इटहरी । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा वर्षा भइरहेको छ । हाल देशभर मनसुन वायुको प्रभाव कायम छ ।महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा देशको पूर्वी क्षेत्रतर्फ सरदरभन्दा दक्षिणमा तथा पश्चिमी क्षेत्रतर्फ सरदर स्थानको आसपास रहेको छ ।महाशाखाका अनुसार हाल देशभर साधारणतया बादल लागेको छ । कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा तथा लुम्बिनी प्रदेशका पहाडी क्षेत्रका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा भइरहेको छ ।आज दिउँसो देशका हिमाली र पहाडी क्षेत्रमा साधारणतया बादल लाग्नेछ । गण्डक
इटहरी । अमेरिकाको ह्युस्टन स्टेडियममा भएको राउन्ड अफ १६ को खेलमा प्रतियोगिताको सहआयोजक क्यानडालाई ३–० ले हराउँदै मोरक्को क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।मोरक्कोको जीतमा अज्जेदिन ओउनाहीले दुई र सुफियान रहिमीले एक गोल गरे । खेलको ५० औं मिनेटमा ओउनाहीले गोल गर्दै मोरक्कोलाई पहिलो अग्रता दिलाएका थिए । कप्तान अच्राफ हाकिमीको असिस्टमा ओउनाहीले गोल गरेका थिए ।खेलको ८२ औं मिनेटमा ओउनाहीले अर्काे गोल गर्दै मोरक्कोको अग्रता दोब्बर बनाएका थिए ।मध्यान्तरपछिको अतिरिक्त समयको अन्तिम मिनेटमा रहिमीले अर्काे गोल गर्दै मोरक्कोलाई ३–० को सहज जीतमा पुर्याएका हुन् ।सातौंपटक विश्वकप खेलिरहेको मोरक्को दोस
इटहरी । फिफा विश्वकप २०२६ को प्रि–क्वाटरफाइनल (राउन्ड अफ १६) को समीकरण पूरा भएको छ । शनिबार बिहान राउन्ड अफ ३२ का सबै खेल सम्पन्न भएसँगै विश्वकप उपाधि दौडमा अब १६ टोली मात्र बाँकी रहेका छन् ।राउन्ड अफ ३२ मा केही ठूला टोली अप्रत्याशित रूपमा बाहिरिएका छन् । चार पटकको विश्वविजेता जर्मनी, गत विश्वकपमा तेस्रो बनेको क्रोएसिया, दाबेदार नेदरल्यान्ड्स, एशियाली शक्ति जापान तथा अफ्रिकाको बलियो टोली सेनेगल अन्तिम १६ मा पुग्न असफल भए ।साविक विजेता अर्जेन्टिना, उपविजेता फ्रान्स, गत संस्करणमा चौथो बनेको मोरक्को, युरोपेली महारथी स्पेन, इंग्ल्यान्ड, बेल्जियम, ब्राजिल, पोर्चुगल, अमेरिका लगायतका टोलील
इटहरी । यो साता सुनको मूल्य ११ हजार ६०० रुपैयाँ बढेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार असार १२ गते शुक्रबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला २ लाख ७९ हजार १०० रुपैयाँ रहेको थियो । असार १९ गते शुक्रबार २ लाख ९० हजार ७०० रुपैयाँ सुनको मूल्य रहेको छ ।महासंघका अनुसार असार १४ गते आइतबार सुन ४ हजार ७०० रुपैयाँ बढेको थियो । असार १५ गते सोमबार भने सुनको मूल्य तोलामा १ हजार ४०० रुपैयाँले घटेको थियो । असार १६ गते मंगलबार पनि सुनको मूल्य तोलामा ४ हजार ५०० रुपैयाँ घटेको थियो ।असार १७ गते बुधबार सुनको मूल्य तोलामा ७०० रुपैयाँ घटेको थियो ।असार १८ गते भने सुनको मूल्य तोलामा ६ हजार २००
इटहरी । फिफा विश्वकप २०२६ को अन्तिम १६ मा कोलम्बिया पुगेको छ । आज बिहान भएको खेलमा घानालाई १–० ले पराजित कोलम्बिया अन्तिम १६ मा पुगेको हो ।अमेरिकाको कान्सास सिटी स्टेडियममा भएको खेलमा कोलम्बियाको जीतमा जोन एरियासले खेलको १४ औं मिनेटमा लुइस स्वारेजको पासमा गरेको गोल नै निर्णायक भएको थियो ।सातौं पटक विश्वकप खेलिरहेको कोलम्बियाले दोस्रोपटक नकआउट चरणमा जीत निकालेको छ । यसअघि सन् २०१४ को विश्वकपमा कोलम्बिया क्वार्टरफाइनलसम्म पुगेको थियो ।कोलम्बियाले समूह चरणमा पनि उत्कृष्ट प्रदर्शन गर्दै ७ अंकका साथ समूह ‘के’ को विजेता बन्दै राउन्ड अफ ३२ मा प्रवेश गरेको थियो ।अब कोलम्बियाले क्वार्टरफाइनल
इटहरी । फिफा विश्वकप २०२६ को राउन्ड अफ ३२ को अन्तिम खेलमा कोलम्बियाले घानाविरुद्ध एक गोलको अग्रता लिएको छ ।कन्सास स्टेडियममा जारी खेलको मध्यान्तरअघि कोलम्बियाले एक गोलको अग्रता लिएको हो ।खेलको १४ औं मिनेटमा जोन एरियासले कोलम्बियालाई अग्रता दिलाएका थिए ।
इटहरी । विश्वकप फुटबलको साविक विजेता अर्जेन्टिनाले फिफा विश्वकप २०२६ को राउन्ड अफ ३२ मा केप भर्डेविरुद्ध सङ्घर्षपूर्ण जीत निकाल्दै अन्तिम १६ मा स्थान सुरक्षित गरेको छ ।आज बिहान मियामी स्टेडियममा भएको खेलमा केप भर्डेलाई ३–२ ले हराउँदै अर्जेन्टिना अन्तिम १६ मा प्रवेश गरेको हो । दोस्रो पटक बराबरी गोल फर्काएको केप भर्डे आत्मघाती गोलका कारण पराजित हुन पुग्यो ।खेलको २९ औं मिनेटका कप्तान लियोनल मेसीले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए । खेलको ५९ औं मिनेटमा डेरोय डुआर्टेले गोल गर्दै केप भर्डेलाई बराबरीमा फर्काएका थिए ।निर्धारित समयमा १–१ को बराबरी भएपछि खेल अतिरिक्त समयमा धकेलिएको
विराटचोक। सुन्दरहरैंचा नगरपालिकाका कक्षा ७ देखि १० सम्मका विद्यार्थीसँग अन्तरक्रिया गर्दै छात्रासँग उपमेयर कार्यक्रम सम्पन्न भएको छ ।विद्यार्थीलाई स्थानीय सरकारसँग प्रत्यक्ष जोड्दै नेतृत्व विकास, नागरिक चेतना र उत्तरदायित्वबोध अभिवृद्धि गर्नुका साथै विद्यालयभित्र छात्राहरूले भोग्न सक्ने हिंसा र दुव्र्यवहारविरुद्ध सचेतना फैलाउने उद्देश्यले सुन्दरहरैंचा नगरपालिकाले कार्यक्रम गरेको उपप्रमुख अकली चौधरी बताउनुहुन्छ ।कार्यक्रममा उपप्रमुख चौधरीले विद्यार्थीसँग खुला संवाद गर्दै गुणस्तरीय शिक्षा, अनुशासन, नेतृत्व विकास, स्थानीय सरकारको दायित्व तथा जिम्मेवार नागरिकको भूमिकाबारे प्रेरणादायी धा
इटहरी । लगातार दुई दिनको वृद्धिपछि हिजो नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ०.३१ प्रतिशत अर्थात ८.३० अंकले घटेर २ हजार ६५३.४० विन्दुमा अडिएको छ ।नेप्सेमा सूचीकृत ३४५ कम्पनीको ८५ लाख ८४ हजार ४०१ कित्ता शेयर ४६ हजार २३४ पटक किनबेच हुँदा ४ अर्ब ४१ करोड २३ लाख ४० हजार ५३७ रुपैयाँको शेयर कारोबार भएको छ । बिहीबार ४ अर्ब ११ करोड ७७ लाख रुपैयाँको शेयर किनबेच भएको थियो ।शुक्रबार कारोबारमा आएका १३ समूहमध्ये ५ वटामा हरियाली छाएको छ । फाइनान्स समूह सर्वाधिक अर्थात १.०६ प्रतिशतले बढ्दा बैंकिङ समूह सर्वाधिक अर्थात् ०.९६ प्रतिशतले घटेको छ ।कारोबार रकम बढेको बजारमा ४ प्रतिशत कृषि विकास बैंकको बोण्डको स
नेपालमा एआई (कृत्रिम बुद्धिमता वा कृत्रिम बौद्धिकता) प्रयोगकर्ताको सङ्ख्या त्यत्ति धेरै छैन । तर विश्वका कतिपय देशमा एआईका प्रयोगकर्ताको सङ्ख्या उल्लेख्य भएसँगै एआईको महत्व बुझेर अलग्गै मन्त्रालय नै स्थापना भएका छन् । पछिल्लो समय क्यानडाले पूर्व पत्रकारलाई कृत्रिम बौद्धिकता मन्त्री बनाएको छ । क्यानडाले सन् २०२५ को मे १३ मा इभान सोलोमनलाई ‘कृत्रिम बुद्धिमत्ता र डिजिटल नवप्रवर्तन मन्त्री’ नियुक्त गरेको छ । हालसम्मका विश्वका एआई मन्त्रीहरूविश्वमा पहिलो पटक कृत्रिम बुद्धिमत्तासम्बन्धी मन्त्री नियुक्त गर्ने देश संयुक्त अरब इमिरेट्स हो । सन् २०१७ को अक्टोबरमा ओमर बिन सुल्तान अल ओलामालाई ‘कृत्रि