इटहरी । वाणिज्य बैंकहरूले असोज महिनाका लागि मुद्दति निक्षेपको ब्याजदर घटाएका छन् ।
बैंकिङ प्रणालीमा अधिक तरलता र कर्जाको कमजोर मागबीच बैंकहरुले असोज महिनाका लागि औसत ब्याजदर थप घटाएका हुन् ।
असोज महिनाका लागि बैंकहरुको व्यक्तिगत निक्षेपतर्फको औसत अधिकतम ब्याजदर ४.०८९५ प्रतिशतविन्दुमा झरेको छ । भदौमा बैंकहरुको औसत ब्याजदर ४.१३६ प्रतिशतविबन्दु थियो ।
संस्थागत निक्षेपको औसत दर पनि ३.०८१ प्रतिशतविन्दुबाट ३.०६६५ प्रतिशतविन्दुमा घटाइएको छ ।

















