All Posts By खेमचन्द्र अधिकारी

    Showing १,५४१-१,५५० of २,०८६ items.
  • ओखलढुङ्गामा भएको खुला कविता प्रतियोगितामा दमकका विवेक दुलाल क्षेत्री पहिलो

    ओखलढुङ्गाः युगकवि सिद्धिचरण श्रेष्ठको ११५ औँ जन्मजयन्तीको अवसरमा ओखलढुङ्गामा भएको कविता प्रतियोगितामा झापाको दमकका कवि विवेक दुलाल क्षेत्री पहिलो हुनुभएको छ । प्रतियोगिताका लागि देशभरबाट प्राप्त २०० भन्दा बढी कवितालाई पछि पार्दै क्षेत्रीको ‘उचाइको प्रयोगशालाबाट’ शीर्षकको कविता पहिलो भएको हो । क्षेत्रीले पुरस्कारस्वरुप १५ हजार रुपैयाँ नगदसहित प्रमाणपत्र प्राप्त गर्नुभयो ।सर्जक चौतारी ओखलढुङ्गा र सिद्धिचरण सङ्ग्रहालय समितिको संयुक्त आयोजनामा भएको प्रतियोगितामा उत्कृष्ट १० कविताहरु वाचनका लागि छनोट गरिएका थिए । तीमध्ये ८ कविहरु प्रतियोगितामा सहभागी भएका थिए ।सो प्रतियोगितामा ‘ऐनामा हराएका फूलहरू’

    • प्रकाशित मितिः जेठ १३, २०८३
    • २३३ पटक पढिएको
  • सवा ९ अंक घट्यो नेप्से

    इटहरी ।  आज नेप्से ०.३३ प्रतिशत अर्थात ९.२४ अंकले घटेर २७७७.१० अंकमा अडिएको छ । आज ३४२ कम्पनीको १ करोड १८ लाख ७२ हजार ५०७ कित्ता शेयर ५२ हजार ७५१ पटक किनबेच हुँदा ४ अर्ब ८५ करोड ४४ लाख ४४ हजार १७० रुपैयाँको शेयर कारोबार भएको छ ।१३ वटा समूहमध्ये आज सामुहिक लगानी कोष समूह र निर्जीवन बीमा समूह मात्रै बढे । यी समूहहरु क्रमशः ०.२५ र ०.३५ प्रतिशतले बढ्दा आज लघुवित्त समूह सर्वाधिक अर्थात् ०.५६ प्रतिशतले घटेको छ ।आज आँखुखोला जलविद्युत कम्पनीको सर्वाधिक अर्थात् ४६ करोड ७२ लाख ६३ हजार ९२५ रुपैयाँको शेयर कारोबार भएको छ । रिडी पावर, साहस उर्जा, ङादी ग्रुप र अपि पावर उच्च कारोबार गर्ने कम्पनीमा प

    • प्रकाशित मितिः जेठ १२, २०८३
    • २१३ पटक पढिएको
  • घट्यो सुनचाँदीको मूल्य

    इटहरी ।  आज सुन र चाँदी दुवैको मूल्य घटेको छ । आज सुनको मूल्य प्रतितोला १ हजार ३ सय रुपैयाँ र चाँदीको मूल्य प्रतितोला ९० रुपैयाँ घटेको हो ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ९१ हजार ५०० रुपैयाँमा कारोबार भएको छ ।त्यस्तै, आज चाँदी प्रतितोला ५ हजार ६० रुपैयाँमा किनबेच भएको महासंघले जनाएको छ ।

    • प्रकाशित मितिः जेठ १२, २०८३
    • ३७३ पटक पढिएको
  • साफ महिला च्याम्पियनसीपमा भुटानलाई पराजित गर्दै नेपालले जोड्यो ३ अंक

    काठमाडौंः संघर्षपूर्ण जीतसहित साफ महिला च्याम्पियनसिपमा भुटानलाई हराउँदै नेपालले विजयी शुरुवात गरेको छ ।हिजो जवाहरलाल नेहरु रंगशालामा भएको खेलमा भुटानलाई १–० ले हराएसँगै समूह ‘ए’मा रहेको नेपालले ३ अंक जोड्दै सेमीफाइनल पुग्ने सम्भावना बलियो बनाएको छ ।अब नेपालले समूह चरणको अन्तिम खेल श्रीलंकाविरुद्ध खेल्नेछ ।

    • प्रकाशित मितिः जेठ १२, २०८३
    • २८४ पटक पढिएको
  • गंगा दशहराको पौराणिक कथा

    इटहरी । आज गंगा दशहरा पर्व मनाइँदैछ । ज्येष्ठ शुक्ल दशमीको दिन मनाइने यो पर्वको ठूलो धार्मिक महत्व छ । पवित्र नदी गंगाको उत्पत्तिसँग जोडिएको गंगा दशहराको पौराणिक कथा यस्तो रहेको छ ।एक समयको कुरा हो । सूर्यवंशी महाराज सगरले ९९ अश्वमेध यज्ञ विधिपूर्वक पूरा गरिसकेपछि सयौं यज्ञका लागि आफ्ना ६० हजार पुत्रहरूको रक्षामा घोडालाई यज्ञको लागि छाडे । सयौं अश्वमेध यज्ञ पूरा भएमा सगर पनि इन्द्र हुने भएकाले त्यसो हुन नदिन इन्द्रले उक्त घोडा चोरेर महर्षि कपिलको आश्रममा लगेर बाँधिदिए । सगर पुत्रहरूले घोडा नदेखेपछि चारैतिर खोजी गरे ।सारा संसार खोजी गर्दा पनि घोडा नभेटेपछि बलवान् सगर पुत्रहरूले पृथ्वी खन्न

    • प्रकाशित मितिः जेठ १२, २०८३
    • २०४ पटक पढिएको
  • मिक्लाजुङले ४० लाख खर्चिएर किसानलाई दियो ३४३ थान कृषि सामग्री

    मधुमल्लाः मोरङको मिक्लाजुङ गाउँपालिकाले किसानलाई आधुनिक कृषि प्रणालीतर्फ उन्मुख गराउने उद्देश्यसहित विभिन्न कृषि यन्त्र तथा उपकरण वितरण कार्यक्रमलाई निरन्तरता दिएको छ । परम्परागत खेती प्रणालीलाई क्रमशः यान्त्रिकीकरण गर्दै खेतीपातीको लागत घटाउने, उत्पादन वृद्धि गर्ने तथा किसानको आम्दानी बढाउने लक्ष्यसहित गाउँपालिकाले वार्षिक रूपमा किसान केन्द्रित कार्यक्रम सञ्चालन गरिएको गाउँपालिका अध्यक्ष बबिकुमार राईले जानकारी दिनुभएको छ ।गाउँपालिकाले यस आर्थिक वर्षमा मात्रै २७ वटा सिँचाइ बोरिङ, ६५ थान चापाकटर, ६७ थान मकै छोडाउने मेसिन, १ सय ६ थान मकै रोप्ने मेसिन तथा १ सय ५ थान बाली गोड्ने फलामे हलो गरी कुल

    • प्रकाशित मितिः जेठ १२, २०८३
    • १८३ पटक पढिएको
  • १ प्रतिशतले बढेको बजारमा कारोबार रकम ६ अर्ब नजिक

    इटहरी ।  हिजो  नेपाल स्टक एक्सचेञ्ज (नेप्से)परिसूचक १ प्रतिशत अर्थात २७.८५ अंकले बढेर २७८६.३५ बिन्दुमा अडिएको छ । शुक्रबार नेप्से परिसूचक १६ अंकले बढेको थियो ।नेप्सेमा सूचीकृत ३४२ कम्पनीको १ करोड ४५ लाख ४० हजार २२ कित्ता शेयर ७५ हजार ८५६ पटक किनबेच हुँदा ५ अर्ब ९८ करोड ६४ लाख १२ हजार ६०० रुपैयाँको शेयर कारोबार भएको छ ।सामुहिक लगानी कोष समूह ०.२० प्रतिशतले घटेबाहेक बाँकी सबै समूहको सूचक बढ्दा जलविद्यतु समूह सर्वाधिक अर्थात् १.५० प्रतिशतले बढेको छ ।सूचक बढेको बजारमा आँखुखोला जलविद्युतको सर्वाधिक अर्थात ६० करोड २० लाख १४ हजार ४०४ रुपैयाँको कारोबार भएको छ । आँखु खोलाको १४ लाख ५

    • प्रकाशित मितिः जेठ १२, २०८३
    • ७५६ पटक पढिएको
  • आज गंगा दशहरा पर्व मनाइँदै

    इटहरी ।  आज गंगा दशहरा पर्वको दिन हो । जेठ महिनाको शुक्ल पक्ष दशमी तिथिका दिन गंगा दशहरा पर्व मनाइन्छ । यस दिन हस्ता नक्षत्रमा गंगा नदी पृथ्वीमा अवतरण भएको विश्वास गरिन्छ ।पौराणिक मान्यताअनुसार यस दिन गंगा स्नान गर्नाले विशेष फल प्राप्त हुन्छ तसर्थ यस दिन गंगा वा अन्य कुनै पवित्र नदी एवं तलाउको पूजा अर्चनाका साथ भगवान् शिवलाई जलाभिषेक गरिन्छ । यस दिनको दान तथा उपवासको विशेष महत्व छ । दस प्रकारका पापको नाश हुने भएका कारण यस दिनलाई दशहरा भनिएको हो । कायिक, वाचिक एवं मानसिक गरी तीन वर्गमा पर्ने दश प्रकारका पाप यस दिन गरिने पुण्य कार्यबाट सहजै नाश हुने विश्वास गरिन्छ ।यस वर्ष जेठ महिनामा

    • प्रकाशित मितिः जेठ १२, २०८३
    • १४० पटक पढिएको
  • माल्दिभ्सलाई सोझो सेटमा पराजित गर्दै नेपाल पुग्यो काभा महिला भलिबल च्याम्पियनसिपको सेमीफाइनलमा

    काठमाडौंः हिजो भएको खेलमा माल्दिभ्सलाई सोझो सेटमा पराजित गर्दै नेपाल काभा महिला भलिबल च्याम्पियनसिपको सेमीफाइनलमा प्रवेश गरेको छ ।समूह ए को पहिलो खेलमा भारतसँग पाँच सेटमा पुगेर पारजित भए पनि त्यसपछि लगातार कीर्गिस्तान र माल्दिभ्सलाई पराजित गरेपछि समूह ‘ए’बाट सेमीफाइनल पुग्ने नेपाल पहिलो टोली बनेको हो ।नेपालले शनिबार कीर्गिस्तानलाई ३–० को सेटमा हराएको थियो । माल्दिभ्सलाई पनि ३–० कै सोझो सेटमा पराजित गरेसँगै नेपाल ७ अंकसहित सेमीफाइनलमा पुगेको हो ।दशरथ रंगशाला कभर्डहलमा भएको समूह ए को आफ्नो अन्तिम खेलमा नेपालले माल्दिभ्सलाई २५–१२, २५–९, २५–२० ले पराजित गरेको हो ।खेलमा नेपालकी कप्तान निरुता ठगुन्न

    • प्रकाशित मितिः जेठ ११, २०८३
    • २०५ पटक पढिएको
  • बढ्यो सुनचाँदीको दाम

    इटहरी ।  आज सुन र चाँदी दुवैको मूल्य बढेको छ । आज सुन प्रतितोला १ हजार ९ सय रुपैयाँले बढेको छ भने चाँदी प्रतितोला १ सय ४० रुपैयाँले बढेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ९२ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।चाँदी प्रतितोला ५ हजार १ सय ५० रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ ।

    • प्रकाशित मितिः जेठ ११, २०८३
    • २६० पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल