All Posts By खेमचन्द्र अधिकारी

    Showing १,१३१-१,१४० of १,३५८ items.
  • १८ अङ्कले घटेको शेयर बजारमा होटल समूहबाहेक सबै राताम्य

    इटहरी ।  आज सेयरबजार परिसूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ०.६४ प्रतिशत अर्थात् १८.१० अङ्कले घटेर २ हजार ८०७.१२ अङ्कमा अडिएको छ ।नेप्सेमा सूचीकृत ३४७ वटा कम्पनीको ९७ हजार ८०० पटकमा १ करोड ३० लाख १९ हजार ५५ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ७७ करोड ४३ लाख १७ हजार ८७९ रुपैयाँको शेयर किनबेच भएको छ ।होटल समूह १.१६ प्रतिशतले बढ्दा बाँकी सबै समूह राताम्य बनेका छन् । अन्य समूह सर्वाधिक १.२७ प्रतिशतले घट्दा विकास बैंक समूह भने स्थिर बनेको छ ।आज सोलु हाईड्रोपावरको सर्वाधिक अर्थात ३७ करोड ७ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार हुँदा रिलायन्स स्पनिङ मिल्स, नेशनल हाईड्रोपावर, होटल फरेस्ट इन र एसवाई

    • प्रकाशित मितिः वैशाख ८, २०८३
    • १६६ पटक पढिएको
  • सुन्दरहरैंचा र बेलबारीका ऐतिहासिक व्यक्तिमा आधारित कृति ‘जीवनकथा अग्रजका’ प्रकाशित

    इटहरी । सुन्दरहरैंचा र बेलबारीका ऐतिहासिक तथा सामाजिक व्यक्तित्वहरूको जीवनी अध्ययन गरिएर तयार पारिएको कृति ‘जीवनकथा अग्रजका’ प्रकाशित भएको छ । लेखक तथा अनुसन्धाता केशु विरहीले कृति लेख्नुभएको हो । विरही कोसी साहित्य–कला परिषद् नेपालका अध्यक्ष हुनुहुन्छसो कृति बैशाख १८ गते शुक्रबार बिहान ११ बजे एक विशेष कार्यक्रमका साथ सुकुना बहुमुखी क्याम्पसको सभाहलमा लोकार्पण गरिने प्रकाशक संस्था कोसी साहित्य–कला परिषद्का सचिव नवराज पोखरेल ‘नवशिला’ बताउनुहुन्छ । मोरङका दुई पालिकाका ऐतिहासिक तथा सामाजिक व्यक्तिका विषयमा तयार पारिएको सो कृतिको लोकार्पणमा पनि दुवै पालिकाका सामाजिक तथा सांस्कृतिक व्यक्तिहरूक

    • प्रकाशित मितिः वैशाख ८, २०८३
    • २२२ पटक पढिएको
  • गछिया युवा समाजले जित्यो इटहरी गोल्डकपको उपाधि, खेलको ८७ औँ मिनेटमा गोल गर्दै पराजित गर्याे प्लानिङ ब्वाइजलाई

    इटहरीः १६ औं संस्करणको अन्तरराष्ट्रिय आमन्त्रण इटहरी गोल्डकपको उपाधि गछिया युवा समाजले जितेको छ । हिजो राति इटहरी रंगशालामा भएको फाइनल खेलमा बुढासुब्बा गोल्डकपको विजेता प्लानिङ ब्वाइज युनाइटेडलाई १–० गोल अन्तरले पराजित गर्दै गछियाले उपाधि उचालेको हो ।खेलको ८७ औं मिनेटमा दोर्जे तामाङले गरेको गोल नै निर्णायक गोल भएको थियो । गोलकर्ता तामाङ फाइनल खेलको म्यान अफ द म्याच घोषित हुँदै नगद १० हजार रुपैयाँ हात पार्न सफल भए ।उपाधिसँगै गछिया युवा समाजले नगद १० लाख रुपैयाँ पुरस्कार जितेको छ भने उपविजेता प्लानिङ ब्वाइज युनाइटेडले ५ लाख रुपैयाँमा चित्त बुझाएको छ ।व्यक्तिगत विधातर्फ पनि गछियाकै वर्चस्व द

    • प्रकाशित मितिः वैशाख ८, २०८३
    • १७९ पटक पढिएको
  • पथरीमा ध्यान केन्द्र शिलान्यास

    पथरीः मोरङको पथरीशनिश्चरे–१ स्थित श्रीकृष्ण प्रणामी गोपीकृष्ण आश्रममा निर्माण हुने ध्यान केन्द्रको शिलान्यास गरिएको छ ।जगतगुरु १०८ कृष्णमणिजी महाराजले ध्यान केन्द्रको शिलान्यास गर्दै दिगो, वातावरणमैत्री र समुदायमैत्री संरचना निर्माणमा जोड दिनुभएको छ ।आश्रमका अनुसार ध्यान केन्द्रले योग, ध्यान तथा सामाजिक गतिविधि सञ्चालनमा सहयोग पुग्नेछ भने स्थानीय स्तरमा सामाजिक सद्भाव र सहकार्यलाई मजबुत बनाउने अपेक्षा गरिएको छ ।करिब ७४ लाख रुपैयाँ लागत अनुमान गरिएको सो बहुउद्देश्यीय भवनमा सभाहल, प्रतिमा मन्दिर र परिक्रमा पेटी निर्माण गरिने बताइएको छ ।

    • प्रकाशित मितिः वैशाख ८, २०८३
    • ८८ पटक पढिएको
  • हिमालयन रि इन्स्योरेन्सका ४ जना सञ्चालकले दिए राजीनामा

    काठमाडौंः हिमालयन रि इन्स्योरेन्सका चार जना सञ्चालकले राजीनामा दिएका छन् ।कम्पनीका सञ्चालक अमित मोर, राजीव मोर, शुभेच्छा खरेल र शुभाषकुमार झुनझुनवालाले दिएको राजीनामा  बैशाख ४ गते बसेको सञ्चालक समितिको बैठकले स्वीकृत गरेको बताइएको छ ।आगामी वार्षिक साधारण सभासम्मका लागि कम्पनीको सञ्चालकमा कालिका फिन्कोर्प प्रालिको तर्फबाट प्रतिनिधित्व गर्ने दीपककुमार मिश्र र स्वतन्त्र सञ्चालकमा आशिषचन्द्र न्यौपानेलाई नियुक्त गरिएको जनाइएको छ ।

    • प्रकाशित मितिः वैशाख ८, २०८३
    • २०५ पटक पढिएको
  • रवि लामिछानेको सांसद पद निलम्बनको माग गर्दै सर्वोच्चमा रिट दायर

    काठमाडौंः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई सांसदको हैसियतमा काम गर्न नदिन माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ ।अधिवक्ता आयुष बडालसहितका निवेदकहरूले लामिछानेविरुद्ध सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा अदालतमा विचाराधीन रहेकाले उनी सार्वजनिक पदमा रहँदा स्वतः निलम्बनमा पर्नुपर्ने दाबी गरेका छन् ।लामिछानेलाई सांसदको रूपमा काम गर्न नदिन अदालतबाट आदेश जारी गर्नुपर्ने माग गर्दै तीन दिनअघि दर्ताका लागि पेस गरिएको उक्त रिट अझैसम्म सर्वोच्च अदालत प्रशासनले दर्ता नगरेको बताइएको छ ।नियमअनुसार दर्ता गर्न नमिल्ने भए दरपीठ (दर्ता गर्न नमिल्ने भनी लेखिएको) आदेश दिनुपर्ने

    • प्रकाशित मितिः वैशाख ८, २०८३
    • १७७ पटक पढिएको
  • एनआईसी एशियाले एकै दिन गर्याे ४४ शाखाको मर्ज, विराटनगरका गाभिए तीन शाखा

    इटहरी ।  शाखा सञ्जाल विस्तारमा आक्रामक रूपमा अघि बढेको एनआईसी एशिया बैंक पछिल्लो समय भने रणनीतिक मोडमा देखिएको छ । बैंकले देशका विभिन्न महानगर तथा शहरी क्षेत्रमा रहेका आफ्ना ४४ वटा शाखा मर्ज गरेको हो ।मोरङको विराटनगरमा रहेका तीन वटा शाखा नजिकका शाखामा गाभिएका छन् । बैंकका अनुसार विराटनगरका मेन रोड र हाटखोला शाखा विराटनगर शाखामा गाभिएका छन् । त्यस्तै रानी मिल्स एरिया शाखा रोडशेष चोक शाखामा गाभिएको छ ।बैंकको सूचनाअनुसार, काठमाडौं, ललितपुर, चितवन, कास्की, मोरङ र पर्सा जिल्लाका शाखाहरू मर्ज गरिएका छन् ।काठमाडौं उपत्यकाका नागपोखरी, दरबारमार्ग, ज्ञानेश्वर, बागबजार, चाबहिल, नयाँबजार, कपन, ट

    • प्रकाशित मितिः वैशाख ८, २०८३
    • ११७ पटक पढिएको
  • हवाइ फायर गरी प्रहरीले रतुवामाईबाट नियन्त्रणमा लियो १ जना लागूऔषध कारोबारी

    उर्लाबारीः मोरङको रतुवामाईमा हिजो राति प्रहरीले हवाइ फायर गरी एक जना लागूऔषध कारोबारीलाई नियन्त्रणमा लिएको जनाएको छ ।भारतबाट लागुऔषध ल्याउँदै गरेको आशंकामा रोक्न खोज्दा भागेपछि प्रहरीले हवाई फायर गरेको जनाएको छ । रतुवामाई नगरपालिका–१ हटियाडाँडामा राति करिब ८ः२० बजे इलाका प्रहरी कार्यालय सिजुवाबाट खटिएको टोलीले हवाइ फायर गरेको जनाइएको छ ।भारतबाट नेपालतर्फ आउँदै गरेको बीआर ३८ एडी ५३९० नम्बरको मोटरसाइकल चालकले प्रहरीलाई देख्नासाथ भाग्ने प्रयास गरेपछि इन्स्पेक्टर कैलाश लिम्बूले चाइनिज पेस्तोलबाट दुई राउण्ड हवाई फायर गरेका थिए ।हवाई फायरपछि प्रहरीले मोटरसाइकल र चालकलाई नियन्त्रणमा लिएको जनाएको

    • प्रकाशित मितिः वैशाख ८, २०८३
    • १९३ पटक पढिएको
  • सुनको मूल्य १६०० रुपैयाँ बढ्दा चाँदीको बढ्यो ३० रुपैयाँ

    इटहरी ।  आज सुन र चाँदी दुवैको मूल्य बढेको छ । सुनको मूल्य तोलामा १ हजार ६०० रुपैयाँ र चाँदीको मूल्य तोलामा ३० रुपैयाँ बढेको हो ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रति तोला ३ लाख १ हजार ३ सय रुपैयाँ तोकिएको छ ।चाँदीको मूल्य प्रतितोला ५ हजार १६० रुपैयाँ तोकिएको छ ।

    • प्रकाशित मितिः वैशाख ८, २०८३
    • १६५ पटक पढिएको
  • विदेश जानेलाई बिदाइ तथा स्वदेश आउनेलाई स्वागत गर्न अब विमानस्थलमा तीन जना मात्रै जान पाइने

    इटहरी ।  विमानस्थलमा अधिक भीड भएको भन्दै अब विदेश जानेलाई घरबाटै बिदाइ गर्नुपर्ने भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरणले अत्याधिक भीड नगर्न आग्रह गर्दै सूचना जारी गरेको छ ।प्राधिकरणले एक सूचना जारी गरी अब विदेश जाने वा त्यताबाट आउने आफन्तको बिदाइ तथा स्वागतमा तीनजना मात्रै सहभागी हुन पाइने व्यवस्था गरेको छ ।‘कतिपय अवस्थामा एक जना यात्रुका लागि दशौँ आफन्तजन स्वागत तथा बिदाइका लागि विमानस्थलमा आउने गरेकाले यस त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हाताभित्रको सीमित स्थानका कारण अत्यधिक भिडभाड हुने गरेको छ, अत्यधिक भिडभाड नियन्त्रणमा सहयोग गरिदिन हुन सम्बन्धित सबै महानुभावलाई त्रिभुवन अन्त

    • प्रकाशित मितिः वैशाख ७, २०८३
    • २३१ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल