All Posts By खेमचन्द्र अधिकारी

    Showing १०१-११० of २,०८६ items.
  • ८३०० रुपैयाँ घट्यो सुनको भाउ

    इटहरी ।  आज नेपाली बजारमा सुन चाँदीको मूल्यमा भारी गिरावट आएको छ । आज सुनको मूल्य तोलामा ८ हजार ३ सय रुपैयाँले घटेको छ । चाँदीको मूल्य तोलामा १७५ रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ७२ हजार रुपैयाँ निर्धारण भएको छ । आज चाँदीको मूल्य प्रतितोला ३ हजार ६५० रुपैयाँ निर्धारण भएको छ । 

    • प्रकाशित मितिः कार्तिक १५, २०८३
    • ९९ पटक पढिएको
  • गृह मन्त्रालयले गर्याे एन प्याब्सनलाई निलम्बन

    इटहरी ।  शुक्रबार एक सूचना जारी गर्दै गृह मन्त्रालयले राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल –एन प्याब्सन) लाई अर्काे सूचना नभएसम्मका लागि निलम्बन गरेको छ ।मन्त्रालयले दिएका निर्देशनको बारम्बार पालना नगरेको, संगठनका पदाधिकारीहरूले सरकारबाट स्वीकृत विधान तथा संगठनको मूल उद्देश्य विपरीत कार्य गरेको आरोप छ ।मन्त्रालयले सरोकारवालालाई असोज २३ गते छलफल गराएको थियो । त्यस छलफलमा अघिल्लो वर्षको मंसिर १२ गते दिएको निर्देशन बमोजिम कार्य गर्न आग्रह गरेको तर पालना नगरिएको भन्दै मन्त्रालयले निलम्बन गरेको हो ।निलम्बनको सूचना जारी भएपछि संस्थाका नाममा कुनै पनि समूह वा गुटबाट हुने क्रियाक

    • प्रकाशित मितिः कार्तिक १५, २०८३
    • ९३ पटक पढिएको
  • एनपीएलमा आज जनकपुर र पोखरा आमनेसामने हुँदै

    इटहरी । नेपाल प्रिमियर लिगको तेस्रो संस्करणमा आज आइतबार साँझ ५ बजे त्रिवि क्रिकेट मैदानमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतियोगिता हुने भएको छ । जनकपुर बोल्ट्सले पहिलो खेलमा कर्णाली याक्ससँग हारे पनि  दोस्रो खेलमा काठमाडौं गोर्खाजलाई हराएको थियो । पोखरा एभेन्जर्सले पहिलो खेलमा सुदूरपश्चिम रोयल्ससँग हार बेहोरेको थियो । हिजोका दुई खेलमध्ये पहिलो खेल वर्षाका कारण रद्द भएपछि दुवै टिमले अंक बाँडेका थिए । राति भएको अर्काे खेलमा विराटनगर किंग्सले सुदूर पश्चिम रोयल्सलाई पराजित गरेको थियो । 

    • प्रकाशित मितिः कार्तिक १५, २०८३
    • १२७ पटक पढिएको
  • इटहरीमा १५ औँ राष्ट्रिय जुनियर जेसीज लिडर्स एकेडेमी शुरु

    इटहरीः युवाहरूको नेतृत्व क्षमता अभिवृद्धि, व्यक्तित्व निर्माण तथा आत्मविश्वास विकास गर्ने उद्देश्यसहित सुनसरीको इटहरीमा १५ औँ राष्ट्रिय जुनियर जेसीज लिडर्स एकेडेमी शुरु भएको छ ।हिजो शुरु भएको एकेडेमीमा देशभरका ३५ वटा जुनियर जेसीज शाखाका करिब दुई सय युवाको सहभागिता रहेको छ । राष्ट्रिय स्तरको सो एकेडेमी आज समापन हुनेछ ।इटहरीस्थित सत्सङ्ग प्यालेसमा आयोजना गरिएको एकेडेमीको उद्घाटन जुनियर जेसीज इटहरीकी अध्यक्ष दिव्या दाहालको अध्यक्षता तथा कोशी प्रदेशकी भौतिक पूर्वाधार विकास राज्यमन्त्री सपना परियारको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।एकेडेमीमा युवाहरूको नेतृत्व क्षमता, सकारात्मक सोच, प्रभावकारी सञ्

    • प्रकाशित मितिः कार्तिक १५, २०८३
    • ५१ पटक पढिएको
  • सुन्दरहरैँचाको पश्चिमी प्रवेश बिन्दु बलियामा बिहान साढे ८ बजे आज मुक्तिनाथ रथयात्राको स्वागत गरिने

    विराटचोकः धार्मिक आस्था, संस्कृति र सनातन धर्मको संरक्षण तथा प्रवद्र्धन गर्ने उद्देश्यसहित सञ्चालन भइरहेको राष्ट्रव्यापी मेची–महाकाली श्रीगजेन्द्रमोक्ष नारायण मुक्तिनाथ रथयात्रा आज मोरङको सुन्दरहरैंचामा आएपछि स्वागत गरिने भएको छ ।रथयात्राको स्वागतका लागि सुन्दरहरैँचा नगरपालिकामा विशेष कार्यक्रम आयोजना गरिएको छ । बिहान साढे ८ बजे बलिया चोकमा रथयात्राको स्वागत गरिने आयोजकले जनाएको छ । त्यसपछि प्रत्येक चोकमा भेला भएका श्रद्धालुले रथयात्राको स्वागत गर्नेछन् । विभिन्न भजन समूहले चोकचोकमा श्रद्धालु उपस्थित गराउने भएका छन् ।रथयात्राका अवसरमा सम्पूर्ण नगरवासीलाई श्रद्धा, भक्ति र उत्साहका साथ उपस्थित ह

    • प्रकाशित मितिः कार्तिक १५, २०८३
    • १०७ पटक पढिएको
  • विमल गुरुङ कृति पुरस्कार जुनु रानाको ‘लाहुरेनी सौन्दर्य’ र भूपिन खड्काको ‘मध्यको उज्यालो’लाई

    धरानः हङकङलाई कर्मथलो बनाइरहेकी कवि तथा लेखक जुनु रानाको हालै प्रकाशित निबन्धसंग्रह ‘लाहुरेनी सौन्दर्य’ र चितवनका कवि तथा लेखक भूपिन खड्काको कृति ‘मध्यको उज्यालो’ले संयुक्त रूपमा ‘विमल गुरुङ कृति पुरस्कार–२०८२’ प्राप्त गर्ने भएका छन् ।स्रष्टा जुनु राना नारीवादी आवाजलाई प्रखर रुपमा उठान गर्ने लेखकको रुपमा परिचित छिन् । यसअघि उनको ‘रातो नदी’ कवितासंग्रह प्रकाशित भएको थियो ।चितवनका खड्काको यसअघि चार कविता संग्रह, एक आख्यान र एक निबन्ध संग्रह प्रकाशित छन् ।विमल गुरुङ कृति पुरस्कारको राशी नगद दुई लाख रुपैयाँ र ताम्रपत्र रहेको छ ।यही कात्तिक १९ गते पुस्तकालयको भवनमा आयोजना हुने विमल गुरुङको ५५औँ जन्

    • प्रकाशित मितिः कार्तिक १५, २०८३
    • १५६ पटक पढिएको
  • राति ९ बजेपछि भएको एनपीएलको हिजोको खेलमा विराटनगरले हरायो सुदूरपश्चिमलाई

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार भएको ५ ओभरको खेलमा विराटनगर किंग्सले सुदूरपश्चिम रोएल्सलाई ३५ रनले पराजित गरेको छ ।तीन खेल खेल्दा पहिलो जीत हात पारेको विराटनगरले २ अंक जोड्दै अंकको खाता खोलेको छ ।१०६ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले ५ ओभरमा २ विकेट गुमाएर ७० रन मात्र बनाउन सक्यो ।विराटनगरका आन्द्रे रसेलले ब्याटिङ, बलिङ र फिल्डिङमा अलराण्ड प्रदर्शन गरेका थिए । रसेलले ब्याटिङमा अविजित २९ रन बनाउनुका साथै बलिङमा १ विकेट र फिल्डिङमा १ क्याच लिएका थिए ।सुदूरपश्चिमका लागि स्कट कुगेलेइनले अविजित रहँदै सर्वाधिक २८ रन बनाए । ओपनर सैफ जैबले १० बलमा २ छक्का प्रहार गर्दै सर्वाधिक

