All Posts By खेमचन्द्र अधिकारी

    Showing ३७१-३८० of १,३५० items.
  • मदन पुरस्कारका लागि १० पुस्तकको सूची सार्वजनिक

    इटहरी । मदन पुरस्कार गुठीले वि.सं २०८२ सालको मदन पुरस्कारका निम्ति छनोट भएका उत्कृष्ट १० पुस्तकको सूची सार्वजनिक गरेको छ । गुठीका अध्यक्ष कुन्द दीक्षितले एक विज्ञप्ति जारी गर्दै यस वर्षका उत्कृष्ट १० कृतिको नाम सार्वजनिक गर्नुभएको हो ।सार्वजनिक गरिएका कृतिमा सीमा आभासको कृति (महायुग), केशवराज ज्ञवालीको (अज्ञात), केशव दाहालको (इथा), ललित विष्टको (उत्कर्ष), रोशनकुमार झाको नेपालमण्डलसँग जोडिएको सिम्रौनगढको इतिहास, वीणा जोशी राजभण्डारीको (नेवार समुदायका परम्परागत मुकुन्डोनाच), उमा सुवेदीको (परिधि), श्रवण मुकारुङको (सलह), डा. नवराज केसीको (स्वस्पर्श) र नदीशको (हिउँद) रहेका छन् ।मदन पुरस्कारका

    • प्रकाशित मितिः साउन ८, २०८३
    • १८५ पटक पढिएको
  • लियो क्लब अफ तरहरा–इटहरी गठन

    इटहरीः लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ सी अन्तर्गत लियो क्लब अफ तरहरा–इटहरी गठन गरिएको छ ।इटहरीमा आयोजित कार्यक्रममा लियो क्लबका नवनिर्वाचित पदाधिकारीलाई शुभकामना दिँदै वक्ताहरूले युवालाई अध्ययनसँगै समाजसेवा र नेतृत्व विकासमा सक्रिय हुन प्रेरित गरेका थिए ।कार्यक्रमका प्रमुख अतिथि तथा डिष्ट्रिक्ट ३२५ सीका एरिया चिफ दुर्गाप्रसाद पौडेलले युवाको व्यक्तित्व विकास, नेतृत्व क्षमता र सामाजिक उत्तरदायित्व सुदृढ बनाउन लियो क्लबमा आबद्ध हुनु आवश्यक रहेको बताउनुभएको थियो ।कार्यक्रममा डिष्ट्रिक्ट चिफ सन्तोष श्रेष्ठ, जोन चेयरपर्सन पवन अधिकारी तथा डिष्ट्रिक्ट गभर्नरका विशेष दूत मुक्तिनाथ घिमिरेले पनि शुभका

    • प्रकाशित मितिः साउन ८, २०८३
    • १२१ पटक पढिएको
  • १४ अङ्क उक्लियो बजार, कारोबार रकममा गिरावट

    इटहरी । आज नेप्से परिसूचक ०.५२ प्रतिशत अर्थात १४.१७ अङ्क बढेर २ हजार ७२६.७२ बिन्दुमा अडिएको छ ।आज ३३८ स्टकको १ करोड ७७ हजार २२२ कित्ता शेयर ५७ हजार ७८२ पटक किनबेच हुँदा ४ अर्ब ६९ करोड ३४ लाख ४९ हजार ३७० रुपैयाँको शेयर किनबेच भएको छ । हिजो ५ अर्ब १८ करोड ७४ लाख रुपैयाँको शेयर किनबेच भएको थियो ।नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये २ वटा बाहेक सबैमा हरियाली छाएको थियो । आज व्यापार समूह सर्वाधिक २.५८ प्रतिशतले बढेको छ । लगानी र अन्य समूह मात्रै क्रमशः ०.४२ र ०.०८ प्रतिशतले घटेका छन् ।आज रिलायन्स स्पिनिङ मिल्सको सर्वाधिक २८ करोड ३३ लाख १९ हजार १४४ रुपैयाँको शेयर किनबेच भएको छ । आँखुखोला जलविद्युत

    • प्रकाशित मितिः साउन ७, २०८३
    • १७९ पटक पढिएको
  • चरित्र हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गर्याे अभियन्ता वेदिका केसीलाई

    काठमाडौंः व्यक्तिको चरित्र हत्या गरेको आरोपमा प्रहरीले धार्मिक अभियन्ता वेदिका केसीलाई पक्राउ गरेको छ ।आज बिहान काठमाडौंको जोरपाटीबाट साइबर ब्युरोले पक्राउ गरेको जनाइएको छ ।ब्युरोका अनुसार राधिका दासीको चरित्र हत्या गरेको जाहेरी परेपछि अनुसन्धानका लागि केसीलाई पक्राउ गरिएको हो ।केसी धर्म, आस्था र परम्पराका गलत तथ्य वा विषयका सम्बन्धमा सामाजिक सञ्जालमा अभिव्यक्ति दिन्थिन् ।केसीविरुद्ध काठमाडौं जिल्ला अदालतले साइबर कसुरमा १ दिनको म्याद थपेको जनाइएको छ ।

    • प्रकाशित मितिः साउन ७, २०८३
    • ११५ पटक पढिएको
  • कानेपोखरीमा पैदलयात्रीलाई ठक्कर दिएर फरार सवारी चालक ४ दिनपछि पक्राउ

    इटहरीः मोरङको कानेपोखरी गाउँपालिका–७ स्थित जङ्गल क्षेत्रमा पैदलयात्रीलाई ठक्कर दिएर फरार भएको सवारी साधनका चालकलाई चार दिनपछि प्रहरीले इटहरीबाट पक्राउ गरेको छ ।गत आइतबार पूर्व–पश्चिम राजमार्गअन्तर्गत कानेपोखरी–७ मा बा २ झ २२२६ नम्बरको गाडीले ठक्कर दिँदा पथरीशनिश्चरे नगरपालिका–१० निवासी ६० वर्षीय गोविन्द लिम्बू गम्भीर घाइते भएका थिए । उपचारका क्रममा लिम्बूको मृत्यु भएको थियो ।दुर्घटना भएको क्षेत्र जङ्गल भएकाले सिसी क्यामेरा नहुँदा घटनामा संलग्न सवारी पहिचान गर्न प्रहरीलाई समस्या भएको थियो । घटनास्थलमा गाडीका केही फुटेका पार्टपुर्जा मात्र फेला परेपछि प्रहरीले ती सामग्रीलाई आधार बनाएर अनुसन्धान अ

    • प्रकाशित मितिः साउन ७, २०८३
    • ९७ पटक पढिएको
  • पदभार ग्रहणअघि निर्वाचित सदस्यहरूसँग उद्योग वाणिज्य संघ इटहरीकी नवनिर्वाचित अध्यक्ष गायत्री कटुवाल भण्डारीद्वारा छलफल

    इटहरीः उद्योग वाणिज्य संघ इटहरीकी नवनिर्वाचित अध्यक्ष गायत्री कटुवाल भण्डारीले पदग्रहणअघि संघका सम्पूर्ण नवनिर्वाचित सदस्यहरूसँग भेटघाट तथा छलफल गर्नुभएको छ । नवनिर्वाचित अध्यक्ष भण्डारीले आगामी दिनमा संघलाई कसरी अगाडि बढाउने भन्ने विषयमा छलफल गर्नुभएको हो ।छलफलका क्रममा निर्वाचित सदस्यहरूका चाहना, व्यवसायीहरूसँगका अपेक्षा तथा संघले आगामी दिनमा लिनुपर्ने कार्यदिशाबारे राय–सुझावसमेत लिइएको थियो । अध्यक्ष भण्डारीले पद प्राप्त गर्नु मात्र ठूलो कुरा नभई पदमा रहेर व्यवसायीहरूको हितमा देखिने र अनुभूति गर्न सकिने परिणाम निकाल्नु मुख्य कुरा भएको बताउनुभयो ।नवनिर्वाचित सदस्यहरूको साथ, समर्थन र सहयोग लि

    • प्रकाशित मितिः साउन ७, २०८३
    • १७८ पटक पढिएको
  • सिद्धार्थ सेकेण्डरीले गर्याे १२ वर्षअघिको यौन दुर्व्यवहारको आरोपमा एक शिक्षकलाई निलम्बन

    विराटचोकः विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको १२ वर्षअघिको घटना सार्वजनिक भएपछि आरोपित शिक्षकलाई सिद्धार्थ सेकेण्डरी स्कुलले निलम्बन गरेको छ । सो विद्यालयका भाइस प्रिन्सिपल जीवन पौडेल निलम्बनमा परेका हुन् ।विद्यालयका सिनियर भाइस प्रिन्सिपल जेबी राईको हस्ताक्षरमा आज जारी भएको विज्ञप्तिमा विद्यालयको तस्बिर र लेटरहेड राखेर बनाइएको नक्कली फेसबुक पेजमार्फत् घटना सार्वजनिक भएकाले अनुसन्धानमा सहज होस् भनेर शिक्षक पौडेललाई निलम्बन गरिएको उल्लेख छ ।

    • प्रकाशित मितिः साउन ७, २०८३
    • ८६ पटक पढिएको
  • २ घण्टामा २ अर्बको पनि भएन शेयर कारोबार

    इटहरी ।  आज २ घण्टाको अवधिमा २ अर्ब रुपैयाँको पनि शेयर कारोबार भएको छैन । बजार घटेसँगै लगानीकर्ताले खुलेर शेयर किन्न वा बेच्न चाहेका छैनन् ।२ घण्टामा २२ अङ्क हाराहारी घटेर नेप्से सूचक २६९० आसपासमा रहेर अहिले शेयर कारोबार भइरहेको छ । सो अवधिमा १ अर्ब ७२ करोड रुपैयाँ हाराहारीको शेयर किनबेच भएको छ ।बजार घटे पनि हालै नेप्सेमा सूचीकृत भएको एभरेष्ट कलरको शेयरमूल्य आज पनि १५ प्रतिशत बढेको छ ।उता कुथेली बुखरी स्मल हाइड्रोपावरको शेयरमूल्य १५ प्रतिशत घटेको छ ।घटेको बजारमा रिलायन्स स्पिनिङ मिल्स, आँखुखोला जलविद्युत र रिडी पावरको उच्च कारोबार भएको छ ।

    • प्रकाशित मितिः साउन ७, २०८३
    • २३३ पटक पढिएको
  • शिक्षामन्त्री पोख्रेल विरुद्ध नाराबाजी गरी प्रदर्शन गर्ने पाँच जना नियन्त्रणमा

    काठमाडौंः शिक्षामन्त्री पोख्रेल विरुद्ध ‘नेपो बेबी मुर्दावाद’ भन्दै प्रदर्शन गर्ने ५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । त्रिभुवन विश्वविद्यालयको ६७ औँ वार्षिकोत्सव समारोहस्थलबाहिर शिक्षामन्त्री पोख्रेलविरुद्ध प्रदर्शन भएको थियो ।विश्वविद्यालयको वार्षिकोत्सव कार्यक्रममा सहभागी हुन पुगेका शिक्षामन्त्री पोख्रेललाई लक्षित गर्दै युवाहरूले ‘नेपो बेबी मुर्दावाद’लगायतका नारा लगाएका थिए । उनीहरूले विश्वविद्यालयमा योग्यता र क्षमताका आधारमा नियुक्ति हुने मेरिटोक्रेसी प्रणाली लागू गर्नुपर्ने माग गरेका थिए ।प्रधानमन्त्री कुलपति र शिक्षामन्त्री सहकुलपति रहने व्यवस्था खारेज गर्नुपर्ने तथा विश्वविद्यालयमा

    • प्रकाशित मितिः साउन ७, २०८३
    • १२५ पटक पढिएको
  • आज पनि बढ्यो सुनचाँदीको भाउ

    इटहरी ।  आज पनि सुन र चाँदी दुवैको मूल्य बढेको छ । आज सुनको भाउ तोलामा ३०० रुपैयाँ र चाँदीको भाउ तोलामा २५ रुपैयाँ बढेको हो ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ९१ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।आज चाँदी प्रतितोला ४ हजार ५०५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

    • प्रकाशित मितिः साउन ७, २०८३
    • १२७ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल