काठमाडौंः हिमालयन रि इन्स्योरेन्सका चार जना सञ्चालकले राजीनामा दिएका छन् ।

कम्पनीका सञ्चालक अमित मोर, राजीव मोर, शुभेच्छा खरेल र शुभाषकुमार झुनझुनवालाले दिएको राजीनामा  बैशाख ४ गते बसेको सञ्चालक समितिको बैठकले स्वीकृत गरेको बताइएको छ ।

आगामी वार्षिक साधारण सभासम्मका लागि कम्पनीको सञ्चालकमा कालिका फिन्कोर्प प्रालिको तर्फबाट प्रतिनिधित्व गर्ने दीपककुमार मिश्र र स्वतन्त्र सञ्चालकमा आशिषचन्द्र न्यौपानेलाई नियुक्त गरिएको जनाइएको छ ।