काभ्रेः जिल्ला प्रशासन कार्यालय काभ्रेले बीपी राजमार्गको खुर्कोट–भकुण्डेबेँसी सडकखण्डमा साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म सवारी चलाउन नपाउने गरी सूचना जारी गरेको छ ।मंगलबार राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको निर्देशन, काभ्रे र सिन्धुलीका प्रमुख जिल्लाहरूबीचको छलफलपछि जिल्ला सुरक्षा समितिको बैठक बसेर उक्त खण्डमा राति सवारी साधन चलाउन नदिने निर्णय भएको बताइएको छ ।रोशी खोलामा आउन सक्ने बाढी र मौसमको अवस्था मध्यनजर गरी आवश्यकताका आधारमा सडक आवागमनमा जुनसुकै बेला अल्पकालीन अवधिका लागि रोक लगाउन सकिने निर्णय भएको बताइएको छ । बीपी राजमार्गको २८ किलोमिटरभन्दा लामो खण्ड रोशी ख
काठमाडौंः आज दिउँसो ३ बजे मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्ने भएको छ ।प्रधानमन्त्रीको सचिवालयले बैठकका एजेन्डाबारे भने केही जानकारी दिएको छैन । हिजो पनि मन्त्रिपरिषद् बैठक बसेको थियो ।बैठकले संसद अधिवेशन आह्वानका लागि राष्ट्रपतिलाई सिफारिश गर्ने अनुमान गरिएको छ ।
इटहरी । आज शेयर बजारमा हरियाली देखिएको छ । यद्यपि कारोबार रकम भने बढ्न सकेको छैन । दिउँसो २ बजेसम्ममा बजार १५ अंक हाराहारी बढ्दा २ अर्ब ४१ करोड रुपैयाँभन्दा धेरैको शेयर किनबेच भएको छ ।सोलु हाइड्रोपावरको सर्वाधिक १९ करोड ४० लाख रुपैयाँको शेयर किनबेच भएको छ ।उच्च मूल्य बढ्ने कम्पनीमा पनि सोलु हाइड्रोपावर नै छ । सो कम्पनीको ७ प्रतिशत शेयरमूल्य बढेको छ । ग्रीन डेभलपमेण्ट बैंकको पनि ५ प्रतिशत हाराहारी मूल्य बढेको छ ।फरवार्ड माइक्रोफाइनान्सको सर्वाधिक साढे १० प्रतिशत शेयरमूल्य झरेको छ ।
काठमाडौंः आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत काठमाडौंमा भइरहेको सिरिजको अन्तिम खेलमा नेपालले ओमानलाई २५७ रनको लक्ष्य दिएको छ । आसिफ र आरिफ शेख दाजुभाइ ब्याटिङमा चम्किँदा नेपालले सो लक्ष्य दिन सफल भएको हो ।कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४९.५ ओभरमा सबै विकेट गुमाएर २५६ रन बनाएको हो । जसमा नेपालका लागि ओपनर आसिफ शेखले सर्वाधिक ९४ रन बनाए भने अर्जुन कुमालले ४८, आरिफ शेखले ४३ र उपकप्तान दीपेन्द्र सिंह ऐरीले ३३ रन जोडे ।आसिफले ९७ बल खेल्दै ७ चौका र ५ छक्का प्रहार गरे । ठूलो सट हान्ने चक्करमा ३५ औं ओभरको तेस्रो बलमा आसिफ बाउन्ड्री ल
इटहरी । आज शेयर बजारमा उतारचढाव देखिएको छ । बजार छिनमै घट्ने र पुनः बढ्ने गरिरहेको छ । दिउँसो १ बजेसम्मको २ घण्टाको कारोबारमा बजार १२ अंक हाराहारी बढेको छ ।बढेको बजारमा २ घण्टामा १ अर्ब ८२ करोड रुपैयाँको शेयर किनबेच भएको छ । सबैभन्दा धेरै सोलु हाइड्रोपावर लिमिटेडको १५ करोड ६३ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।बजार २७१५ बिन्दु आसपास रहेर शेयर किनबेच भइरहेको छ ।
काठमाडौंः राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गरेका छन् । सरकारले अध्यादेश जारी गर्न पुनः हिजो राष्ट्रपतिसमक्ष सिफारिश गरेको थियो ।सरकारबाट सिफारिश भएका ८ अध्यादेशहरुमध्ये ७ वटा जारी गरेका राष्ट्रपति पौडेलले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश भने पुनर्विचारका लागि भन्दै फिर्ता पठाएका थिए ।हिजो सोमबारको मन्त्रिपरिषद बैठकले सो अध्यादेश जस्ताको तस्तै जारी गर्न पुनः सिफारिश गरेपछि राष्ट्रपति पौडेलले आज जारी गरेका हुन् ।
इटहरी । बजार खुलेदेखि नै ४० मिनेटभन्दा बढी राताम्य रहेको शेयर बजार अहिले सुधार भएको छ । बजार सुधार हुने क्रममा हिजोको भन्दा १० अंकसम्म बढेको भए पनि अहिले भने साढे ३ अंक आसापास मात्रै बढेको छ ।१ घण्टमा १ अर्ब १ करोड ८० लाख ६० हजार रुपैयाँको शेयर किनबेच भएको छ । सबैभन्दा धेरै सोलु हाइड्रोपावर लिमिटेडको ७ करोड ७४ लाख १३ हजार रुपैयाँको शेयर किनबेच भएको छ । रिलायन्स स्पिनिङ मिल्स, नेशनल हाइड्रोपावर, पाल्पा सिमेण्ट, सिईडीबी होल्डिङ लिमिटेड उच्च कारोबार गर्ने कम्पनीमा परेका छन् ।ग्लोबल आईएमई समुन्नत योजना २, कुमारी धनवृद्धि योजनाको उच्च मूल्य बढेको बजारमा फरवार्ड माइक्रोफाइनान्स, कर्पाेरेट
इटहरी । आज पनि सुन र चाँदी दुवैको मूल्य घटेको छ । आज सुनको मूल्य तोलामा ३ हजार ८०० रुपैयाँ र चाँदीको मूल्य तोलामा ५० रुपैयाँ घटेको हो ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला २ लाख ९१ हजार रुपैयाँ कायम भएको छ ।चाँदीको मूल्य प्रतितोला ४ हजार ८८० रुपैयाँ तोकिएको छ ।
इटहरी । नेपाल पर्यटन बोर्डले सोमबार सार्वजनिक गरेको तथ्यांकअनुसार सन् २०२६ को अप्रिलमा नेपालमा १ लाख ७ हजार ९३४ जना पर्यटक भित्रिएका छन् ।बोर्डको तथ्याङ्कअनुसार सार्क राष्ट्रबाट सबैभन्दा बढी ३३ हजार ४३२ पर्यटक भित्रिएका छन् । जुन कुल आगमनको ३१ प्रतिशत हो । दक्षिण एशियाली राष्ट्रबाट २६ हजार ७२६ पर्यटक भित्रिएका छन् । युरोपबाट २१ हजार ९८८, ओसिनियाबाट ५ हजार ८९८, अमेरिकाबाट २ हजार ५१८, पश्चिम एशियाबाट एक हजार ६९७, अफ्रिकी मुलुकबाट ३१५ र अन्य मुलुकबाट १५ हजार ३६० पर्यटक भित्रिएका छन् ।सबैभन्दा धेरै भारतबाट पर्यटक आएका छन् । चीनका साथै अन्य एशियाली मुलुकहरू, युरोप र अमेरिकाबाट आउने पर्यट
काठमाडौंः स्थानीय तहबाटै नापी तथा मालपोत सेवा दिन २०७ वटा पालिका इच्छुक देखिएका छन् । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले नापी तथा मालपोत कार्यालयको सेवा स्थानीय तहबाटै दिन इच्छुक पालिकाहरूलाई सहभागीका लागि सूचना आह्वान गरेको थियो ।सोही अनुसार २०७ वटा पालिकाले स्थानीय तहबाट सेवा दिन इच्छुक रहेको जानकारी सहित मन्त्रालयमा निवेदन पठाएका छन् ।मन्त्रालयले प्राप्त निवेदन उपर अध्ययन थालेको र चरणबद्ध रूपमा इच्छुक सबै पालिकालाई सेवा हस्तान्तरण गर्ने योजना अनुसार पहिलो चरणमा केही पालिकाहरू छनोट गरी नापी तथा मालपोतसम्बन्धी सेवाहरू स्थानीय तहमा हस्तान्तरण गर्ने तयारी समेत शुरु भएको बता