All Posts By खेमचन्द्र अधिकारी

    Showing १,०७१-१,०८० of १,३५८ items.
  • देशभरका सुकुम्बासीलाई श्रम संस्कृति पार्टीले सङ्गठित गर्ने

    इटहरी ।  देशभरका सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई श्रम संस्कृति पार्टीले सङ्गठित गर्ने भएको छ ।हालै सरकारले नदी उकास, सरकारी एवम् सार्वजनिक जग्गामा रहेका सुकुम्बासी, अव्यवस्थित बसोबासीलाई हटाउने अभियान चलाएपछि आक्रोशित भएका श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सुकुम्बासीहरूलाई सङ्गठित गर्ने घोषणा गरेका हुन् ।आज दिउँसो सवा १२ बजे सामाजिक सञ्जालमा एक भिडियो सन्देश राख्दै उनले देशैभरका सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूलाई संगठित गर्ने अभियान देशैभरि सञ्चालन गर्न सबै जिल्ला समिति तथा पालिका समितिहरूलाई अनुरोध गरेका छन् ।दुई दिने बिदाप्रति कटाक्ष गर्दै उनले भनेका छन्, ‘शुक्र

    • प्रकाशित मितिः वैशाख १४, २०८३
    • १६९ पटक पढिएको
  • १३०० रुपैयाँ बढ्यो सुनको भाउ, चाँदीको ९० रुपैयाँ

    इटहरी ।  आज पनि सुन र चाँदी दुवैको भाउ बढेको छ । आज सुनको भाउ तोलामा १ हजार ३०० रुपैयाँ र चाँदीको भाउ तोलामा ९० रुपैयाँ बढेको हो ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ३ लाख ५ सय रुपैयाँ निर्धारण भएको छ ।चाँदीको भाउ प्रतितोला ५ हजार ४५ रुपैयाँ निर्धारण भएको महासंघले जनाएको छ ।

    • प्रकाशित मितिः वैशाख १४, २०८३
    • १६८ पटक पढिएको
  • तयार भयो निजामती कर्मचारीले लोक सेवा तयारी कक्षा पढाउन नपाउने मस्यौदा

    काठमाडौंः सरकारले निजामती कर्मचारीले अब लोक सेवा आयोग र सार्वजनिक निकायबाट हुने पदपूर्तिको लागि लिइने परीक्षाको तयारी कक्षा पढाउन नपाउने प्रस्तावसहितको विधेयकको मस्यौदा तयार पारेको छ ।शुक्रबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक गरेको निजामती सेवा विधेयकको मस्यौदामा सो व्यवस्था गरिएको छ । मन्त्रालयले विधेयकको मस्यौदामा सात दिन म्याद राखेर संशोधन मागेको छ ।

    • प्रकाशित मितिः वैशाख १४, २०८३
    • ११४ पटक पढिएको
  • चट्याङ लागेर बाबुछोराको मृत्यु, ४ जना घाइते

    प्युठानः प्युठानको गौमुखी गाउँपालिका वडा नम्बर ६ लिबाङमा हिजो परेको चट्याङ लागेर बाबुछोराको मृत्यु भएको छ ।जिल्ला प्रहरी कार्यालय प्युठानका अनुसार ७० वर्षीय केदार बोहोरा क्षेत्री र उनका २६ वर्षीय छोरा रामु बोहरा क्षेत्रीको मृत्यु भएको हो । मृतक दुवै जनाको शव जिल्ला अस्पतालमा राखिएको र आज सोमबार पोस्टमार्टम गरिने बताइएको छ ।त्यस्तै, चट्याङ लागेर गौमुखी गाउँपालिकाकै अन्य दुई जना घाइते भएका छन् । वडानम्बर ४ की २४ वर्षीया सिर्जना न्यौपाने र वडानम्बर ६ की ५४ वर्षीया गमी बोहोराको जिल्ला अस्पताल विजुवारमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।प्युठानकै माण्डवी गाउँपालिका–२ रातापानीमा पनि चट्याङ लागेर

    • प्रकाशित मितिः वैशाख १४, २०८३
    • १३३ पटक पढिएको
  • विद्यालय बसका चालक तथा सह–चालकलाई ट्राफिक नियमबारे सचेतना

    इनरुवाः नगर प्याब्सन इनरुवाको आयोजना तथा नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, इटहरी सुनसरीको सहकार्यमा विद्यालयमा सञ्चालित सवारी साधनका चालक तथा सह–चालकहरूलाई लक्षित गरी सचेतनामूलक अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको छ ।इनरुवा नगरपालिका–३ स्थित लक्ष्मी पार्टी प्यालेसको हलमा आयोजित कार्यक्रममा नगरभित्रका विभिन्न विद्यालयमा सञ्चालित सवारी साधनका चालक तथा सह–चालकहरूको सहभागिता रहेको थियो ।कार्यक्रममा प्रहरी निरीक्षक विकास थपलियाले सुरक्षित सवारी सञ्चालन, विद्यार्थी सुरक्षा, तीव्र गति तथा लापरवाहीपूर्वक सवारी चलाउँदा हुने जोखिमका विषयमा प्रशिक्षण दिनुभएको थियो ।उहाँल

    • प्रकाशित मितिः वैशाख १४, २०८३
    • १३९ पटक पढिएको
  • रास्वपाबाट प्रतिनिधित्व गर्ने गृहमन्त्रीः रवि ३२ दिनमा बिदा हुँदा सुधनले मन्त्रालय सम्हाले २७ दिन

    इटहरी ।  राष्ट्रिय स्वतन्त्र पार्टीका नेता तथा गृहमन्त्री सुधन गुरुङले कार्यकालको एक महिना पनि पूरा नगरी गत बुधबार राजीनामा दिएका छन् । शंकास्पद व्यापारीसँगको रहस्यमय आम्दानीबाट शेयर लगानी गरेकोमा प्रश्न आएसँगै गुरुङ राजीनामा दिन बाध्य भएका हुन् ।योसँगै रास्वपाबाट शुरुमा गृहमन्त्री हुनेले धेरै समय काम गर्न नपाएको भनी टिप्पणी हुन थालेको छ ।गृह मन्त्रालयको वेबसाइटमा उल्लेख भएअनुसार १३ माघ २०७९ मा तत्कालीन रास्वपाका सभापति तथा प्रचण्ड सरकारका गृहमन्त्री रवि लामिछानेले पनि ३२ दिनमा नै गृहमन्त्री पदबाट राजीनामा दिएका थिए ।२०७९ सालको ११ पुसमा उपप्रधानमन्त्रीसहित गृहमन्त्री भएका रविले ३२ दि

    • प्रकाशित मितिः वैशाख १३, २०८३
    • २०८ पटक पढिएको
  • भोजपुर–चखेवा सडक २४ घण्टापछि आंशिक खुला

    भोजपुरः हिजो साँझको वर्षापछि अवरुद्ध बनेको मध्यपहाडी लोकमार्गअन्तर्गत भोजपुर–चखेवा–दिक्तेल हुँदै काठमाडौं जोड्ने सडक खण्ड एकतर्फी रूपमा सञ्चालनमा आएको छ ।भोजपुर नगरपालिका–५ बोखिमस्थित चाल्से खोलामा लगाइएको मोटरेबल पुल बाढीले बगाएपछि सडक पूर्ण रूपमा बन्द भएको थियो । पुलसँगै आसपासको सडक संरचना पनि क्षतिग्रस्त हुँदा वैकल्पिक मार्गबाट समेत यातायात सञ्चालन गर्न कठिन बनेको थियो ।हाल एकतर्फी मात्र सवारी सञ्चालन भइरहेको प्रहरीले जनाएको छ । सडक विभागले क्षतिग्रस्त संरचनाको मर्मत तथा पुनः सञ्चालनका लागि काम गरिरहेको जनाएको छ ।

    • प्रकाशित मितिः वैशाख १३, २०८३
    • १७३ पटक पढिएको
  • नासा सेक्युरिटिजद्वारा ‘आफ्टर मार्केट अर्डर’ सेवा शुरु

    इटहरी । नासा सेक्युरिटिज ब्रोकर नम्बर ५८ ले लगानीकर्ताहरूका लागि अत्याधुनिक प्रविधि सहितको नयाँ सुविधा ‘आफ्टर मार्केट अर्डर’ शुरु गरेको जनाएको छ ।कम्पनीले आफ्नो नासा एक्स टिएमएस प्लेटफर्म मार्फत यो सेवा बैशाख ११ गते शुक्रबारदेखि कार्यान्वयनमा ल्याएको जनाएको छ । अब लगानीकर्ताहरू नियमित कारोबार समयको सीमाभित्र मात्र नरही बजार नखुलेको समयमा पनि शेयर किनबेचका लागि अर्डर गर्न मिल्ने भएको जनाइएको छ ।खरीद वा बिक्री आदेश दिँदा उक्त दिनको अन्तिम कारोबार मूल्यको १५ प्रतिशत तल वा माथिको सीमा भित्र बसेर दिन मिल्ने र बजार खुलेपछि कार्यान्वयन नभएमा (म्याचिङ नभएमा) सो आदेश स्वतः खारेज हुने बताइएको छ ।यो

    • प्रकाशित मितिः वैशाख १३, २०८३
    • २१८ पटक पढिएको
  • सातामा पौने २ प्रतिशत घट्यो नेप्से

    इटहरी ।  गत साता नेप्से परिसूचक करिब २ प्रतिशत घटेर बन्द भएको छ । अघिल्लो साता २८३८.४० विन्दुमा बन्द भएको नेप्से गत साता १.७५ प्रतिशत अर्थात् ४९.७० अङ्क घटेर २७८८.७० विन्दुमा बन्द भएको छ ।गत साता पाँच कारोबार दिनका लागि बजार खुल्दा चार कारोबार दिन नेप्से घटेको थियो । नेप्सेसँगै गत साता कारोबार रकम पनि घटेको छ । अघिल्लो साता दैनिक औसतमा ८ अर्ब ९९ करोड रुपैयाँको शेयर खरिदबिक्री भएको बजारमा गत साता दैनिक औसतमा ५ अर्ब ८७ करोड रुपैयाँको मात्र शेयर किनबेच भएको थियो ।गत साता नेप्सेको कुल बजार पूँजीकरण पनि करिब २ प्रतिशत घटेको छ । अघिल्लो साताको अन्तिम कारोबार दिन ४८ खर्ब ४१ अर्ब रुपैयाँ रहे

    • प्रकाशित मितिः वैशाख १३, २०८३
    • १५१ पटक पढिएको
  • घरको मिटर बक्समा चट्याङ पर्दा १ जना घाइते, दुई चौपाया मरे

    भद्रपुरः झापाका छुट्टाछुट्टै स्थानमा आइतबार चट्याङ लाग्दा एक जना घाइते भएका छन् भने दुई पशुचौपाया मरेका छन् ।मेचीनगर नगरपालिका–१ जिर्मलेमा दिउँसो साढे १२ बजेतिर स्थानीय माधव रिसालको घरको मिटर बक्समा चट्याङ लाग्दा ३८ वर्षीय रिसाल घाइते भएका छन् । चट्याङ लागेर उनको टाउको र आँखामा चोट लागेको छ । घाइते रिसालको अवस्था सामान्य रहेको र उनलाई उपचारका लागि काँकडभिट्टास्थित दीप ज्योति आँखा अस्पताल पठाइएको बताइएको छ ।चट्याङबाट रिसालको घरको मिटर बक्समा क्षति पुगेको छ ।सो चट्याङले सोही घर नजिकै रहेको एम राईको खोरमा एउटा माउ सुँगुर मरेको छ ।उता, झापाकै गौरीगञ्ज गाउँपालिका–२ आँपगाछीमा बिहान ८ बजेतिर चट्

    • प्रकाशित मितिः वैशाख १३, २०८३
    • १७० पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल