इटहरी । आज बिहान पश्चिम नेपालको बझाङ केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।
बिहान ४ बजेर ४० मिनेट जाँदा बझाङको कोटदेवल केन्द्रबिन्दु भएर ४.२ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
बझाङसहित बैतडीका केही भागमा भूकम्पको धक्का महसुस गरिएको बताइएको छ ।
भूकम्पले पुर्याएको क्षतिको विवरण भने हालसम्म नआएको बताइएको छ ।


















