All Posts By खेमचन्द्र अधिकारी

    Showing १,१११-१,१२० of १,३५८ items.
  • भारतीय तीर्थयात्री बोकेर स्वर्गद्वारी जाँदै गरेको जीप दुर्घटना हुँदा एक बालकको मृत्यु

    प्युठानः भारतीय तीर्थयात्रुलाई लिएर प्युठानको स्वर्गद्वारी जाँदै गरेको जीप स्वर्गद्वारी नगरपालिका–४ टाकुरामा दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ ।प्रहरीका अनुसार भिङ्ग्रीबाट स्वर्गद्वारीतर्फ जाँदै गरेको लु १ ज ३१७५ नम्बरको मुस्ताङ जीप अनियन्त्रित भई दुर्घटना भएको हो ।मृतकको पहिचान खुल्न बाँकी रहेको छ । दुर्घटनामा ५ बालबालिकासहित २१ जना घाइते भएका छन् । तीमध्ये १० जनालाई थप उपचारका लागि बुटवल रिफर गरिएको र अरुको प्राथमिक स्वास्थ्य केन्द्र भिङ्ग्रीमा प्राथमिक उपचार भइरहेको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः वैशाख १०, २०८३
    • १५७ पटक पढिएको
  • यस्ता छन् आजको मन्त्रिपरिषद् बैठकका तीन निर्णय

    काठमाडौंः आज बसेको मन्त्रिपरिषदको बैठकले महाराजगञ्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको जग्गा प्रहरीलाई नै प्रयोग गर्न दिने निर्णय गरेको छ ।प्रहरी प्रतिष्ठानको १ सय १४ रोपनी तीन आना जग्गा प्रतिष्ठानलाई नै प्रयोग गर्न दिने निर्णय गरेको हो ।यसअघि २०७५ भदौ १ गते तत्कालीन मन्त्रिपरिषदले प्रहरी प्रतिष्ठानको उक्त जग्गा राष्ट्रपतिको कार्यालयको नाममा हस्तान्तरण गर्ने निर्णय गरेको थियो ।बैठकले इन्टरग्रेटेड वाटर सप्लाइ तथा सेवरेज म्यानेजमेन्ट प्रोजेक्टका लागि एशियाली विकास बैंकबाट प्राप्त हुने अमेरिकी डलर ११५ मिलियन सहुलियतपूर्ण ऋण सहायतासम्बन्धी वित्तीय सम्झौता तथा अन्य सम्बन्धित दस्तावेज

    • प्रकाशित मितिः वैशाख १०, २०८३
    • १४२ पटक पढिएको
  • २ घण्टामा रुपैयाँको शेयर कारोबार, २४ अंकसम्म घटेको नेप्से सूचक हरियो हुने प्रयासमा

    इटहरी । आज दुई घण्टामा शेयर बजारमा २ अर्ब १४ करोड रुपैयाँको शेयर किनबेच भएको छ । बजार खुल्नासाथ हरियो देखिए पनि त्यसपछि राताम्य हुँदै २४ अंकसम्म झरेको बजार अहिले सम्हालिने क्रममा छ ।दिउँसो १ बजेसम्ममा नेप्से परिसूचक २८०० बिन्दुको आसपासमा रहेर कारोबार भइरहेको छ । पाल्पा सिमेण्ट र शिखर पावर डेभलपमेन्टको शेयरमूल्य १५ प्रतिशत बढेको छ । सूर्यकुण्ड हाइड्रोपावर र माईखोला हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक अर्थात् ६ प्रतिशत हाराहारी घटेको छ ।रिलायन्स स्पिनिङ मिल्स, होटल फरेस्ट इन, सूर्यकुण्ड हाइड्रो, सोलु हाइड्रो र आँखुखोला जलविद्युतको उच्च कारोबार भएको छ ।

    • प्रकाशित मितिः वैशाख १०, २०८३
    • २५१ पटक पढिएको
  • कोशीका ४ जिल्लाबाट ब्राउन सुगरसहित ८ जना पक्राउ

    इटहरी ।  प्रहरीले झापा, मोरङ, सुनसरी र उदयपुरबाट लागू औषध ब्राउन सुगरसहित ८ जनालाई पक्राउ गरेको जनाएको छ ।बैशाख ९ गते झापाको अर्जुनधारा नगरपालिका–११ बाट लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टा, इलाका प्रहरी कार्यालय अनारमनी र अस्थायी प्रहरी बिट बसपार्कबाट खटिएको प्रहरी टोलीले सोही स्थानका २५ बर्षीय संजोग राई, २५ बर्षीय रुपेश दर्जी र ३७ वर्षीय अमृत दर्जीलाई २७ ग्राम ८३० मिलिग्राम ब्राउन सुगर र बा. ४० प ३९९४ नम्बरको मोटरसाईकल सहित नियन्त्रणमा लिएको जनाएको छ ।त्यस्तै, सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–३ बाट इलाका प्रहरी कार्यालय लौकही र लागूऔषध नियन्त्रण ब्युरो विराटनगरले इनरुवा–२ का सैफ

    • प्रकाशित मितिः वैशाख १०, २०८३
    • १२५ पटक पढिएको
  • सुनको भाउ फेरि झर्याे ३ लाखभन्दा तल

    इटहरी ।  आज सुन र चाँदी दुवैको मूल्य घटेको छ । सुनको भाउ तोलामा १ हजार ८०० रुपैयाँ र चाँदीको भाउ तोलामा ११० रुपैयाँ घटेको हो ।नेपला सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रति तोला २ लाख ९८ हजार ७०० रुपैयाँ तोकिएको छ ।चाँदीको भाउ प्रति तोला ५ हजार २० रुपैयाँ निर्धारण भएको छ ।

    • प्रकाशित मितिः वैशाख १०, २०८३
    • १०७ पटक पढिएको
  • यात्रुबाहक सवारी साधनमा भाडादर अनुगमन तीव्र, बढी भाडा लिने तथा भाडादर नराख्ने १४ चालक कारवाहीमा

    इटहरीः नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीले यात्रुवाहक सवारी साधनमा भाडादर सूची राखेको अथवा नराखेको, आरक्षण सिटको व्यवस्था गरेको वा नगरेको तथा ढोकामा झुण्डिएर यात्रा गराउने प्रवृत्ति रहेको, नरहेको जाँच गर्न थालेको छ ।विशेष जाँच तथा अनुगमन अभियान सञ्चालन गरी पूर्व–पश्चिम राजमार्ग क्षेत्रमा चल्ने हायस, विङ्गर तथा विद्युतीय सवारी साधनहरूको विस्तृत जाँच गरेको हो ।सो क्रममा तोकिएको मापदण्ड विपरीत सञ्चालन भएका सवारी साधनका चालक तथा सहचालकलाई सम्झाइबुझाई गर्नुका साथै बढी भाडा असुल्ने, भाडादर सूची नराख्ने तथा लापरवाहीपूर्वक सवारी सञ्चालन गर्ने १४ वटा सवारी साधनका

    • प्रकाशित मितिः वैशाख १०, २०८३
    • १५७ पटक पढिएको
  • यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

    इटहरी ।  नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४९ रुपैयाँ ७८ पैसा र बिक्रीदर १५० रुपैयाँ ३८ पैसा तोकिएको छ ।युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ ९१ पैसा र बिक्रीदर १७६ रुपैयाँ ६१ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर २०२ रुपैयाँ ३५ पैसा र बिक्रीदर २०३ रुपैयाँ १६ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १९१ रुपैयाँ ६७ पैसा र बिक्रीदर १९२ रुपैयाँ ४४ पैसा तोकिएको छ ।अस्ट्रेलियन डलर एकको खरिददर १०७ रुपैयाँ २० पैसा र बिक्रीदर १०७ रुपैयाँ ६३ पैसा, क्यानेडियन डलर एकको खरिददर १०९ रुपैयाँ ६७ पैसा र बिक्रीदर ११०

    • प्रकाशित मितिः वैशाख १०, २०८३
    • १११ पटक पढिएको
  • हिमाली र पहाडी भेगमा बादल लाग्ने, तराईमा मौसम सफा रहने

    इटहरी । हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको हुनाले देशका हिमाली र पहाडी भूभागमा बादल लाग्ने र तराईमा मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ ।जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, गण्डकी र कर्णाली प्रदेशमा मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ । मधेश प्रदेशलगायत कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई साथै उपत्यका र खोँचहरूमा तातो दिन हुने सम्भावना रहेको छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा तातो लहरको पनि सम्भावना रहेको छ ।महाशाखका अनुसार आज राति कोशी प्रदेशको हिमाली र पहाडी भूभागलगायत बागमती, गण्डकी र कर

    • प्रकाशित मितिः वैशाख १०, २०८३
    • १०० पटक पढिएको
  • नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ कोशी प्रदेश समितिको संयोजकमा पुनः सरोज श्रेष्ठ

    धरानः आज सम्पन्न सातौँ अधिवेशनबाट नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ कोशी प्रदेश समिति संयोजकमा पुनः सरोज श्रेष्ठ चयन हुनुभएको छ ।धरानमा सम्पन्न अधिवेशनले श्रेष्ठको संयोजकत्वमा १८ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो । नवगठित कार्यसमितिको सहसंयोजकमा टेकप्रसाद खनाल, सचिवमा नेत्रबहादुर थापा र कोषाध्यक्षमा हरि थापा चयन हुनुभएको छ । खुला सदस्यहरूमा कृष्णबहादुर कार्की, दुर्गाराम अर्याल, दिनेश निरौला, गोपाल बराल, कुशलराज दाहाल, रुद्रबहादुर बराल, भरत खतिवडा र ओमभक्त मैनाली चयन हुनुभएको छ ।वरिष्ठ सदस्यहरूमा मिलन विश्वकर्मा, हिमाल पाण्डे, विष्णुप्रसाद दुलाल, इन्द्रबहादुर बस्नेत तथा महिल

    • प्रकाशित मितिः वैशाख ९, २०८३
    • १६४ पटक पढिएको
  • बैशाख १७ गतेदेखि संसद चल्ने, राष्ट्रपतिद्वारा संसद् बैठक आह्वान

    इटहरी ।  राष्ट्रपति रामचन्द्र पौडेलले बैशाख १७ गते बिहीबार दिउँसो २ बजे संघीय संसद्को बैठक आह्वान गर्नुभएको छ ।मंगलबारको मन्त्रिपरिषद् बैठकको सिफारिशमा वैशाख १७ गते बिहीबार दिउँसो २ बजेका लागि राष्ट्रपति पौडेलले दुवै सदनको अधिवेशन आह्वान गर्नुभएको हो ।यसअघिको संसद अधिवेशन चैत २७ गते अन्त्य भएको थियो । अधिवेशन अन्त्य भएको २१ दिनपछि पुनः अधिवेशन आह्वान भएको हो ।

    • प्रकाशित मितिः वैशाख ९, २०८३
    • १५९ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल