All Posts By खेमचन्द्र अधिकारी

    Showing १,१४१-१,१५० of १,३५८ items.
  • घट्यो सुनचाँदीको मूल्य, फेरि ओर्लियो ३ लाखभन्दा तल सुनको भाउ

    इटहरी । नेपाली बजारमा आज सुनचाँदीको भाउ घटेको छ । आज सुनको भाउ तोलामा १ हजार ३०० रुपैयाँ घटेको छ । चाँदीको भाउ तोलामा ३५ रुपैयाँ घटेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रति तोला २ लाख ९९ हजार ७०० सय रुपैयाँ निर्धारण भएको थियो ।चाँदीको भाउ प्रति तोला ५ हजार १९० रूपैयाँ निर्धारण भएको छ ।

    • प्रकाशित मितिः वैशाख ७, २०८३
    • २१४ पटक पढिएको
  • ११ वर्षपछि विराट गोल्डकपको उपाधि चुम्यो झापा ११ ले, पायो ११ लाख रुपैयाँ

    विराटनगरः झापा ११ ले विराटनगरमा सम्पन्न ३८ औं संस्करणको ‘नोबेल विराट गोल्डकप’ फुटबल प्रतियोगिताको उपाधि जितेको छ । शहीद रंगशालामा आइतबार राति भएको फाइनलमा सम्राट स्पोर्टिङ क्लबलाई २–१ गोलअन्तरले पराजित गर्दै झापाले दोस्रो पटक उपाधि चुमेको हो ।उपाधिसँगै झापाले ११ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गरेको छ । उपविजेता सम्राट स्पोर्टिङले ५ लाख रुपैयाँ पाएको छ । २०७१ सालको संस्करणमा नेपाल आर्मीलाई हराउँदै झापाले पहिलोपटक प्रतियोगिता जितेको थियो । राजेश दाहाल र दिवस उराउले गरेको गोलले झापा विजयी भएको थियो । सम्राटका तर्फबाट सौरभ तामाङले सान्त्वना गोल फर्काएका थिए ।फाइनलको पहिलो हाफ गोलरहित बराबरी

    • प्रकाशित मितिः वैशाख ७, २०८३
    • २३४ पटक पढिएको
  • सुन्दरहरैंचा टी २० कपको उपाधि भुल्के वारियर्सलाई

    सलकपुरः इन्द्रपुर क्रिकेट क्लबद्वारा आयोजित सुन्दरहरैंचा टी २० कप क्रिकेट प्रतियोगिताको उपाधि भुल्के वारियर्सले हात पारेको छ ।पाथीभरा टाइटन्सलाई ३३ रनले पराजित गर्दै भुल्के वारियर्सले उपाधि जितेसँगै शिल्डको साथमा नगद २० हजार प्राप्त गरेको छ ।फाइनल खेलको म्यान अफ दि म्याच भुल्के वारियर्सका उदय शाह घोषित भए ।प्रतियोगितामा बेस्ट ब्याटर भुल्के वारियर्सका ज्ञातव्य सुवेदी घोषित भए । बेस्ट बलर भुल्के वारियर्सकै युगान्त बाम्बुले राई घोषित भए ।प्रतियोगिताको उदीयमान खेलाडी विराट वारियर्सका रोहन श्रेष्ठ घोषित भए । प्लेयर अफ टुर्नामेन्ट पनि भुल्के वारियर्सका ज्ञातव्य सुवेदी नै घोषित भए ।

    • प्रकाशित मितिः वैशाख ७, २०८३
    • १८५ पटक पढिएको
  • सञ्चार क्लब नेपालको अध्यक्षमा घनश्याम भण्डारी निर्वाचित

    उर्लाबारीः उत्तरी र पूर्वी मोरङका पत्रकारहरुको साझा संस्था सञ्चार क्लबको अध्यक्षमा घनश्याम भण्डारी निर्वाचित भएका छन् ।शनिबार भएको संस्थाको २२ औं चुनावी साधारण सभाबाट अध्यक्षमा भण्डारी र कोषाध्यक्षमा संगीता राई निर्वाचित भएका छन् । अन्य पदाधिकारी सर्वसम्मत चयन भएका छन् ।अध्यक्षमा घनश्याम भण्डारीले ३२ मत प्राप्त गर्दा अर्का उम्मेद्वार विजय धिमालले १७ मत प्राप्त गरेका थिए । त्यस्तै कोषाध्यक्षमा संगीता राईले ३३ मत प्राप्त गर्दा अर्की उम्मेद्वार सम्झना राईले १६ मत पाएकी थिइन् । क्लबमा ५९ जना साधारण सदस्य रहे पनि ५० मत मात्रै खसेको थियो । खसेको मध्ये १ मत बदर भएको थियो ।संस्थाको उपाध्यक्षमा सु

    • प्रकाशित मितिः वैशाख ७, २०८३
    • १८२ पटक पढिएको
  • त्रेता युग शुरु भएको दिन आज अक्षय तृतीया

    इटहरी । जौको सातु र सर्बत खाने दिन आज वैशाख शुक्ल तृतीया अर्थात् अक्षय तृतीया हो । आज विष्णु र लक्ष्मीको पूजा गर्नुका साथै दान गरेमा अक्षय शुभ फल मिल्ने धार्मिक विश्वास छ ।प्राचीनकालदेखि नै अनेक किसिमका विशेष कार्यहरू भएका हुनाले आजको दिनलाई विशेष दिनको रुपमा मान्न थालिएको पाइन्छ । पौराणिक कथनअनुसार आजकै दिनदेखि त्रेता युगको शुरु भएको हो ।भगवान परशुरामको जन्म भएको दिन पनि आजै हो । त्यसैले आजको दिनलाई परशुराम जयन्तीको रूपमा पनि मनाइन्छ । आजकै दिन शिव–पार्वतीको विवाह भएको पौराणिक मान्यता पनि छ ।

    • प्रकाशित मितिः वैशाख ७, २०८३
    • २७८ पटक पढिएको
  • सुनको भाउ बढ्यो तोलामा १ हजार २०० रुपैयाँ, चाँदीको बढ्यो ९५ रुपैयाँ

    इटहरी । आज सुन र चाँदी दुवैको भाउ बढेको छ । सुनको भाउ तोलामा १ हजार २०० रुपैयाँले बढेको छ भने चाँदी तोलामा ९५ रुपैयाँले बढेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ३ लाख १ हजार रुपैयाँमा किनबेच भइरहेको छ । चाँदी प्रतितोला ५ हजार २२५ रुपैयाँमा किनबेच भइरहको छ ।

    • प्रकाशित मितिः वैशाख ६, २०८३
    • १९७ पटक पढिएको
  • गछिया युवा समाजसँग फाइनलमा भिड्ने भो प्लानिङ ब्वाइज, सातदोबाटो युथ क्लबलाई ६–१ गोलले गर्याे पराजित

    इटहरीः शनिबार राति इटहरी रंगशालामा सम्पन्न दोस्रो सेमीफाइनलमा प्लानिङ ब्वाइजले सातदोबाटो युथ क्लबलाई ६–१ गोलको फराकिलो अन्तरले पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको छ ।शुक्रबार भएको पहिलो सेमीफाइनलमा गछिया युवा समाजले साबिक विजेता मछिन्द्र फुटबल क्लबलाई हराउँदै उपाधि भीडन्त तय गरिसकेको छ ।प्लानिङ ब्वाइजको जीतमा कप्तान फागुराम थारुले ४ गोल गरेका थिए । रोमन भुजेल र प्रतापसिंह राईले एक–एक गोल गरेका थिए ।खेलको चौथो मिनेटमै रोमन भुजेलले गोल गर्दै प्लानिङ ब्वाइजलाई अग्रता दिलाएका थिए । २८ औं मिनेटमा कप्तान फागुराम थारुले गोल गर्दै अग्रता दोब्बर बनाएका थिए । ३२ औँ मिनेटमा थारुले थप गोल गरेपछि प

    • प्रकाशित मितिः वैशाख ६, २०८३
    • १७८ पटक पढिएको
  • देशभर आज र भोलि ६ महिनादेखि ६ वर्षसम्मका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

    इटहरी । देशभर सरकारले आइतबार र सोमबार ६ महिनादेखि ५९ महिनासम्मका करिब २२ लाख बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औषधि खुवाइरहेको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ५२ हजार महिला स्वास्थ्य स्वयंसेविका र १५ हजार स्वास्थ्यकर्मीलाई खोप केन्द्रहरूमा परिचालन गरेको जनाएको छ ।करिब २० लाख बालबालिकालाई भिटामिन ए र जुकाको औषधि (अलबेन्डाजोल) खुवाइने भएको हो । अभियानअन्तर्गत ५२ हजार महिला स्वास्थ्य स्वयंसेविका र १५ हजार स्वास्थ्यकर्मीहरू देशभरका विभिन्न खोप केन्द्रहरूमा परिचालन भएका छन् ।सरकारले प्रत्येक वर्ष कात्तिक र बैशाख महिनामा भिटामिन ए र जुकाको औषधी निःशुल्क खुवाउने गर्दछ ।

    • प्रकाशित मितिः वैशाख ६, २०८३
    • १९१ पटक पढिएको
  • इटहरीको होटल गरिमाले आईपीओ निष्कासन गर्ने

    इटहरीः होटल गरिमा लिमिटेडले सर्वसाधाणमा आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओको प्रस्ताव पारित गर्न प्रथम वार्षिक साधारण सभा आह्वान गरेको छ ।कम्पनीको सञ्चालक समितिको बैठकले यही बैशाख २९ गते कम्पनीको इटहरीस्थित कार्यालयमा बिहान ११ बजेदेखि सभा सञ्चालन गर्ने निर्णय गरेको हो ।सभामा कम्पनीको शेयरमा सर्वसाधारणको पहुँच आवश्यक भएकोले धितोपत्र बोर्डमा आवेदन दिई आवश्कय कानुनी प्रक्रिया पूरा गरी आईपीओ निष्कासन गर्ने भन्ने निर्णय सर्वसम्मतले पारित गर्ने भएको छ ।यस्तै गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन तथा वित्तीय विवरणहरु समेत पारित गरिने भएको छ ।

    • प्रकाशित मितिः वैशाख ६, २०८३
    • ५८८ पटक पढिएको
  • गत साता नेप्से स्थिर, साताभरमा ०.०२ प्रतिशत अर्थात् ०.६३ अङ्कमात्रै वृद्धि

    इटहरी ।  गत साता नेप्से स्थिर बनेको छ । सातामा ४ दिन कारोबार हुँदा नेप्से ०.६३ अङ्क अर्थात् ०.०२ प्रतिशतमात्रै बढेको छ । अघिल्लो साता २८३७.७७ बिन्दुमा बन्द भएको नेप्से गत साता २८३८.४० बिन्दुमा रोकिएको हो ।४ कारोबारमध्ये २ दिन नेप्से बढेको थियो भने २ दिन घटेको थियो । सातामा कारोबार रकम भने घटेको छ । अघिल्लो साता दैनिक औसतमा ९ अर्ब ५४ करोड रुपैयाँको शेयर किनबेच भएकोमा गत साता दैनिक औसतमा ८ अर्ब ९९ करोड रुपैयाँको मात्र शेयर किनबेच भएको छ ।सातामा नेप्सेको कुल बजार पूँजीकरण सामान्य बढेको छ । अघिल्लो साताको अन्तिम कारोबार दिन ४८ खर्ब २४ अर्ब रुपैयाँ रहेको नेप्सेको कुल बजार पूँजीकरण गत साता

    • प्रकाशित मितिः वैशाख ६, २०८३
    • २०९ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल