All Posts By खेमचन्द्र अधिकारी

    Showing १४१-१५० of १,३४५ items.
  • आज विश्व फोटोग्राफी दिवस मनाइँदै

    इटहरी ।  आज विश्व फोटोग्राफी दिवस मनाइँदै छ । प्रत्येक वर्ष अगस्ट १९ तारिखका दिन यो दिवस मनाउने गरिन्छ । नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।फोटोग्राफीमा रुचि राख्ने मानिसहरुलाई प्रोत्साहन गर्न र व्यवसायिक रुपमा फोटोग्राफी गरेर बसिरहेका मानिसहरुको सम्मान गर्न विश्व फोटोग्राफी दिवस मनाइन्छ ।नेपालमा सन् २०१० बाट औपचारिक रूपमा यो दिवस मनाउन थालिएको हो ।संसारको सबैभन्दा पहिलो तस्बिरसंसारमा सबैभन्दा पहिलो तस्बिर सन् १८२६ मा फ्रान्समा खिचिएको थियो । त्यसबेला जोसेफ नाइस्पÞmोर नाइप्सीले हेलियोग्राफीको सहायताबाट पहिलो तस्बिर खिचेका थिए । हेलियोग्राफी भनेको पनि फोटोग्राफीकै एक प्रक्रिय

    • प्रकाशित मितिः भदौ ३, २०८३
    • १२२ पटक पढिएको
  • २ वर्षमा ३ लाख जना चढे भेडेटारको स्काइवाक

    भेडेटारः २ वर्षअघिदेखि धनकुटास्थित भेडेटारमा सञ्चालित ‘स्काइवाक’ मा ३ लाख जना चढेका छन् । वन्डर्स अम्युजमेन्ट पाक्र्स एन्ड अट्राक्सन प्रालिले २०८१ साउन ११ गतेदेखि सञ्चालनमा ल्याएको ‘स्काइवाक’मा पहिलो वर्ष १ लाख ७८ हजार र दोस्रो वर्ष १ लाख ३१ हजार पर्यटकले अवलोकन गरेका हुन्।सञ्चालकका अनुसार सो सङ्ख्यामा ३५ प्रतिशत भारतीय पर्यटक रहेका छन् । स्काइवाकसँगै फ्री–फल जम्प र स्विङजस्ता साहसिक गतिविधि पनि सञ्चालनमा रहेका हुनाले आकर्षण बढिरहेको बताइन्छ ।स्काइ साइक्लिङ, जिपलाइन र बालबालिकाका लागि उद्यान निर्माण गर्ने योजना रहेको बताइएको छ ।

    • प्रकाशित मितिः भदौ ३, २०८३
    • ६८ पटक पढिएको
  • इटहरीका दुई खाद्य उद्योगमा अनुगमन गरी छापा, कैफियत भेटिएपछि गरियो सिल

    इटहरीः अखाद्य तथा गुणस्तरहीन खाद्य वस्तुको उत्पादन, भण्डारण र बिक्रीलाई लक्षित गरी गरिएको अनुगमनका क्रममा दुई उद्योगमा कैफियत भेटिएपछि उत्पादन तथा बिक्रीमा रोक लगाइएको छ ।इटहरी उपमहानगरपालिका बजार अनुगमन शाखा तथा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सुनसरीको संयुक्त टोलीले मङ्गलबार इटहरीका विभिन्न उद्योग, कारखाना तथा पसलमा अनुगमन गर्ने क्रममा ती उद्योगमा त्रुटि भेटिएको जनाइएको छ ।इटहरी–९ मा रहेको खनाल फुड्स प्रोडक्समा नमकिन र फिंगर चिप्स उत्पादनको अनुमति लिएर चिजबल, पोटेटो क्रेकरलगायतका वस्तु अनुमतिविपरीत उत्पादन तथा बिक्री भइरहेको पाइएको थियो । सो उद्योगमा पिठो मुछ्ने मेसिनमा खिया

    • प्रकाशित मितिः भदौ ३, २०८३
    • १५१ पटक पढिएको
  • सुनसरी र सिरहा घटनामा गोली हान्नेलाई कारबाही सिफारिश गर्याे छानबिन समितिले

    काठमाडौंः साउन महिनामा सुनसरी र सिरहामा भएका छुट्टाछुट्टै घटनाको छानबिन गर्न बनेका दुई समितिले आन्दोलनमा बाहिरी घुसपैठ नभएको निष्कर्ष निकालेका छन् । नेपाल प्रहरी तथा सशस्त्र प्रहरीले चलाएको गोलीबाटै चार युवाको ज्यान गएको निष्कर्ष प्रतिवेदनको छ ।१० साउनमा सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जबाट शुरु भएको विवाद अन्य जिल्लरूमा फैलिँदा बाहिरी घुसपैठ भएको हुन सक्ने र सुरक्षाकर्मी बाहेकबाटै गोली चलेको भन्ने किसिमका भ्रमहरू फैलिएका थिए । तर, दुवै समितिले प्रतिवेदनमा नेपाली सुरक्षाकर्मीले चलाएको गोलीका कारण चार युवाको मृत्यु भएको निष्कर्ष निकालेको हो ।सुनसरीमा नेपाल प्रहरी र सशस्त्र प्रहरीबाट जम

    • प्रकाशित मितिः भदौ ३, २०८३
    • १२४ पटक पढिएको
  • आमाबुबाको सम्झनामा पूर्वविद्यार्थीले बनाए ५ लाखको अक्षयकोष

    बिर्तामोडः आफ्ना दिवङ्गत बुबा र आमाको स्मृतिमा हल्दीबारी माध्यमिक विद्यालयका पूर्वविद्यार्थीले ५ लाख रुपैयाँको अक्षयकोष स्थापना गरेका छन् । हल्दीबारी गाउँपालिका–२ निवासी स्वर्गीय टेकबहादुर चम्लागाईं र भोलादेवी चम्लागाईंको स्मृति तथा सम्मानमा उनीहरूका सन्तानले विद्यालयमा अक्षयकोष स्थापना गरेका हुन् ।विद्यालयमा आयोजित कार्यक्रममा पूर्वविद्यार्थी ज्ञानेन्द्रकुमार चम्लागाईं, फडेन्द्रकुमार चम्लागाईं, मुनादेवी चम्लागाईं (थापा), चम्पादेवी चम्लागाईं (ओली) र माया चम्लागाईं (थापा) ले ५ लाख रुपैयाँको चेक विद्यालयका प्रधानाध्यापक टङ्कबहादुर पाख्रिनलाई हस्तान्तरण गरेका हुन् ।विद्यालयका अनुसार अक्षयकोषबाट प

    • प्रकाशित मितिः भदौ ३, २०८३
    • १३१ पटक पढिएको
  • १९ अङ्क तल झर्याे शेयर बजार

    इटहरी ।  आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ०.७३ प्रतिशत अर्थात १९.३४ अंकले घटेर २ हजार ६२२.४८ बिन्दुमा अडिएको छ ।नेप्सेमा सूचीकृत ३४७ स्टकको १ करोड ५१ लाख ९६ हजार ९८२ कित्ता शेयर ५५ हजार २४६ पटक किनबेच हुँदा ५ अर्ब ७ करोड ३५ लाख १८ हजार ६६२ रुपैयाँको शेयर किनबेच भएको छ । हिजो ५ अर्ब ५२ करोड ५५ लाख रुपैयाँको शेयर किनबेच भएको थियो ।कारोबारमा आएकामध्ये व्यापारबाहेक बाँकी सबैमा रातो पोतियो । व्यापार समूह ०.४१ प्रतिशतले बढ्दा उत्पादन तथा प्रशोधन समूह सर्वाधिक अर्थात १.४० प्रतिशतले घटेको छ ।आज कृषि विकास बैंक बोण्डको सर्वाधिक ५० करोड ६८ लाख रुपैयाँको शेयर किनबेच भएको छ । सोलु हाईड्र

    • प्रकाशित मितिः भदौ २, २०८३
    • १४५ पटक पढिएको
  • मेची सहकारी बेलबारी सेवा कार्यालयका शेयर सदस्यले सीप सिकेर तयार पारेका हस्तकला सामग्री

    बेलबारीः मेची सहकारी संस्था बेलबारी सेवा कार्यालयका सदस्यहरूले सीपमूलक तालिमपछि विभिन्न हस्तकलाका सामग्री तयार गरेका छन् ।सहकारीले शेयर सदस्यलाई सीप सिकाएर उत्पादन तथा आयआर्जनसँग जोड्दै व्यावसायिकता वृद्धि गर्ने उद्देश्यले१० दिने सीपमूलक तालिम सञ्चालन गरेको थियो । सो तालिमपछि सदस्यहरूले धागोबाट फूल, लालीगुराँस, चिम्टी, रबर ब्याग, स्वीटर तथा गमलालगायतका सामग्री बनाएका थिए ।सहकारीका अनुसार आगामी साधारणसभामा सदस्यहरूले तयार गरेका सामग्रीको प्रदर्शनी तथा बिक्रीका लागि स्टल राखिनेछ । साधारणसभामा सहभागी सदस्य तथा सर्वसाधारणले ती सामग्रीको अवलोकन तथा खरिद गर्न सक्ने सहकारीले जनाएको छ ।

    • प्रकाशित मितिः भदौ २, २०८३
    • १०७ पटक पढिएको
  • वाणिज्य बैंकमा नबिलको नाफा धेरै, एभरेस्टको लाभांश क्षमता धेरै

    इटहरी । नेपालमा सञ्चालनमा रहेको २० वटै वाणिज्य बैंकले आर्थिक वर्ष २०८२\८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरिसकेका छन् । सो विवरण अनुसार यस्तो छ वित्तीय अवस्थाःआम्दानीमा नबिल अगाडि, प्रभु बैंक घाटामाखुद नाफा आर्जनका हिसाबले नबिल बैंक ७ अर्ब ९० करोड नाफासहित शीर्ष स्थानमा रहेको छ । कुमारी बैंक ७ अर्ब ३८ करोड रुपैयाँ नाफा कमाएर दोस्रो स्थानमा छ । ग्लोबल आइएमई बैंक, एभरेस्ट बैंक र राष्ट्रिय वाणिज्य बैंकले पनि क्रमशः ६.२२ अर्ब, ५.०६ अर्ब र ४.५५ अर्ब खुद नाफा कमाएका छन् । खराब कर्जा व्यवस्थापन र इम्पेयरमेन्ट चार्जको ठूलो चापका कारण प्रभु बैंक २४ करोड १२ लाख रुपैयाँ घाटाम

    • प्रकाशित मितिः भदौ २, २०८३
    • १२५ पटक पढिएको
  • कोसी साहित्य –कला परिषद्को प्रमुख सल्लाहकारमा प्रा.डा. भीम खतिवडा

    बेलबारीः कोसी साहित्य–कला परिषद्ले संस्थाको प्रमुख सल्लाहकारमा प्रा.डा. भीम खतिवडालाई चयन गरेको छ । साउन ३१ गते बसेको संस्थाको कार्यसमितिको बैठकले खतिवडालाई प्रमुख सल्लाहकारका रूपमा चयन गरेको हो ।नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति खतिवडा प्राज्ञिक, साहित्यिक तथा नवपुस्ताका लागि प्रेरक व्यक्तित्वका रूपमा चिनिनुहुन्छ । उहाँ यसअघि पनि संस्थाको सल्लाहकार सदस्य रहनुभएको थियो ।संस्थाका अन्य सल्लाहकारहरूमा हर्कमान तामाङ (मोरङ), विवश पोखरेल (मोरङ), केशव आचार्य (झापा), विक्रमश्रि (सुनसरी), मिश्र वैजयन्ती (मोरङ) र छवि वैरागी घिमिरे (मोरङ) हुनुहुन्छ । तामाङ, आचार्य, वैजयन्ती र घिमिरे संस्थाको स्थापना

    • प्रकाशित मितिः भदौ २, २०८३
    • १३० पटक पढिएको
  • लेटाङको हिरासत पुस्तकालयलाई लेटाङ एड्भान्स हस्पिटलद्वारा १५ थान पुस्तक प्रदान

    लेटाङः इलाका प्रहरी कार्यालय, लेटाङको हिरासत कक्षमा सञ्चालित हिरासत पुस्तकालयका लागि लेटाङ एडभान्स हस्पिटल प्रालिले पुस्तक सहयोग गरेको छ ।हस्पिटलका सञ्चालक ईश्वर शाक्यले सोमबार विभिन्न विधाका १५ थान पुस्तकहरू हस्तान्तरण गर्नुभएको हो । हिरासतमा रहेका थुनुवाहरूमा सकारात्मक सोचको विकास, ज्ञान अभिवृद्धि तथा असल आचरण र व्यवहार परिवर्तनमा मद्दत पुगोस् भन्ने उद्देश्यले ती पुस्तकहरू प्रदान गरिएको अस्पतालले जनाएको छ ।सामाजिक उत्तरदायित्व बहन गर्दै पुस्तक सहयोग गर्नुभएकोमा इलाका प्रहरी कार्यालय, लेटाङले अस्पताल सञ्चालक शाक्यप्रति हार्दिक आभार व्यक्त गर्दै धन्यवाद ज्ञापन गरेको थियो ।

    • प्रकाशित मितिः भदौ २, २०८३
    • १६१ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल