इटहरी । आज पनि सुन र चाँदी दुवैको मूल्य बढेको छ । नेपाली बजारमा आज सुनको मूल्य तोलामा १ हजार रुपैयाँ र चाँदीको मूल्य तोलामा ५० रुपैयाँ बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ८५ हजार ६ सय रुपैयाँ निर्धारण भएको छ ।
आज चाँदी प्रतितोला ४ हजार ३७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


