    • प्रकाशित मितिः कार्तिक १५, २०८३
    • १२९ पटक पढिएको
  • प्रमुख प्रशासकीय अधिकृतलाई मन्त्रालय फिर्ता पठाउने वराहक्षेत्र नगर कार्यपालिकाको निर्णय

    वराहक्षेत्र: सुनसरीको वराहक्षेत्र नगर कार्यपालिकाले प्रमुख प्रशासकीय अधिकृत राधिका गिरीलाई मन्त्रालय फिर्ता पठाउने निर्णय गरेको छ ।नगर कार्यपालिकाको २०८३ कात्तिक १० गते बसेको ७२ औँ बैठकले गिरीलाई अब उप्रान्त कार्यालयमा हाजिर हुन नदिने र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा फिर्ता पठाउने निर्णय गरेको हो ।गत चैतदेखि वराहक्षेत्र नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा रहेकी गिरीको कार्यसम्पादन, प्रशासनिक कामकाज र समन्वयमा कमजोरी देखिएको भन्दै कार्यपालिकाले यस्तो निर्णय गरेको नगरपालिकाले जनाएको छ ।नगरपालिकाबाट हुने प्रशासनिक कार्य, योजना सञ्चालन, कार्यपालिकाका निर्णय कार्यान्वय

    • प्रकाशित मितिः कार्तिक १५, २०८३
    • १०६ पटक पढिएको
  • मुक्तिनाथबाट शुरु भएको मेची–महाकाली रथयात्रा आइपुग्यो इटहरीमा, आज बिहान साढे ८ बजे सुन्दरहरैंचा प्रवेश गर्ने

    इटहरीः कात्तिक ८ गते नेपालको प्रसिद्ध मुक्तिनाथ मन्दिर (मुस्ताङ) बाट शुरु भएको मेची–महाकाली राष्ट्रव्यापी मुक्तिनाथ रथयात्रा शनिबार इटहरी आइपुगेको छ ।मुक्तिनाथ बाबाको संकल्पअनुसार शुरु गरिएको रथयात्राले देशको पूर्वदेखि पश्चिमसम्मका प्रमुख धार्मिकस्थल, मठमन्दिर र आश्रमलाई एक सूत्रमा जोड्ने लक्ष्य राखेको आयोजकले जनाएको छ ।रथयात्रा इटहरी आइपुग्दा ठूलो संख्यामा धर्मावलम्बीले स्वागत गर्दै पूजाआजा गरेका थिए ।स्वागत समारोहमा इटहरीका विभिन्न संघसंस्थाका प्रतिनिधि तथा जनप्रतिनिधिको समेत उपस्थिति थियो ।रथमा आएको समस्याका कारण हिजो ढिलो रथयात्रा शुरु भई इटहरीसम्ममात्र आइपुगेको हो । तालिकाअनुसार रथयात्रा

    • प्रकाशित मितिः कार्तिक १५, २०८३
    • १०४ पटक पढिएको
  • मझिया स्मृति कपको उपाधि सातदोबाटो युथ क्लबलाई, फेदाप गाउँपालिका तेह्रथुम उपविजेता

    मादीः संखुवासभाको मादी नगरपालिका वडा नम्बर ३ मूलखर्कमा आयोजित प्रथम ‘मझिया स्मृति कप २०८३’ आमन्त्रित ९ ए साइड महिला फुटबल प्रतियोगिताको उपाधि ललितपुरको सातदोबाटो युथ क्लबले जितेको छ । फेदाप गाउँपालिका उपविजेता बनेको छ ।आज सम्पन्न फाइनलमा तेह्रथुमको फेदाप गाउँपालिका, पोक्लावाङलाई टाइब्रेकरमा ४–३ गोलअन्तरले पराजित गर्दै सातदोबाटोले उपाधि हात पारेको हो । निर्धारित समयमा दुवै टोलीले गोल गर्न नसकेपछि खेलको निर्णय टाइब्रेकरबाट गरिएको थियो ।उपाधिसँगै सातदोबाटोले तीन लाख रुपैयाँ नगद पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता फेदाप गाउँपालिकाले एक लाख ५० हजार रुपैयाँसहित ट्रफी, मे

    • प्रकाशित मितिः कार्तिक १४, २०८३
    • ११५ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल