All Posts By खेमचन्द्र अधिकारी

    Showing १,१७१-१,१८० of १,३५८ items.
  • सुन्दरहरैंचाको पीएलओसहित कम्पनीले बुक बिल्डिङ्गमार्फत आईपीओ बेच्ने, नेप्सेसँग भयो सम्झौता

    इटहरी ।  मोरङको सुन्दरहरैंचामा सञ्चालनमा रहेको पीएलओ (पूर्वाञ्चल ल्युब आयल) सहित विभिन्न पाँच कम्पनीले बुक बिल्डिङ प्रविधिमार्फत् आईपीओ जारी गर्ने भएका छन् ।आईपीओ जारी गर्न ती कम्पनी र नेपाल स्टक एक्सचेञ्ज (नेप्से) बीच बुक बिल्डिङ्ग निर्देशिका बमोजिम शेयर निष्कासनका लागि सम्झौता भएको नेप्सेले जनाएको छ ।नेप्सेका अनुसार नर्भिक हस्पिटल, जगदम्बा स्पिनिङ्ग मिल्स लिमिटेड, टाइम फर्मास्युटिकल्स लिमिटेड, लक्ष्मी स्टील्स लिमिटेड र पूर्वाञ्चल ल्युव आयल लिमिटेड बुक बिल्डिङमा सहभागी हुने भएका हुन् ।ती कम्पनीहरूले बुक बिल्डिङ्ग विधिमार्फत् योग्य संस्थागत लगानीकर्ताका लागि छुट्याइएको सेयरको शिलबन्द

    • प्रकाशित मितिः वैशाख ४, २०८३
    • २४५ पटक पढिएको
  • आज मातातीर्थ औंसी

    इटहरी । आज मातातीर्थ औंसीको दिन हो । नेपाली समाजमा वैशाख कृष्णपक्ष अमावश्यालाई मातातीर्थ औंसीका रूपमा मनाइन्छ । आजको दिन आमाको मुख हेर्ने दिनका नामले प्रख्यात छ ।आज सन्तानहरुले आफ्नी आमालाई राम्राराम्रा लुगा तथा मीठामीठा खानेकुरा दिन्छन् । शास्त्रीय मान्यताअनुसार गुरु र पिताभन्दा पनि ठूली मानिएकी आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्दै आशीर्वाद थाप्ने चलन छ ।आमा नभएकाहरु भने आमालाई तर्पण र पिण्ड तथा पुरोहितलाई सिदा दानसहित भोजन गराई दिवङ्गत आमा र आमाले गरेका सुखदुःख सम्झने गर्छन् ।आज दिवङ्गत आमाको सम्झनामा काठमाडौंको मातातीर्थमा ठूलो मेला लाग्छ । आमा दिवङ्गत भएकाहरू बिहानै उक्त तीर्थम

    • प्रकाशित मितिः वैशाख ४, २०८३
    • १२२ पटक पढिएको
  • सुन्दरहरैंचाको सलकपुरमा सलकपुर जुत्ता घर सञ्चालनमा

    सलकपुरः मोरङको सुन्दरहरैँचा–८ सलकपुरमा ‘यारोन यादिरा फुटवेयर कलेक्सन (सलकपुर जुत्ता घर)’ सञ्चालनमा आएको छ ।सो जुत्ताघरको उद्घाटन वडा नम्बर ८ का वडाध्यक्ष खेमप्रसाद न्यौपाने, उद्योग संगठन मोरङका वरिष्ठ उपाध्यक्ष भोलेश्वर दुलाल, सुन्दरहरैँचा उद्योग वाणिज्य संघका अध्यक्ष नारायण कार्की र सुन्दरहरैँचा उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष कृष्णप्रसाद रिजालले संयुक्त रूपमा गर्नुभएको छ ।सलकपुर क्षेत्रमा भरपर्दो तथा गुणस्तरीय विभिन्न ब्राण्डका जुत्ता तथा फुटवेयर उपलब्ध गराउने उद्देश्यले पसल सञ्चालनमा ल्याइएको सञ्चालक विष्णुप्रसाद आचार्यले जानकारी दिनुभयो ।उद्घाटनको अवसरमा पसलमा उपलब्ध सम्पूर्ण सामानमा २०

    • प्रकाशित मितिः वैशाख ३, २०८३
    • १४४ पटक पढिएको
  • सिरुवा पर्वअन्तर्गत आज इटहरीको कचना महादेव मन्दिरमा मेला, पालिकाले दियो स्थानीय बिदा

    इटहरीः बैशाख महिनाभर पूर्वी क्षेत्रमा थारु तथा राजवंशी समुदायले विशेष महत्वका साथ मनाउने सिरुवा मेलाअन्तर्गत आज इटहरीको कचना महादेव मन्दिरमा ठूलो मेला लागेको छ । आफ्नो कामना पूरा होस् भनी बैगुन (भण्टा) चढाइने हुनाले आज लाग्ने मेला बैगुन चढाउने मेलाका नामले पनि परिचित छ ।मेलाको अवसर पारेर इटहरी उपमहानगरपालिकाले आज उपमहानगरभित्र स्थानीय बिदा दिएको छ ।आजको सो मेलामा थारु समुदायका साथै अन्य समुदायका मानिसहरू समेत मन्दिरमा बैगुनको भार चढाउने गर्दछन् । मुसा तथा चर्मजन्य रोग नलागोस् भनेर बैगुनको भार चढाउने गरिन्छ ।सिरुवा पर्व अन्तर्गत वैशाख महिनाभरी विभिन्न ठाउँमा रहेका ग्रामथानमा गएर पूजाआजा गर

    • प्रकाशित मितिः वैशाख ३, २०८३
    • २१७ पटक पढिएको
  • सुनको भाउ १०० रुपैयाँ बढ्यो, चाँदीको ३० रुपैयाँ

    इटहरी ।  आज सुन र चाँदी दुवैको भाउ सामान्य बढेको छ । सुनको भाउ तोलामा १०० रुपैयाँ बढेको छ भने चाँदीको भाउ तोलामा ३० रुपैयाँ बढेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ३ लाख २ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।चाँदी प्रतितोला ५ हजार २५० रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ ।

    • प्रकाशित मितिः वैशाख ३, २०८३
    • २१९ पटक पढिएको
  • उपसभामुखको टिप्पणीः दाइजो स्वीकार गर्नू पनि दण्डनीय हो

    इटहरी ।  सामाजिक सञ्जालमा स्टाटस राख्दै उपसभामुख रूविकुमारी ठाकुरले दाइजो प्रथाले महिलाको सम्मान, समानता र अधिकारमाथि प्रत्यक्ष आघात पुर्याउने बताउनुभएको छ । हालै मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक गर्दा माइतीबाट प्राप्त वा बिहेमा प्राप्त भनेर सम्पत्ति खुलाइएकोमा उपसभामुखले यस्तो टिप्पणी गर्नुभएको हो । यद्यपि उहाँले सम्पत्ति विवरणप्रतिको टिप्पणी भनेर उल्लेख भने गर्नुभएको छैन ।सामाजिक सञ्जाल फेसबुकमा राखिएको स्टाटसमा दाइजो लिनु–दिनुमात्रै नभएर दाइजोको लेनदेनमा आधारित विवाहमा भोज ग्रहण गर्नु पनि कानुनी रूपमा दण्डनीय अभ्यास भएको उहाँको भनाइ छ ।समाज परिवर्तन, देश विकास र सामाजिक कुरीत

    • प्रकाशित मितिः वैशाख ३, २०८३
    • १७८ पटक पढिएको
  • युनाइटेड मोदीको ७ प्रतिशत लाभांश पाउन शेयर किन्ने आज अन्तिम दिन

    इटहरी ।  युनाइटेड मोदी हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने आज बैशाख ३ गते अन्तिम दिन हो । कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ भोलि बैशाख ४ गते बुकक्लोज गर्ने भएको हुनाले आजसम्म शेयर किन्नेले लाभांश पाउने तथा साधारणसभामा सहभागी हुन पाउने भएका हुन् ।सो कम्पनीले यही बैशाख २७ गते काठमाडौंको कालीमाटी ब्यैङ्केट कालीमाटीमा बिहान ११ बजे बाह्रौँ वार्षिक साधारण सभा गर्ने भएको छ ।

    • प्रकाशित मितिः वैशाख ३, २०८३
    • १५९ पटक पढिएको
  • आजदेखि सोपान फर्मास्युटिकल्सको आईपीओ बिक्री हुने

    इटहरी ।  आजदेखि सर्वसाधारण लगानीकर्ताका लागि सोपान फर्मास्युटिकल्स लिमिटेडले प्राथमिक शेयर (आईपीओ) बिक्री गर्ने भएको छ ।कम्पनीले जारी पूँजी १ अर्ब ७१ करोड ६० लाख रुपैयाँको २५ प्रतिशतले हुन आउने ४२ करोड ९० लाख रुपैयाँ बराबरको ४२ लाख ९० हजार कित्ता शेयर आईपीओ निष्काशन गर्ने अनुमति पाएको थियो । सोमध्ये १० प्रतिशतले हुन आउने ४ लाख २९ हजार कित्ता शेयर नेपाल सरकारको सम्बन्धित निकायको श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरी बाँडफाँट गरिसकेको छ ।कम्पनीले १ लाख ७१ हजार ६०० कित्ता शेयर कर्मचारीहरुका लागि र २ लाख १४ हजार ५०० कित्ता शेयर सामुहिक लगानी कोषहरुलाई बा

    • प्रकाशित मितिः वैशाख ३, २०८३
    • ११२ पटक पढिएको
  • टाइम म्यागजिनको विश्वका सय प्रभावशालीमा प्रधानमन्त्री बालेन्द्र शाह १४ औं नम्बरमा

    इटहरी ।  प्रधानमन्त्री बालेन्द्र शाह टाइम म्यागजिनको विश्वका १०० प्रभावशाली व्यक्तिमा पर्नुभएको छ । प्रधानमन्त्री बालेन प्रभावशाली नेताको सूचीको १४ औं नम्बरमा पर्नुभएको छ ।जेनजी विद्रोहपछि प्रधानमन्त्री भएका शाहलाई टाइम म्यागजिनले २०२६ को प्रभावशाली व्यक्तिमा पारेको हो । प्रतिष्ठित अन्तर्राष्ट्रिय म्यागेजिन टाइमले प्रकाशित गरेको सन् २०२६ को सय प्रभावशाली व्यक्तिको सूचीमा प्रधानमन्त्री बालेन पर्नुभएको हो ।टाइमले हरेक वर्ष सूची सार्वजनिक गर्छ । नेता, कलाकार, नवप्रवर्तक, प्रभावशाली व्यक्तित्व लगायतका केही समूहमा विभाजन गरी टाइमले सूची सार्वजनिक गरेको छ ।उक्त समूहमा पोप लियो पहिलो नम्बरम

    • प्रकाशित मितिः वैशाख ३, २०८३
    • २०८ पटक पढिएको
  • आजदेखि सलकपुरमा टी २० कप क्रिकेट प्रतियोगिता हुने

    विराटचोकः इन्द्रपुर क्रिकेट क्लब सुन्दरहरैंचाको आयोजनामा आजदेखि मोरङ मोरङको सुन्दरहरैंचामा “सुन्दरहरैंचा टी २० कप क्रिकेट प्रतियोगिता” आयोजना हुने भएको छ ।बैशाख ६ गतेसम्म सुन्दरहरैंचा नगरपालिका वडा नम्बर ८, सलकपुरस्थित खेलमैदानमा सञ्चालन हुने प्रतियोगितामा सुन्दरहरैंचाका ६ टिम सहभागी छन् । प्रतियोगिताको उद्घाटन आज बिहान ८ बजे हुने आयोजकले हिजो साँझ पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।स्थानीय स्तरमा क्रिकेट खेलको विकास तथा खेलाडीहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ । प्रतियोगितामा नगरका विभिन्न स्थानलाई चिनाउने गरी टिमहरूको नामाकरण गरिएको छ ।सहभागी

    • प्रकाशित मितिः वैशाख ३, २०८३
    • १७६ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल