All Posts By खेमचन्द्र अधिकारी

    Showing ९९१-१,००० of १,३५७ items.
  • गोग्राहा माविमा लैङ्गिक हिंसा तथा साईबर अपराधसम्बन्धी सचेतनामूलक कार्यक्रम

    विराटनगरः  मोरङको विराटनगर महानगरपालिका वडा नं. ४ स्थित गोग्राहा माध्यमिक विद्यालयमा लैङ्गिक हिंसा तथा साईबर अपराधसम्बन्धी सचेतनामूलक कार्यक्रम भएको छ ।नारी विकास केन्द्रीय कार्यालय विराटनगर र सामुदायिक प्रहरी सेवा केन्द्र तिनपैनी तथा जिल्ला प्रहरी कार्यालय मोरङको समन्वय र सहकार्यमा कार्यक्रम भएको थियो ।कार्यक्रममा विद्यालयमा अध्ययनरत ७३ जना छात्र छात्राहरु सहभागी रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

    • प्रकाशित मितिः वैशाख २२, २०८३
    • १२४ पटक पढिएको
  • लेटाङमा अन्तरधार्मिक शान्ति पार्क उद्घाटन

    लेटाङः मोरङको लेटाङ नगरपालिका–१ राजारानीमा निर्माण सम्पन्न भएको अन्तरधार्मिक शान्ति पार्कको उद्घाटन २५७० औँ बुद्ध जयन्तीको अवसर पारेर गरिएको छ ।लेटाङ नगरपालिकाका नगरप्रमुख भुपेन्द्रकुमार लावतीले पार्कको विधिवत उद्घाटन गर्नुभएको हो । कार्यक्रममा विभिन्न धर्मका धर्मगुरु, जनप्रतिनिधि, सामाजिक अभियन्ता तथा स्थानीयवासीहरूको उल्लेख्य सहभागिता रहेको थियो । नेपालमा दशक लामो सशस्त्र द्वन्द्वपछि शान्ति स्थापना र सामाजिक सद्भावको आवश्यकता महसुस गरिएका बेला लेटाङबाट शुरु गरिएको सामुदायिक शान्ति अभियानको मूर्त रूपका रूपमा यो पार्क निर्माण गरिएको बताइएको छ ।वि.सं. २०६२ माघ १ गतेदेखि शुरु भएको अन्तरधार्

    • प्रकाशित मितिः वैशाख २२, २०८३
    • १७२ पटक पढिएको
  • बीपी राजमार्गको खुर्कोट–भकुण्डेबेँसी सडकखण्डमा राति सवारी चलाउन प्रशासनद्वारा रोक

    काभ्रेः जिल्ला प्रशासन कार्यालय काभ्रेले बीपी राजमार्गको खुर्कोट–भकुण्डेबेँसी सडकखण्डमा साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म सवारी चलाउन नपाउने गरी सूचना जारी गरेको छ ।मंगलबार राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको निर्देशन, काभ्रे र सिन्धुलीका प्रमुख जिल्लाहरूबीचको छलफलपछि जिल्ला सुरक्षा समितिको बैठक बसेर उक्त खण्डमा राति सवारी साधन चलाउन नदिने निर्णय भएको बताइएको छ ।रोशी खोलामा आउन सक्ने बाढी र मौसमको अवस्था मध्यनजर गरी आवश्यकताका आधारमा सडक आवागमनमा जुनसुकै बेला अल्पकालीन अवधिका लागि रोक लगाउन सकिने निर्णय भएको बताइएको छ । बीपी राजमार्गको २८ किलोमिटरभन्दा लामो खण्ड रोशी ख

    • प्रकाशित मितिः वैशाख २२, २०८३
    • १७८ पटक पढिएको
  • ३ बजे मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्ने

    काठमाडौंः आज दिउँसो ३ बजे मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्ने भएको छ ।प्रधानमन्त्रीको सचिवालयले बैठकका एजेन्डाबारे भने केही जानकारी दिएको छैन । हिजो पनि मन्त्रिपरिषद् बैठक बसेको थियो ।बैठकले संसद अधिवेशन आह्वानका लागि राष्ट्रपतिलाई सिफारिश गर्ने अनुमान गरिएको छ ।

    • प्रकाशित मितिः वैशाख २२, २०८३
    • १६४ पटक पढिएको
  • ३ घण्टामा १५ अंक बढ्यो बजार, २ अर्ब ४१ करोड रुपैयाँको शेयर किनबेच

    इटहरी ।  आज शेयर बजारमा हरियाली देखिएको छ । यद्यपि कारोबार रकम भने बढ्न सकेको छैन । दिउँसो २ बजेसम्ममा बजार १५ अंक हाराहारी बढ्दा २ अर्ब ४१ करोड रुपैयाँभन्दा धेरैको शेयर किनबेच भएको छ ।सोलु हाइड्रोपावरको सर्वाधिक १९ करोड ४० लाख रुपैयाँको शेयर किनबेच भएको छ ।उच्च मूल्य बढ्ने कम्पनीमा पनि सोलु हाइड्रोपावर नै छ । सो कम्पनीको ७ प्रतिशत शेयरमूल्य बढेको छ । ग्रीन डेभलपमेण्ट बैंकको पनि ५ प्रतिशत हाराहारी मूल्य बढेको छ ।फरवार्ड माइक्रोफाइनान्सको सर्वाधिक साढे १० प्रतिशत शेयरमूल्य झरेको छ ।

    • प्रकाशित मितिः वैशाख २२, २०८३
    • १८६ पटक पढिएको
  • आसिफ र आरिफ शेख दाजुभाइ ब्याटिङमा चम्किँदा नेपालले ओमानलाई दियो २५७ रनको लक्ष्य

    काठमाडौंः आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत काठमाडौंमा भइरहेको सिरिजको अन्तिम खेलमा नेपालले ओमानलाई २५७ रनको लक्ष्य दिएको छ । आसिफ र आरिफ शेख दाजुभाइ ब्याटिङमा चम्किँदा नेपालले सो लक्ष्य दिन सफल भएको हो ।कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४९.५ ओभरमा सबै विकेट गुमाएर २५६ रन बनाएको हो । जसमा नेपालका लागि ओपनर आसिफ शेखले सर्वाधिक ९४ रन बनाए भने अर्जुन कुमालले ४८, आरिफ शेखले ४३ र उपकप्तान दीपेन्द्र सिंह ऐरीले ३३ रन जोडे ।आसिफले ९७ बल खेल्दै ७ चौका र ५ छक्का प्रहार गरे । ठूलो सट हान्ने चक्करमा ३५ औं ओभरको तेस्रो बलमा आसिफ बाउन्ड्री ल

    • प्रकाशित मितिः वैशाख २२, २०८३
    • १६३ पटक पढिएको
  • २ घण्टामा १२ अंक हाराहारी बजार बढ्दा १ अर्ब ८२ करोड रुपैयाँको शेयर किनबेच

    इटहरी ।  आज शेयर बजारमा उतारचढाव देखिएको छ । बजार छिनमै घट्ने र पुनः बढ्ने गरिरहेको छ । दिउँसो १ बजेसम्मको २ घण्टाको कारोबारमा बजार १२ अंक हाराहारी बढेको छ ।बढेको बजारमा २ घण्टामा १ अर्ब ८२ करोड रुपैयाँको शेयर किनबेच भएको छ । सबैभन्दा धेरै सोलु हाइड्रोपावर लिमिटेडको १५ करोड ६३ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।बजार २७१५ बिन्दु आसपास रहेर शेयर किनबेच भइरहेको छ ।

    • प्रकाशित मितिः वैशाख २२, २०८३
    • १७१ पटक पढिएको
  • फिर्ता पठाइएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गरे राष्ट्रपतिले

    काठमाडौंः राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गरेका छन् । सरकारले अध्यादेश जारी गर्न पुनः हिजो राष्ट्रपतिसमक्ष सिफारिश गरेको थियो ।सरकारबाट सिफारिश भएका ८ अध्यादेशहरुमध्ये ७ वटा जारी गरेका राष्ट्रपति पौडेलले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश भने पुनर्विचारका लागि भन्दै फिर्ता पठाएका थिए ।हिजो सोमबारको मन्त्रिपरिषद बैठकले सो अध्यादेश जस्ताको तस्तै जारी गर्न पुनः सिफारिश गरेपछि राष्ट्रपति पौडेलले आज जारी गरेका हुन् ।

    • प्रकाशित मितिः वैशाख २२, २०८३
    • १८७ पटक पढिएको
  • उतारचढावका बीच एक घण्टामा १ अर्ब १ करोडको शेयर किनबेच

    इटहरी ।  बजार खुलेदेखि नै ४० मिनेटभन्दा बढी राताम्य रहेको शेयर बजार अहिले सुधार भएको छ । बजार सुधार हुने क्रममा हिजोको भन्दा १० अंकसम्म बढेको भए पनि अहिले भने साढे ३ अंक आसापास मात्रै बढेको छ ।१ घण्टमा १ अर्ब १ करोड ८० लाख ६० हजार रुपैयाँको शेयर किनबेच भएको छ । सबैभन्दा धेरै सोलु हाइड्रोपावर लिमिटेडको ७ करोड ७४ लाख १३ हजार रुपैयाँको शेयर किनबेच भएको छ । रिलायन्स स्पिनिङ मिल्स, नेशनल हाइड्रोपावर, पाल्पा सिमेण्ट, सिईडीबी होल्डिङ लिमिटेड उच्च कारोबार गर्ने कम्पनीमा परेका छन् ।ग्लोबल आईएमई समुन्नत योजना २, कुमारी धनवृद्धि योजनाको उच्च मूल्य बढेको बजारमा फरवार्ड माइक्रोफाइनान्स, कर्पाेरेट

    • प्रकाशित मितिः वैशाख २२, २०८३
    • १९२ पटक पढिएको
  • आज पनि घट्यो सुनचाँदीको भाउ

    इटहरी । आज पनि सुन र चाँदी दुवैको मूल्य घटेको छ । आज सुनको मूल्य तोलामा ३ हजार ८०० रुपैयाँ र चाँदीको मूल्य तोलामा ५० रुपैयाँ घटेको हो ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला २ लाख ९१ हजार रुपैयाँ कायम भएको छ ।चाँदीको मूल्य प्रतितोला ४ हजार ८८० रुपैयाँ तोकिएको छ ।

    • प्रकाशित मितिः वैशाख २२, २०८३
    • १५९ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल