All Posts By खेमचन्द्र अधिकारी

    Showing १,४११-१,४२० of २,०८६ items.
  • विश्वकपको पहिलो विजेता उरुग्वेलाई बराबरीमा रोक्यो साउदी अरबले

    इटहरी ।  फिफा विश्वकप २०२६ अन्तर्गत आज बिहान अमेरिकाको फ्लोरिडास्थित मियामी स्टेडियममा भएको खेलमा उरुग्वे र साउदी अरब दुवै १–१ बराबरीमा रोकिएपछि १–१ अङ्क बाँडेका छन् । उरुग्वे विश्कप फुटबलको पहिलो विजेता देश हो । सन् १९३० को पहिलो विश्वकप फुटबल उरुग्वेले जितेको थियो ।साउदीले खेलको ४१ औं मिनेटमा अग्रता लिएको थियो । अब्दुल्लाह अलाम्रीले गोल गर्दै साउदीलाई अग्रता दिलाएका थिए । खेलको ८० औं मिनेटमा उरुग्वेका लागि म्याक्सी अराजोले गोल गरेका थिए । त्यसपछि दुवै टिमबाट गोल नभएपछि खेल बराबरीमा रोकिएको थियो ।

    • प्रकाशित मितिः असार २, २०८३
    • २१२ पटक पढिएको
  • सुन्दरहरैंचाका महिलालाई उद्घोषण र माइन्युट लेखन सीप प्रदान

    विराटचोकः विराट मिडिया एण्ड एड्भरटाइजिङ प्रालिको आयोजनामा तथा सुन्दरहरैंचा नगरपालिकाको आर्थिक सहयोगमा सुन्दरहरैंचा नगरपालिका–१२ का महिलालाई लक्षित गरी उद्घोषण तथा माइन्युट लेखन तालिम सम्पन्न भएको छ ।महिलाहरूको क्षमता अभिवृद्धि, नेतृत्व विकास तथा सार्वजनिक कार्यक्रममा सक्रिय सहभागिता बढाउने उद्देश्यले आयोजित तालिममा उद्घोषणकला र माइन्युट लेखनका विषयमा व्यावहारिक प्रशिक्षण प्रदान गरिएको थियो ।तालिममा प्रशिक्षक सीमा बस्नेतले उद्घोषणकलासम्बन्धी सहजीकरण गर्दै प्रभावकारी सञ्चार, मञ्च सञ्चालनका आधारभूत सीप, आत्मविश्वास विकास तथा कार्यक्रम सञ्चालनका विभिन्न पक्षबारे प्रशिक्षण दिनुभएको थियो ।त्यसैगरी स

    • प्रकाशित मितिः असार २, २०८३
    • १८७ पटक पढिएको
  • आत्मघाती गोलका कारण बेल्जियमलाई अंक बाँड्न पुग्यो इजिप्ट

    इटहरी । खेलको ६६ औँ मिनेटमा भएको आत्मघाती गोलका कारण इजिप्टले फिफा विश्वकप–२०२६ मा बेल्जियमसँग अंक बाँडेको छ ।सो गोलसँगै सिएटल स्टेडियममा भएको खेलमा बेल्जियम र इजिप्ट १–१ को बराबरीमा रोकिएका हुन् ।खेलको १९ औं मिनेटमा इजिप्टका इमाम आशौरले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । तर, ६६ औं मिनेटमा इजिप्टका मोहम्मद हानीले बल क्लियर गर्ने क्रममा आत्मघाती गोल हुँदा इजिप्टले पाएको ३ अंक १ अंकमा झरेको हो ।त्यसपछि दुवै टोलीबाट गोल हुन नसकेपछि समूह ‘जी’ मा रहेका बेल्जियम र इजिप्टले समान एकएक अंक बाँडेका छन् ।फिफा विश्वकप २०२६ मा यो दोस्रो आत्मघाती गोल हो ।

    • प्रकाशित मितिः असार २, २०८३
    • २३३ पटक पढिएको
  • कोशी प्रदेशको बजेट ४० अर्ब ४५ करोड रुपैयाँ

    विराटनगरः कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३\८४ का लागि ४० अर्ब ४४ करोड ९८ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।आज बसेको प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री विदुर लिङ्थेपले आगामी आर्थिक वर्षको आय–व्ययको अनुमानित विवरण प्रस्तुत गर्नुभएको हो ।सो बजेटमध्ये चालुतर्फ १३ अर्ब ९७ करोड ६३ लाख रुपैयाँ र पूँजीगततर्फ २० अर्ब ७५ करोड ९९ लाख रुपैयाँ विनियोजन गरिएको छ ।वित्तीय व्यवस्थापन शीर्षकमा १५ करोड रुपैयाँ छुट्याइएको छ । चालुतर्फ कुल बजेटको ३४.५५ प्रतिशत र पूँजीगततर्फ ५१.३२ प्रतिशत र वित्तीय व्यवस्थापनतर्फ ०.३७ प्रतिशत हुन आउँछ ।बजेट चालु आर्थिक वर्षको तुलनामा १२.७४ प्रतिशतले बढी

    • प्रकाशित मितिः असार १, २०८३
    • २९१ पटक पढिएको
  • अचार बनाउने सीप सिक्दै सुन्दरहरैंचाका महिला, ३६ सहभागीले लिए ५ दिन तालिम

    गोठगाउँः घरेलु तथा साना उद्योग कार्यालय, कोशी प्रदेशको आयोजनामा तथा सुन्दरहरैंचा महिला मञ्चको समन्वयमा अचार बनाउने पाँच दिने तालिम सुन्दरहरैंचामा सम्पन्न भएको छ ।सुन्दरहरैंचा नगरपालिका–७, गोठगाउँमा सञ्चालन गरिएको तालिममा सुन्दरहरैंचा महिला मञ्चमा आबद्ध सदस्यका साथै मञ्चका गैरसदस्य तथा वडा नम्बर ६, ७ र ८ का गरी ३६ जना महिलाको सहभागिता रहेको थियो ।महिलाहरूलाई स्वरोजगार तथा उद्यमशीलतातर्फ प्रेरित गर्ने उद्देश्यले आयोजना गरिएको तालिममा विभिन्न प्रकारका अचार बनाउने व्यावहारिक सीप प्रदान गरिएको आयोजकले जनाएको छ ।तालिमका क्रममा सहभागीहरूले लसुनको अचार, आँपको अचार, गुन्द्रुकको अचार, न्युटोलाको अचार, म

    • प्रकाशित मितिः असार १, २०८३
    • १७५ पटक पढिएको
  • नेप्से सूचक घटे पनि बढ्यो कारोबार रकम

    इटहरी । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से)परिसूचक ०.४५ प्रतिशत अर्थात १२.२६ अंकले घटेर २७११.७६ बिन्दुमा अडिए पनि कारोबार रकम भने बढेको छ ।३५० कम्पनीको १ करोड ७ लाख ३९ हजार ९९८ कित्ता शेयर ५१ हजार ७०२ पटक किनबेच हुँदा ४ अर्ब ४१ करोड २० लाख ४८ हजार ६०९ रुपैयाँको शेयर किनबेच भएको छ । शुक्रबार ३ अर्ब ३४ करोड १० लाख रुपैयाँको शेयर किनबेच भएको थियो ।उत्पादन तथा प्रशोधन समूह ०.११ प्रतिशतले उकालो लागेबाहेक बाँकी सबै समूहको सूचकमा आज रातो पोतिएको छ । अन्य समूह आज सर्वाधिक १.८२ प्रतिशतले घटेको छ ।घटेको बजारमा आँखुखोला जलविद्युतको सर्वाधिक अर्थात ३८ करोड ८५ लाख ६ हजार ४७३ रुपैयाँको शेयर किनबेच भएको छ

    • प्रकाशित मितिः असार १, २०८३
    • ३२२ पटक पढिएको
  • कोशी प्रदेशको बजेट प्रस्तुत हुँदै

    विराटनगरः अहिले कोशी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री विदुरकुमार लिङ्थेपले आगामी आर्थिक वर्ष २०८३\८४ को बजेट प्रस्तुत गरिरहनुभएको छ ।ढाकाको झोलामा बजेट वक्तव्य बोकेर प्रदेशसभा सचिवालय पुगेका मन्त्री लिङ्थेपले बजेट प्रस्तुत गरिरहनुभएको हो ।बजेटमा कृषि, पर्यटन र भौतिक पूर्वाधारलाई प्राथमिकता दिइएको छ ।कृषि क्षेत्रमा ६ अर्ब २८ करोड रुपैयाँ विनियोजन गरिएको मन्त्री लिङ्थेपले जनाउनुभएको छ ।

    • प्रकाशित मितिः असार १, २०८३
    • ४३६ पटक पढिएको
  • १३ प्रतिशतले घटायो मधेश सरकारले आफ्नो बजेट

    जनकपुरः मधेश प्रदेशले आगामी आर्थिक वर्ष २०८३\८४ का लागि ४१ अर्ब १३ करोड ८६ लाख रुपैयाँको बजेट ल्याएको छ ।अर्थमन्त्री युवराज भट्टराईले आज चालुतर्फ‍ १४ अर्ब ६६ करोड अर्थात् ३५.९४ प्रतिशत र पूँजीगततर्फ २६ अर्ब ४७ करोड अर्थात् ६४.३६ प्रतिशत रक विनियोजन भएको बजेट प्रस्तुत गर्नुभएको हो ।खर्चको स्रोतमा आन्तरिक राजस्वतर्फ ११ अर्ब २२ करोड ७५ लाख, राजस्व बाँडफाँटबापत १२ अर्ब ८३ करोड, वित्तीय समानीकरणबापत ९ अर्ब ४९ करोड ५९ लाख र गत वर्षको नगद मौज्दात ६ अर्ब ८ करोड ५२ लाख रुपैयाँ अनुमान गरिएको छ ।चालु आर्थिक वर्षमा मधेस सरकारले ४६ अर्ब ५८ करोड रुपैयाँको बजेट ल्याएको थियो ।

    • प्रकाशित मितिः असार १, २०८३
    • २८२ पटक पढिएको
  • ट्युनिसियाविरुद्ध स्वीडेनको फराकिलो जीत

    इटहरी ।  फिफा विश्वकप २०२६ को समूह ’एफ’ अन्तर्गत आज बिहान भएको खेलमा स्वीडेनले ट्युनिसियालाई ५–१ गोल अन्तरले पराजित गरी ३ अंक हात पारेको छ ।मेक्सिकोमा भएको खेलमा स्वीडेनका लागि यासिन अयारीले दुई तथा अलेज्यान्डर इसाक, भिक्टर ग्योकेरेस र माथिएस स्भानवर्गले एक–एक गोल गरेका थिए । ट्युनिसियाका तर्फबाट ओमार रेकिकले खेलको ४३ औं मिनेटमा सान्त्वना गोल गरेका थिए ।जीतपछि स्वीडेनले ३ अंक जोडेको छ । यसै समूहको पहिलो खेलमा नेदरल्यान्ड्स र जापानले २–२ को बराबरी खेलेका थिए ।

    • प्रकाशित मितिः असार १, २०८३
    • २६६ पटक पढिएको
  • खेलको ९० औँ मिनेटमा गरेको गोल नै निर्णायक साबित हुँदै आइभरी कोस्टले जोड्यो ३ अंक

    इटहरी ।  फिफा विश्वकप २०२६ को समूह ई अन्तर्गत भएको निकै प्रतिस्पर्धात्मक खेलमा आइभोरी कोस्ट ले दक्षिण अमेरिकी टोली इक्वेडरमाथि १–० को रोमाञ्चक जीतका साथ ३ अंक जोडेको छ ।आज बिहान अमेरिकाको फिलाडेल्फिया रङ्गशालामा भएको खेलमा आइभोरी कोस्टका खेलाडी विल्फ्रेड सिङ्गोको उत्कृष्ट पासमा वैकल्पिक खेलाडी अमाद डियालोले डि–बक्सको मध्यभागबाट खेलको ९० औँ मिनेटमा उत्कृष्ट गोल गर्दै आइभोरी कोस्टलाई रोमाञ्चक जीत दिलाएका हुन् ।समूह ई मा जर्मनीले कुरासाओमाथि फराकिलो जीत निकाल्दै ३ अंकका साथ शीर्ष स्थान ओगटेको छ । आइभोरी कोस्ट पनि ३ अङ्कका साथ दोस्रो स्थानमा रहेको छ ।

    • प्रकाशित मितिः असार १, २०८३
    • १६२ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल