमा ११ वर्ष वा २ लाख किलोमिटरसम्म वारन्टी सुविधा प्रदान गरिनेछ।यो विस्तार

    • प्रकाशित मितिः चैत २५, २०८२
    • १३६ पटक पढिएको
  • कोशी उद्योग वाणिज्य महासंघमा राउतको दबदबा कायम — ६९.७२% मतसहित पुनः अध्यक्षमा विजयी, रिजाल समूह भारी मतान्तरले पराजित

    विराटनगर — नेपाल उद्योग वाणिज्य महासंघ (कोशी प्रदेश) को निर्वाचनमा राजेन्द्र राउतले प्रभावशाली जित हासिल गर्दै दोस्रो कार्यकालका लागि अध्यक्ष पदमा पुनः निर्वाचित भएका छन्। उनले आफ्नो प्यानलसहित स्पष्ट बहुमत ल्याउँदै नेतृत्वमा निरन्तरता कायम गरेका हुन्।निर्वाचन समितिका अनुसार राउतले कुल १४२ मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी नविन रिजालले ५८ मत मात्र प्राप्त गरेका छन्। मतभारका आधारमा राउतले कुल ४६३० मतभार (६९.७२ प्रतिशत) प्राप्त गर्दै निर्णायक विजय हासिल गरेका हुन्। रिजालले भने १९४० मतभारमा सीमित हुनुपरेको छ।निर्वाचन अधिकृत विकास थापाका अनुसार राउतले जिल्ला/नगर संघतर्फ ३८ मध्ये २४ मत (मत

    • प्रकाशित मितिः चैत २३, २०८२
    • ८० पटक पढिएको
  • विराटनगर–८ मा महिलालाई आत्मनिर्भर बनाउने अभियान—अर्गानिक साबुन र सर्फ बनाउने तालिम सफलतापूर्वक सम्पन्न

     विराटनगर । महिलाको आर्थिक सशक्तीकरण र आत्मनिर्भरता अभिवृद्धि गर्ने उद्देश्यसहित हलेसी महिला सशक्तीकरण सेवा केन्द्र, विराटनगर वडा नं. ८ को आयोजनामा सञ्चालन गरिएको अर्गानिक सर्फ तथा साबुन बनाउने सीपमूलक तालिम कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।उक्त तालिम २०८२ चैत्र १९ देखि २१ गते सम्म  आयोजना गरिएको हो, जसमा स्थानीय दिदीबहिनीहरूको उल्लेख्य सहभागिता रहेको थियो। घरमै बसेर आयआर्जन गर्न सकिने व्यावसायिक सीप प्रदान गर्ने लक्ष्यका साथ सञ्चालन गरिएको यस कार्यक्रमले सहभागी महिलामा नयाँ उत्साह र आत्मविश्वास जगाएको आयोजकले जनाएको छ।कार्यक्रम संस्थाकी अध्यक्ष सीता बरालको अध्यक्षतामा सम्पन्न भए

    • प्रकाशित मितिः चैत २१, २०८२
    • २७२ पटक पढिएको
  • महिला र युवालाई आत्मनिर्भर बनाउँदै ‘हाम्रो प्रयास’को सीपमूलक तालिम सम्पन्न

    विराटनगर — सामाजिक संस्था हाम्रो प्रयास (Our Effort) र विराटनगर महानगरपालिका–७ को संयुक्त आयोजनामा सञ्चालन गरिएको पाँचदिने सीपमूलक तालिम कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।चैत्र १५ गतेदेखि १९ गतेसम्म सञ्चालन भएको उक्त तालिम विराटनगर–७ स्थित संस्थाको कार्यालयमा आयोजना गरिएको थियो। तालिममा २० जना सहभागीको सक्रिय सहभागिता रहेको थियो।कार्यक्रमको उद्घाटन वडा नं. ७ का वडा अध्यक्ष मधु बाबु तिवारीले प्रमुख अतिथिको रूपमा गर्नुभएको थियो भने कार्यक्रम संस्थाकी अध्यक्ष सावित्री ढकालको सभापतित्वमा सम्पन्न भएको हो।समापन कार्यक्रममा हाम्रो प्रयासका सल्लाहकार तथा पूर्व महान्यायाधिवक्ता अधिवक्ता रुपेश कोइराल

    • प्रकाशित मितिः चैत १९, २०८२
    • १६५ पटक पढिएको
  • मोरङको बुढीगंगामा गोल्डकप’—फुटबल उत्सव, ५ लाख पुरस्कारको पहिलो गोल्डकप घोषणा देश–विदेशका टिम भिड्ने

    मोरङको बुढीगंगा गाउँपालिका ले प्रथम गोल्डकप–२०८२ आयोजना गर्ने भएको छ। आगामी चैत २१ देखि २७ गतेसम्म बुढीगंगा–२ स्थित अमाही खेलमैदानमा सञ्चालन हुने उक्त प्रतियोगिता गाउँपालिकाले अहिलेसम्म आयोजना गरेको सबैभन्दा ठूलो तथा सर्वाधिक पुरस्कार राशिको फुटबल प्रतियोगिता हुने जनाइएको छ।गोल्डकपको तयारीबारे जानकारी दिन गाउँपालिकाले बुधबार पत्रकार सम्मेलन आयोजना गरेको हो। प्रतियोगितामा आयोजक बुढीगंगा गाउँपालिकासहित सलहेस फुटबल क्लब सिरहा, राजारानी फुटबल क्लब धनकुटा, धरान फुटबल क्लब सुनसरी, चाल्सा फुटबल क्लब झापा, एएफसी काठमाडौं, नाइजेरियन फुटबल क्लब तथा कञ्चनजङ्घा फुटबल क्लब सिलगुडी (भारत) को सहभागिता रहने स

    • प्रकाशित मितिः चैत १८, २०८२
    • ११३ पटक पढिएको
  • विराटनगरमा घर निर्माण प्रदर्शनी भव्य रूपमा सम्पन्न

    बिराटनगर  । उद्योग संगठन मोरङको आयोजनामा चैत १२ गतेदेखि १६ गतेसम्म सञ्चालन गरिएको घर निर्माण प्रदर्शनी सफलतापूर्वक सम्पन्न भएको छ। सोमबार आयोजित समापन समारोहमार्फत प्रदर्शनीको औपचारिक समापन गरिएको हो।प्रदर्शनीमा सहभागी ८१ वटा स्टलमध्ये उत्कृष्ट प्रदर्शन गर्ने पाँच स्टललाई विभिन्न विधामा पुरस्कृत गरिएको छ। उदयीमान तथा सम्भावनायुक्त नयाँ व्यवसायतर्फ हनुमन्ता एस प्रा.लि., उत्कृष्ट स्टल डिजाइन तथा सजावटतर्फ मार्वेल टेक्नोप्लास्ट प्रा.लि., नवीन तथा अन्तरक्रियात्मक उत्पादन प्रस्तुतीतर्फ विन्डुर सोलुसन, दर्शकसँग उत्कृष्ट संलग्नताका लागि सिटी मार्वेल्स तथा दिगो अभ्यास तथा स्थानीय मूल्य अभिवृद्धिक

    • प्रकाशित मितिः चैत १७, २०८२
    • ८८ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल
  • निर्देशक तथा सह-सम्पादक : भोजराज घिमिरे