All Posts By खेमचन्द्र अधिकारी

    Showing २,०६१-२,०७० of २,०८८ items.
  • दुई घण्टामा साढे ४ अर्ब रुपैयाँको शेयर कारोबार

    इटहरी ।  बिक्री दबाबमा रहेको शेयर बजारमा आज दुई घण्टामा ४ अर्ब ५० करोड ८१ लाख ५४ हजार रुपैयाँको शेयर कारोबार भएको छ । बजार खुलेदेखि नै राताम्य रहेको बजार दिउँसो १ बजेसम्ममा ३६ दशमलव ८३ अङ्क घटेको छ ।हिमालयन रिइन्स्योरेन्सको सर्वाधिक रुपैयाँको शेयर किनबेच भएको छ । नेपाल पुनर्बीमा कम्पनीको रुपैयाँको शेयर किनबेच भएको छ । कुमारी बैंक, आँखु खोला जलविद्युत कम्पनी र रिडी पावर उच्च कारोबार गर्ने कम्पनीमा परेका छन् ।बजार घटे पनि ६ ओटा कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ ।नेप्से परिसूचक लगभग ३७ अङ्क घटेर २८१४ आसपासमा शेयर किनबेच भइरहेको छ ।

    • प्रकाशित मितिः चैत १८, २०८२
    • २६४ पटक पढिएको
  • तोलामा ७ हजार ४ सय रुपैयाँ बढ्यो सुनको भाउ चाँदीको १०० रुपैयाँ

    इटहरी ।  आज सुन र चाँदी दुवैको भाउ बढेको छ । सुनको भाउ तोलामा ७ हजार ४०० रुपैयाँ र चाँदीको भाउ तोलामा १०० रुपैयाँ बढेको हो ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला २ लाख ९७ हजार ६ सय रुपैयाँ तोकिएको छ ।चाँदीको भाउ पनि आज बढेको छ । आज चाँदी प्रतितोला ४ हजार ९४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

    • प्रकाशित मितिः चैत १८, २०८२
    • २२३ पटक पढिएको
  • अमेरिकी डलरको भाउ स्थिर, अष्ट्रेलियन डलरको बढ्यो दाम

    इटहरी । आज अमेरिकी डलरको भाउ स्थिर रहेको छ । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विनिमयदर अनुसार अष्ट्रेलियन डलरको भाउ बढेको छ भने युरोपियन युरो, युके पाउण्ड स्टर्लिङ र स्वीस फ्रयांकको भाउ भने केही घटेको छ ।राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ४४ पैसा र बिक्रीदर १५२ रुपैयाँ ४ पैसा तोकिएको छ ।युरोपियन युरो एकको खरिददर १७३ रुपैयाँ ६९ पैसा र बिक्रीदर १७४ रुपैयाँ ३८ पैसा छ । युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०० रुपैयाँ ६ पैसा र बिक्रीदर २०० रुपैयाँ ८५ पैसा छ ।स्वीस फ्रयाङ्क एकको खरिददर १८९ रुपैयाँ १८ पैसा र बिक्रीदर १८९ रुपैयाँ ९३ पैसा, अष्ट्रेलियन डलर एकको ख

    • प्रकाशित मितिः चैत १८, २०८२
    • २२२ पटक पढिएको
  • आज यी स्थानमा वर्षा र हिमपातको सम्भावना

    विराटचोकः जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभाव रहेको हुनाले आज बागमती, गण्डकी, कर्णाली, सुदूर पश्चिम र लुम्बिनी प्रदेशलगायत देशका हिमाली तथा पहाडी भू–भागमा साधारणतया बदली रहेको छ । बाँकी तराई भू–भागमा आंशिक बदली भएको छ ।गण्डकी प्रदेशका केही तथा कोशी, बागमती, कर्णाली, सुदूरपश्चिम र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भू–भागका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा तथा हिमपात भइरहेको महाशाखाले जनाएको छ ।आज दिउँसो देशका हिमाली भागमा साधारणतया बदली रहनेछ भने पहाडी तथा तराई भू–भागमा आंशिक बदली हुनेछ । कोशी प्रदेशका पहा

    • प्रकाशित मितिः चैत १८, २०८२
    • २१३ पटक पढिएको
  • यी हुन् नेकपा एमालेले बैशाख १२ सम्म घोषणा गरेका चरणबद्ध आन्दोलनका कार्यक्रम

    इटहरी । नेकपा एमालेको हिजो बसेको पार्टीको केन्द्रीय सचिवालय बैठकले सरकारविरुद्धको विरोधलाई थप व्यापक बनाउन सहकार्यको रणनीति अघि सारेको छ ।ललितपुरस्थित केन्द्रीय कार्यालय च्यासलमा बसेको बैठकले अध्यक्ष केपी शर्मा ओलीको पक्राउको विरोधमा भइरहेको आन्दोलनमा ऐक्यबद्धता जनाउन अन्य दल र नागरिक समाजको सहयोग र समर्थनका लागि अपिल पनि गरेको छ ।यस्ता छन् नेकपा एमालेले घोषणा गरेका कार्यक्रमहरू–चैत २५ भित्र जिल्लास्तरमा कार्यकर्ता भेलाहरू आयोजना–चैत २८ मा सबै पालिकामा विरोध प्रदर्शन–वैशाख ३ मा वडा तहसम्म प्रदर्शन विस्तार–वैशाख ७ मा प्रदेशस्तरीय विरोध कार्यक्रम–वैशाख १२ मा काठमाडौँमा केन्द्रीय प्रदर्शनयी

    • प्रकाशित मितिः चैत १८, २०८२
    • २१६ पटक पढिएको
  • हवाइ इन्धनको मूल्य झण्डै दोब्बरले वृद्धि

    विराटचोकः नेपाल आयल निगमले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार पछिल्लो १५ दिनमै निगमको घाटा करिब १३ अर्ब रुपैयाँ नाघ्ने अवस्थामा पुगेको छ । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य तीव्र रूपमा बढ्दा पनि स्वचालित मूल्य प्रणालीअनुसार उपभोक्ता मूल्य समायोजन गर्न नसक्दा निगमको घाटा ह्वात्तै बढेको हो ।निगमका अनुसार भारतीय आयल कर्पोरेशनबाट प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोल, डिजेल र हवाई इन्धनको लागत उल्लेखनीय रूपमा बढेको छ । तर, उपभोक्तालाई प्रत्यक्ष भार नपरोस् भन्ने उद्देश्यले खुद्रा मूल्यमा समायोजन नगर्दा निगमले ठूलो आर्थिक भार वहन गर्नुपरेको जनाएको छ । पेट्रोलमा ४१ रुपैयाँ र डिजे

    • प्रकाशित मितिः चैत १८, २०८२
    • १६३ पटक पढिएको
  • बैशाख २ गतेदेखि ब्रोकरहरूले मार्जिन कारोबार सुविधा दिने

    काठमाडौंः शेयर ब्रोकरहरुले लगानीकर्ताहरुलाई आगामी बैशाख २ गतेदेखि मार्जिन कारोबार सुविधा उपलब्ध गराउने घोषणा गरेका छन् । ब्रोकरहरुको छाता सङ्गठन स्टक ब्रोकर एशोसिएसन अफ नेपालले मङ्गलबार एक विज्ञप्ति प्रकाशित गर्दै यस्तो घोषणा गरेको हो ।‘नेपाल धितोपत्र बोर्डले जारी गरेको मार्जिन कारोबार सुविधा सम्बन्धी निर्देशिका २०८२ को निर्देशनअनुसार तथा नेपाल स्टक एक्सचेञ्ज लिमिटेडले जारी गरेको मार्जिन कारोबार सुविधा सम्बन्धी कार्यप्रक्रिया २०८२ अनुसार धितोपत्र दलाल व्यवसायीहरुले पनि आफ्नो कार्यप्रक्रिया बनाउनुपर्ने थियो ।’ विज्ञप्तिमा भनिएको छः’ ‘सोहीअनुसार उक्त कार्यप्रक्रिया धितोपत्र दलाल व्यवसायीहरु

    • प्रकाशित मितिः चैत १८, २०८२
    • २५५ पटक पढिएको
  • वर्षापछि अनिश्चितकालका लागि बन्द भयो बीपी राजमार्ग

    काभ्रेः मङ्गलबार साँझदेखि बिपी राजमार्गमा अनिश्चितकालीन यातायात सञ्चालनमा रोक लगाइएको छ । मङ्गलबार साँझ ७ बजेदेखि राजमार्गस्थित भकुण्डे–नेपालथोकमा खण्डमा भारी वर्षा भएकाले रोशी खोलामा पानीको बहाब बढेपछि राजमार्गमा हुने जोखिमलाई मध्यनजर गर्दै यातायात सञ्चालनमा रोक लगाइएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ ।काभ्रे जिल्लाको दक्षिणी क्षेत्र पनौती, नमोबुद्ध, कटुञ्जे, मङ्गलटार तथा काभ्रेभञ्ज्याङलगायतका स्थानमा भारी वर्षा भइरहेकाले रोशी खोलमा आउने बाढी र त्यसले राजमार्गमा पुर्याउने जोखिमलाई मध्यनजर गर्दै यातायात सञ्चालनमा रोक लगाइएको हो ।गत शुक्रबार साँझको वर्षापछि रोशी खोलामा आएक

    • प्रकाशित मितिः चैत १८, २०८२
    • १५४ पटक पढिएको
  • दुई दिनमा ११८ अङ्क घटेको बजार आज फर्कियो झण्डै २० अङ्क

    इटहरी ।  दुई दिन उच्च अङ्कले घटेको शेयर बजार मापक नेप्से परिसूचक आन १९.७० अङ्कले बढेर २८५१.०९ बिन्दुमा उक्लिएको छ । आइतबार ७१ अङ्क र सोमबार ४७ अङ्कले बजार झरेको थियो ।आजको शेयर बजारमा ३३९ कम्पनीको २ करोड ७९ लाख ४२ हजार ७७९ कित्ता शेयर १ लाख ३७ हजार ८५७ पटक किनबेच हुँदा ११ अर्ब ११ करोड २४ लाख १८ हजार ८०६ रुपैयाँको शेयर कारोबार भएको छ ।आज उत्पादन तथा प्रशोधन समूह सर्वाधिक १.९४ प्रतिशतले बढेको छ । फाइनान्स समूह १.१२ प्रतिशत, होटल तथा पर्यटन समूह १ प्रतिशत, हाइड्रोपावर समूह ०.७५ प्रतिशत, लगानी समूह ०.५६ प्रतिशत, जीवन बीमा समूह ०.५२ प्रतिशत, माइक्रोफाइनान्स समूह ०.५१ प्रतिशत, निर्जीवन बीम

    • प्रकाशित मितिः चैत १७, २०८२
    • १४५ पटक पढिएको
  • राष्ट्रपति रामचन्द्र पौडेलद्वारा संसद् अधिवेशन आह्वान

    काठमाडौंः राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को दुवै सदनको अधिवेशन बोलाउनुभएको छ ।मन्त्रिपरिषद्को सोमबारको बैठकले चैत १९ गते संसद् अधिवेशन आह्वान गर्न सिफारिश गर्ने निर्णय गरेपछि सोही आधारमा राष्ट्रपति पौडेलले अधिवेशन आह्वान गर्नुभएको हो ।राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यका अनुसार सरकारको सिफारिशअनुसार चैत १९ गते दिउँसो २ बजेका लागि बैठक तय गरिएको छ ।

    • प्रकाशित मितिः चैत १७, २०८२
    • २२४ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल