All Posts By खेमचन्द्र अधिकारी

    Showing १,१६१-१,१७० of १,३५८ items.
  • गगन थापाको कार्यसमितिलाई अदालतले दियो मान्यता

    इटहरी ।  नेपाली कांग्रेसको आधिकारिकताको विवादपछि परेको रिटमा सर्वोच्च अदालतले निर्वाचन आयोगले गरेको निर्णयलाई सदर गरेको छ । योसँगै विशेष महाधिवेशनबाट पार्टी नेतृत्वमा आएका गगनकुमार थापा थापा नेतृत्वको समूहले आधिकारिकता पाएको हो ।विशेष महाधिवेशनलाई मान्यता दिन नहुने भन्दै उठाइएको शेरबहादुर देउवा पक्षको माग अप्रत्यक्ष रूपमा खारेज भएको हो । न्यायाधीश शारंगा सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासले नेपाली कांग्रेसको विशेष महाधिवेशनलाई वैधानिक ठहर गरी निर्वाचन आयोगको निर्णय कानुनसम्मत रहेको फैसला गरेको हो ।शुक्रबारको सुनुवाइमा थापा पक्षका तर्फबाट वरिष्ठ अधिवक्ताहरू हरिहर दाहाल, सीता

    • प्रकाशित मितिः वैशाख ४, २०८३
    • १७८ पटक पढिएको
  • आमा

    आचार्य अ.आमा ! कुनै छैन तिमीसमानतिम्रै प्रभाले छ जगत् ललाम ।आमाबिना जीवन आउँदैनतसर्थ आमासँग जुध्नु हुन्न ।।सम्झेर आमा जति कर्म हुन्छन्ती कर्ममा निश्छलभाव रम्छन् ।आमासँगै शान्ति रहन्छ नित्यछ भित्र गम्भीर यहाँ रहस्य ।।जो राख्छ आमाप्रति द्वेषभावत्यो मूढले पार्दछ के प्रभाव ?आमा हँसाए सब बन्छ कामआमा रुवाए रहँदैन नाम ।।आमा भए साहस भित्र बस्छजस्तै विपतमा पनि लड्न सक्छ ।परन्तु आमा नभए धरामारहन्छ के आखिर यो थलामा !!म मात्र आमासँग बोल्न सक्छुखुलेर भित्री दिल खोल्न सक्छु ।म दूधको शोणित रूप देख्नचाहन्नँ चाहन्नँ म पाप लेख्न ।।मेरो छ बिन्ती जननी खुसाऊजहाँ भए तापनि भित्र आऊ ।गरेर तिम्रो अभिवन्दना योम पार्छु

    • प्रकाशित मितिः वैशाख ४, २०८३
    • २५४ पटक पढिएको
  • शेयरको मूल्य एकै दिन १५ प्रतिशतसम्म घटबढ हुन पाउने र प्रि ओपन सेसनको सीमा ५ प्रतिशतसम्म हुने नियम बनाइँदै

    काठमाडौंः नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले शेयर बजारको कारोबारलाई थप फराकिलो र चलायमान बनाउन ‘धितोपत्र कारोबार सञ्चालन विनियमावली, २०७५’ मा संशोधन गरेको छ ।अब कम्पनीहरूको शेयर मूल्यमा लाग्दै आएको सर्किट सीमा र प्रि–ओपन सेसनको मापदण्ड परिवर्तन गर्ने क्रममा रहेको बताइएको छ । नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट स्वीकृत भई आएको संशोधित विनियमावलीमा कुनै कम्पनीको दैनिक शेयर मूल्य घटबढ हुन पाउने सीमालाई १० प्रतिशतबाट बढाएर १५ प्रतिशत पुर्याइएको बताइएको छ ।त्यस्तै, प्रि–ओपन सेसन अर्थात् नियमित कारोबार शुरु हुनुपूर्व बिहान १०ः३० बजेदेखि १०ः४५ बजेसम्म को मूल्य सीमामा पनि संशोधन गरी प्रतिशत पुर्याइने भ

    • प्रकाशित मितिः वैशाख ४, २०८३
    • २४७ पटक पढिएको
  • सुकुना माविका विद्यार्थी युगान्सु रिजाल सिक्किममा भएको नवप्रवर्तन प्रदर्शनीमा सर्वोत्कृष्ट

    विराटचोकः सुकुना माध्यमिक विद्यालयमा कक्षा ११ मा विज्ञान संकायमा अध्ययनरत विद्यार्थी युगान्सु रिजालले भारतको सिक्किममा आयोजित विज्ञान तथा नवप्रवर्तन प्रदर्शनीमा सर्वोत्कृष्ट पुरस्कार जित्नुभएको छ ।सिक्किम सरकारको विज्ञान विभागको संयोजनमा सम्पन्न प्रदर्शनीमा विद्यालयका तर्फबाट ‘सुकुना रोबोट’, ‘क्युब स्याटेलाइट’, ‘भोकल ग्लोब्स’ र ‘स्मार्ट हाईटेन्सन लाइन’ लगायत चारवटा परियोजना प्रस्तुत गरिएको थियो । ती परियोजनासहित चार जना विद्यार्थी सहभागी भएका थिए ।

    • प्रकाशित मितिः वैशाख ४, २०८३
    • २११ पटक पढिएको
  • तोलामा ३००० रुपैयाँको गिरावटपछि सुनको भाउ फेरि ३ लाख रुपैयाँभन्दा कम

    इटहरी ।  आज सुन र चाँदी दुवैको भाउ घटेको छ । सुनको भाउ तोलामा ३००० रुपैयाँ र चाँदीको भाउ तोलामा १२० रुपैयाँ घटेको हो ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलाको २ लाख ९९ हजार ८०० रुपैयाँमा किनबेच भइरहेको छ ।चाँदीको भाउ प्रतितोला ५ हजार १३० रुपैयाँ निर्धारण भएको महासंघले जनाएको छ ।

    • प्रकाशित मितिः वैशाख ४, २०८३
    • १५२ पटक पढिएको
  • मातातीर्थ औंसीमा प्रधानमन्त्री बालेन्द्र शाहको सन्देश, ‘म नेपाल आमा हाँसेको हेर्न चाहन्छु’

    इटहरी ।  आज मातातीर्थ औंसीको अवसर पारेर प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले शुभकामना दिँदै आफूले नेपाल आमा हाँसेको हेर्न चाहेको बताउनुभएको छ ।‘माता र मातृभूमि स्वर्गभन्दा पनि महान् हुन्छन् । माताको काख न्यानो, चरण तीर्थजस्तै पवित्र। मातातीर्थ औंसीको यस पावन अवसरमा माया र त्यागको अनुपम उदाहरण बनिरहने सृष्टिकी मुहान सम्पूर्ण आमाहरूप्रति हार्दिक सम्मान, कृतज्ञता र नमन व्यक्त गर्दछु। आमाहरूको दीर्घायुको कामना गर्दछु’, प्रधानमन्त्री शाहले सन्देशमा भन्नुभएको छ ।‘आमाको मुख हेर्ने दिन आज सम्पूर्ण आमाहरू र नेपाल आमाको सदैव उज्यालो मुहारको कामना गर्दछु । आमालाई सधैं हँसाउन सकौं, हामी सन्तानह

    • प्रकाशित मितिः वैशाख ४, २०८३
    • २६० पटक पढिएको
  • घरजग्गा कारोबारमा सुधार हुँदै, मधेस प्रदेशमा बढी कारोबार

    इटहरी । पछिल्लो समय सुस्ताएको घरजग्गा कारोबारमा सुधार देखिएको छ । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७९\८० लाई आधार मानेर सार्वजनिक गरेको घरजग्गा कारोबारसम्बन्धी प्रतिवेदनले बजारमा यस्तो प्रवृत्ति देखिएको उल्लेख गरेको छ । मधेस प्रदेश सबैभन्दा अगाडि छ ।आर्थिक वर्षको सुरुवाती तीन महिनामा कारोबार कम हुने प्रवृत्ति छ भने तेस्रो र चौथो त्रैमासमा कारोबार उल्लेखनीय रूपमा बढ्ने गरेको प्रतिवेदनले देखाउँछ ।मधेस प्रदेशपछि लुम्बिनी प्रदेशमा बढी कारोबार भएको देखिन्छ । कर्णाली र सुदूरपश्चिम प्रदेशमा भने कारोबार अपेक्षाकृत कम देखिएको छ ।जग्गाको क्षेत्रफलका आधारमा पनि मधेस प्रदेशकै हिस्सा बढी छ । महानगर

    • प्रकाशित मितिः वैशाख ४, २०८३
    • १७० पटक पढिएको
  • सुनसरीको बर्जुबाट गैँडाको खागसहित चार जना पक्राउ

    इनरुवाः प्रहरीले सुनसरीको बर्जु गाउँपालिका–६ बाट बिहीबार राति गैँडाको खागसहित चार जनालाई नियन्त्रणमा लिएको छ ।सशस्त्र प्रहरी बल नेपाल नम्बर १ बराह बाहिनी पकलीको टोलीले गोप्य सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरेको हो । झापाबाट गैँडाको खाग लिएर आइरहेको भने आएको गोप्य सूचनाका अधारमा खानतलासी गर्दा उनीहरू पक्राउ परेका हुन् । खागसहित बर्जु–६ स्थित बर्जुताल नजिकबाट उनीहरु पक्राउ परेका हुन् ।उनीहरुको साथबाट गैँडाको एउटा खाग र दुई वटा मोटरसाइकल बरामद गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेकाको नाम गोप्य राखिएको छ ।खाग तस्करीको सञ्जाल ठूलो भएको र अनुसन्धान जारी रहेकाले पक्राउ परेकाको नाम सार्वजनिक नग

    • प्रकाशित मितिः वैशाख ४, २०८३
    • १७६ पटक पढिएको
  • सुन्दरहरैंचा टी २० कप २०८३ को पहिलो दिनका खेलमा विराट वारियर्स र भुल्के वारियर्स विजयी

    सलकपुरः इन्द्रपुर क्रिकेट क्लबको आयोजनामा हिजोदेखि सुन्दरहरंैचा टी–२० कप २०८३ शुरु भएको छ ।उद्घाटनको दिन भएको पहिलो खेलमा हरैंचा रोयल्सलाई ६ विकेटले हराउँदै विराट वारियर्स विजयी भएको छ । खेलका म्यान अफ द म्याच रोहन श्रेष्ठ घोषित भए ।हिजै भएको दोस्रो खेलमा भुल्के वारियर्सले गछिया टाइगर्सलाई ७४ रनले पराजित गरेको छ । सो खेलमा प्लेयर अफ द म्याच ज्ञातव्य सुवेदी घोषित भएका थिए ।सुन्दरहरैंचा नगरपालिकाका प्रमुख केदारप्रसाद गुरागाईँले उद्घाटन गर्नुभएको खेल बैशाख ६ गते समापन हुनेछ ।

    • प्रकाशित मितिः वैशाख ४, २०८३
    • १९० पटक पढिएको
  • यस्तो छ मातातीर्थको उत्पत्ति कथा

    इटहरी ।  आज मातातीर्थ औंसीको दिन हो । दिवङ्गत आमाको सम्झनामा काठमाडौंको मातातीर्थमा आज ठूलो मेला लाग्छ । आमा दिवङ्गत भएकाहरू बिहानै उक्त तीर्थमा गई स्नान तथा हरिहर (विष्णु र शिव)को दर्शन र पूजा गर्छन् ।शास्त्रमा हरेक नरनारीले जीवनमा देवऋण, मनुष्यऋण र पितृऋण तिर्नैपर्छ भनिएको छ । मातातीर्थको उत्पत्ति सम्बन्धमा प्रचलित एउटा कथा रोचक छ ।कथाअनुसार धेरै वर्ष पहिले हालको मातातीर्थमा गाईवस्तु चराउने चौर थियो । एक दिन एउटा गोठालाले उक्त चौरमा फ्याँकेको रोटीको टुक्रा हरायो । उसले अचम्म मानी रोटीको अर्को टुक्रा पनि फ्याँक्यो, त्यो पनि हरायो । त्यस्तो आश्चर्य देखेर सँगै भएका अरु गोठालाले पनि रो

    • प्रकाशित मितिः वैशाख ४, २०८३
    • २२७ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल