इटहरी । आज २ घण्टाको अवधिमा २ अर्ब रुपैयाँको पनि शेयर कारोबार भएको छैन । बजार घटेसँगै लगानीकर्ताले खुलेर शेयर किन्न वा बेच्न चाहेका छैनन् ।
२ घण्टामा २२ अङ्क हाराहारी घटेर नेप्से सूचक २६९० आसपासमा रहेर अहिले शेयर कारोबार भइरहेको छ । सो अवधिमा १ अर्ब ७२ करोड रुपैयाँ हाराहारीको शेयर किनबेच भएको छ ।
बजार घटे पनि हालै नेप्सेमा सूचीकृत भएको एभरेष्ट कलरको शेयरमूल्य आज पनि १५ प्रतिशत बढेको छ ।
उता कुथेली बुखरी स्मल हाइड्रोपावरको शेयरमूल्य १५ प्रतिशत घटेको छ ।
घटेको बजारमा रिलायन्स स्पिनिङ मिल्स, आँखुखोला जलविद्युत र रिडी पावरको उच्च कारोबार भएको छ ।


















