All Posts By खेमचन्द्र अधिकारी

    Showing २४१-२५० of २,०८६ items.
  • आज फूलपाती, दशैंघर र पूजाकोठामा फूलपाती भित्र्याइँदै

    इटहरी ।  नवरात्रको सातौँ दिन आज घरघरमा रहेका पूजाकोठामा तथा दशैंघरमा फूलपाती भित्र्याइन्छ । आज कालरात्री देवीको पूजा अर्चना गरिन्छ ।फूलपातीको रुपमा उखुको बोट, केराको बोट, बेलपत्र, दारिम, अशोक, बेल, मानक, कर्चुर, धानको बोट, जयन्ती, धानको बाला, अशोकको पात, अदुवाको बोट र फलफुलका पालुवालाई शुभ साईतका रुपमा फूलपाती मानेर भित्र्याइन्छ ।काठमाडौको वसन्तपुरमा भने गोरखा दरबारको दशैंघरबाट ल्याइएको फुलपाती परम्परा अनुसार नै भित्र्यान्छ । गोरखाबाट धादिङको जीवनपुर हुँदै काठमाडौंको जमलसम्म ल्याइएको फूलपातीलाई नेपाली सेना तथा प्रहरीको पल्टन, निजामती उच्चपदस्थ कर्मचारीहरू, आशागुर्जा टोली, ब्याण्डबाजा

    • प्रकाशित मितिः असोज ३१, २०८३
    • ९४ पटक पढिएको
  • आज अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस

    इटहरी ।  आज विश्वभर अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस मनाइँदै छ । चरम गरिबीविरुद्ध एकजुट भएर लड्न तथा गरिबीसम्बन्धी जानकारी विश्वभर आदानप्रदान गर्ने उद्देश्यकासाथ संसारभर अक्टोबर १७ मा यो दिवस मनाइन्छ ।सन् १९९३ देखि हरेक वर्ष अक्टोबर १७ का दिनलाई अन्तर्राष्ट्रिय गरिबी निवारण दिवसको रूपमा मनाइँदै आएको छ ।संयुक्त राष्ट्र संघले खाना, नाना र छानाको अभावमा रहेका नागरिक गरिब हुन् भनी व्याख्या गरेको छ ।दिगो विकासको लक्ष्यले पनि सबै ठाउँबाट सबै प्रकारका गरिबीको अन्त्य गर्ने लक्ष्य निर्धारण गरेको छ । नेपाल सरकारले पनि यसका लागि थुप्रै कार्यक्रमहरू सञ्चालन गरेको छ ।नेपाल सरकारले सन् २०२२ सम्मम

    • प्रकाशित मितिः असोज ३१, २०८३
    • ९० पटक पढिएको
  • ९ दिनपछि शेयर बजार कात्तिक ९ गते मात्रै खुल्ने

    इटहरी । अब नेपालको शेयर बजार ९ दिनपछि कात्तिक ९ गतेमात्रै खुल्नेछ । बडादशैंका अवसरमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा लगातार ९ दिन सेयर कारोबार बन्द हुने भएको हो । असोज ३१ गते फूलपातीदेखि बन्द हुने सेयर बजार कात्तिक ९ गते सोमबारदेखि मात्रै पुनः सञ्चालनमा आउनेछ । दशैं बिदा र नियमित साप्ताहिक बिदा परेकाले शेयर बजार लामो समय बन्द रहने भएको हो ।असोज ३१ गते शनिबार फूलपातीदेखि कात्तिक ६ गतेसम्म दशैं बिदा छ । ७ गते शनिबार र ८ गते आइतबार साप्ताहिक बिदा परेकाले कात्तिक ९ गते सोमबारदेखि शेयर बजार खुल्नेछ ।

    • प्रकाशित मितिः असोज ३०, २०८३
    • १४३ पटक पढिएको
  • काठमाडौं महानगरमा आजदेखि बाइक एम्बुलेन्स सेवा

    काठमाडौं: काठमाडौं महानगरपालिकाले आजदेखि बाइक एम्बुलेन्स सेवा शुरु गरेको छ । शुक्रवार काठमाडौं महानगरपालिकाको अनुदान तथा सहकार्यमा सञ्चालित स्वास्थ्य संस्थाहरूको प्रश्तुतीकरण कार्यक्रममा बोल्दै महानगरकी कार्यवाहक प्रमुख सुनिता डंगोलले यस्तो जानकारी दिइन् ।उनकाअनुसार १०२ नम्बरमा फोन गरी एम्बुलेन्स माग गर्ने सेवाग्राहीलाई आवश्यकताअनुसार बाइक एम्बुलेन्स समेत पठाइने छ । उनले ट्राफिक जाम र साँघुरा गल्लीका कारण चारपाङ्ग्रे एम्बुलेन्स समयमै पुग्न नसक्ने समस्या समाधान गर्न बाइक एम्बुलेन्स सेवा शुरु गरिएको हो । कार्यवाहक प्रमुख डंगालले काठमाडौंमा एम्बुलेन्सको संख्या पर्याप्त भएपनि समयमै सेवा

    • प्रकाशित मितिः असोज ३०, २०८३
    • १५४ पटक पढिएको
  • आज प्रहरी दिवस

    इटहरी ।  आज प्रहरी दिवस मनाइँदैछ । नेपाल प्रहरी ऐनमा लालमोहर लागेको दिनको सम्झनामा यो दिवस मनाइन्छ । वि.सं. २०१२ मा ऐन आएपछि नै नेपाल प्रहरी औपचारिक रुपमा गठन भएको मानिन्छ ।२०१२ मै प्रहरी संगठन औपचारिक रुपमा गठन भए पनि प्रहरी दिवस भने केही वर्षपछि मात्रै मनाउन शुरु गरिएको थियो । औपचारिक रुपमा नेपाल प्रहरी गठन भएको दिनलाई प्रहरी दिवसका रुपमा मनाइन्छ ।प्रहरी दिवसमा प्रहरी प्रधान कार्यालयसहित प्रदेश र जिल्लादेखि इलाका प्रहरी कार्यालयसम्म विभिन्न कार्यक्रम गरेर मनाउने गरिन्छ । रक्तदान, सचेतना, सरसफाइ, वृक्षरोपणलगायतका विभिन्न कार्यक्रम हुने गरेका छन् ।

    • प्रकाशित मितिः असोज ३०, २०८३
    • १०९ पटक पढिएको
  • नवरात्रको छैटौँ दिन आज कात्यायानी देवीको पूजा गरिँदै

    इटहरी ।  नेपालीहरुको महान चाड छैटौँ दिन आज दुर्गा भवानीका ९ रुपमध्ये छैटौं रुपमा कात्यायानी माताको पूजाआजा गरिँदैछ ।नवरात्रभर दुर्गा सप्तशती चण्डी, श्रीमद्देवीभागवत र अन्य देवी स्तोत्र एवम स्तुतिको पाठ गरिन्छ ।आजका दिन कात्यायिनी भगवतीको पूजा गरेमा रोग, शोक, भय, दुःख, दरिद्र जस्ता संकट नाश हुने धार्मिक विश्वास छ ।घटस्थापनापछि हरेक दिन नवदुर्गाका ९ वटा रूपको पूजा गर्ने गरिन्छ ।नवरात्रका नौ दिनमा पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौ दिन स्कन्दमाता, छैटौ दिन कात्यायनी, सातौं दिन कालरात्री, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्

    • प्रकाशित मितिः असोज ३०, २०८३
    • १४५ पटक पढिएको
  • आज विश्व खाद्य दिवस

    इटहरी । आज विश्व खाद्य दिवस, बिभिन्न कार्यक्रम गरी मनाईंदैछ । कृषिको उब्जनी बढाएर खाद्य सुरक्षाको संरक्षणका लागि जोड दिँदै आज विभिन्न कार्यक्रम गरी दिवस मनाइँदैछ ।सन् १९४५ अक्टोबर १६ मा स्थापना भएको संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठनको आह्वानमा दिवस मनाउन थालिएको हो । सन् १९७१ मा राष्ट्र संघको २० औँ साधारण सभाले खाद्य तथा कृषि संगठनको स्थापनाको अवसरमा दिवस मनाउने प्रस्ताव पारित गरेपछि सन् १९८१ अक्टोबर १६ तारिखदेखि यो दिवस मनाउन थालिएको हो ।नेपालले सन् १९५१ नोभेम्बरमा खाद्य तथा कृषि सङ्गठनको सदस्यता पाएको थियो । खाद्य दिवसको अवसरमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले भने ‘खाद्य

    • प्रकाशित मितिः असोज ३०, २०८३
    • ९८ पटक पढिएको
  • १२ दिन ढिलो बिदा भयो मनसुन

    इटहरी । दसैंको चहलपहलसँगै मौसम पनि क्रमशः खुल्ने संकेत देखिएको छ। नेपालबाट मनसुन पूर्ण रूपमा बाहिरिएपछि चाडपर्वका मुख्य दिनमा मौसम समग्रमा अनुकूल रहने आकलन गरिएको छ। यद्यपि पश्चिमी वायुको प्रभावले आज र भोलि केही हिमाली तथा पहाडी क्षेत्रमा हल्का वर्षा हुन सक्नेछ।जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले बुधबार असोज २८ गतेदेखि देशभरबाट मनसुन बाहिरिएको जनाएको छ। सामान्यतः अक्टोबर २ मा बाहिरिने मनसुन यस वर्ष औसतभन्दा १२ दिन ढिलो गरी अक्टोबर १४ मा बिदा भएको हो। मनसुनको बहिर्गमन भने असोज १७ गतेदेखि नै सुरु भएको थियो। सुरुमा सुदूरपश्चिम र कर्णालीसहित लुम्बिनीका पश्चिमी भूभागका

    • प्रकाशित मितिः असोज २९, २०८३
    • २१४ पटक पढिएको
  • कांग्रेस दलित सहमहामन्त्रीमा प्रकाश रसाइली निर्वाचित

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनमा दलित क्लस्टरतर्फको सहमहामन्त्री पदमा प्रकाश रसाइली (स्नेही) फराकिलो मतान्तरका साथ निर्वाचित भएका छन् ।केन्द्रीय निर्वाचन समितिका अनुसार स्नेहीले ४ हजार ८२१ मत प्राप्त गर्दै विजय हासिल गरेका हुन् ।उनका निकटतम प्रतिस्पर्धी मानबहादुर नेपालीले १ हजार १२१ मत प्राप्त गरे भने अर्का उम्मेदवार नरेन्द्र पासवानले ७९६ मत पाए ।

    • प्रकाशित मितिः असोज २९, २०८३
    • ५५३ पटक पढिएको
  • आज अन्तर्राष्ट्रिय ग्रामीण महिला दिवस मनाइँदै

    इटहरी ।  आज अन्तर्राष्ट्रिय ग्रामीण महिला दिवस मनाइँदैछ ।ग्रामीण महिलाहरुको भूमिकालाई सम्मान गर्दै वि.सं. २०७० देखि नेपालमा अन्तर्राष्ट्रिय ग्रामीण महिला दिवस मनाउन थालिएको हो ।विश्वमा भने सयुंक्त राष्ट्र संघको आह्वानमा १८ डिसेम्बर २००७ मा यो दिवस मनाउने निर्णय भए अनुसार १५ अक्टोबर २००८ देखि विश्वव्यापी रूपमा यो दिवस मनाउने क्रम शुरु भएको हो ।घरभित्रको काममा सीमित ग्रामीण महिलाहरुलाई परिवार र समाजको महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने स्थानमा पुर्याउने पवित्र भावनाले यो दिवस मनाइन्छ । ग्रामीण महिलाहरुलाई घरको कामबाहेक आयमूलक काममा सहभागी गराई गरिबी न्यूनीकरणमा टेवा पुर्याउनु यो दिवस

    • प्रकाशित मितिः असोज २९, २०८३
    • १९७ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल