इटहरी । आज नेप्से ०.३३ प्रतिशत अर्थात ९.२४ अंकले घटेर २७७७.१० अंकमा अडिएको छ । आज ३४२ कम्पनीको १ करोड १८ लाख ७२ हजार ५०७ कित्ता शेयर ५२ हजार ७५१ पटक किनबेच हुँदा ४ अर्ब ८५ करोड ४४ लाख ४४ हजार १७० रुपैयाँको शेयर कारोबार भएको छ ।
१३ वटा समूहमध्ये आज सामुहिक लगानी कोष समूह र निर्जीवन बीमा समूह मात्रै बढे । यी समूहहरु क्रमशः ०.२५ र ०.३५ प्रतिशतले बढ्दा आज लघुवित्त समूह सर्वाधिक अर्थात् ०.५६ प्रतिशतले घटेको छ ।
आज आँखुखोला जलविद्युत कम्पनीको सर्वाधिक अर्थात् ४६ करोड ७२ लाख ६३ हजार ९२५ रुपैयाँको शेयर कारोबार भएको छ । रिडी पावर, साहस उर्जा, ङादी ग्रुप र अपि पावर उच्च कारोबार गर्ने कम्पनीमा परेका छन् ।
आज कालिञ्चोक हाईड्रोपावरको शेयरमूल्य सर्वाधिक अर्थात् ९.२३ प्रतिशतले बढेको छ । सुपरखुदी हाइड्रोपावरको सर्वाधिक अर्थात् ३.६० प्रतिशतले शेयरमूल्य घटेको छ ।
बजार घटेसँगै समग्र बजार पूँजीकरण ४७ खर्ब ३६ अर्ब ४९ करोड ९७ लाख ६७ हजार ८७३ रुपैयाँ कायम भएको छ ।


















