इटहरी ।  आज सुन र चाँदी दुवैको मूल्य बढेको छ । सुनको मूल्य तोलामा १ हजार ६०० रुपैयाँ र चाँदीको मूल्य तोलामा ३० रुपैयाँ बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रति तोला ३ लाख १ हजार ३ सय रुपैयाँ तोकिएको छ ।

चाँदीको मूल्य प्रतितोला ५ हजार १६० रुपैयाँ तोकिएको छ ।