इटहरी । नेपाल इन्फास्ट्रक्चर बैंक (निफ्रा) ले आर्थिक वर्ष २०८२\८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।
बैंकले समीक्षा अवधिमा ९८ करोड ७३ लाख ९५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्ष बैंकले १ अर्ब २३ करोड ४० लाख ५ हजार रुपैयाँ नाफा कमाएको थियो । निफ्राले अघिल्लो वर्षको भन्दा नाफा २० प्रतिशत कम कमाएको हो ।
खुद नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि ५.७१ रुपैयाँबाट घटेर ४.५७ रुपैयाँमा झरेको छ ।
बैंकको खुद ब्याज आम्दानी पनि २३.८९ प्रतिशतले घटेको छ । बैंकको प्रतिशेयर नेटवर्थ ११७.२२ रुपैयाँ, मूल्य आम्दानी अनुपात ५३.७३ रुपैयाँ, प्रतिशेयर कुल सम्पत्तिको मूल्य १९३.७४ रुपैयाँ र तरलता अनुपात ८३.४७ गुणा कायम भएको छ ।


















