All Posts By खेमचन्द्र अधिकारी

    Showing ८७१-८८० of १,३५४ items.
  • विद्या भण्डारीलाई एमालेले दियो सदस्यता

    काठमाडौंः नेकपा एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टी सदस्यता दिएको छ । सोमबार बसेको केन्द्रीय सचिवालय बैठकले भण्डारीलाई सदस्यता दिने निर्णय गरेको हो ।भण्डारीले यसअघि नै सदस्यता नवीकरणका लागि निवेदन दिएकी थिइन् । तर त्यतिबेला पार्टीले उनको सदस्यता नवीकरण नगर्ने निर्णय गरेको थियो । सोमबार बसेको सचिवालय बैठकले भने सदस्यता दिने निर्णय गरेको हो ।अब भण्डारी सक्रिय राजनीतिमा आउने बाटो खुलेको छ । भण्डारीले एमाले नेतृत्वमै आउने आकांक्षा राखेकी छिन् । गत वर्षको ३ साउनमा बसेको एमाले सचिवालय बैठकले भण्डारीको पार्टी सदस्यता नवीकरण नगर्ने निर्णय गरेको थियो ।पार्टी अध्यक्ष ओली कमजोर बन्दै गएप

    • प्रकाशित मितिः जेठ ५, २०८३
    • १५२ पटक पढिएको
  • श्रम संस्कृतिको कोशी प्रदेशको १३३ सदस्यीय तदर्थ समिति गठन, अध्यक्षमा प्रताप राई

    धरानः श्रम संस्कृति पार्टीको कोशी प्रदेश तदर्थ कार्यसमिति चयन भएको छ । धरान–१० स्थित सैनिक भवनमा शुक्रबार समिति चयन भएको हो । तदर्थ समिति १३३ सदस्यीय रहेको सो पार्टीले जनाएको छ ।पार्टी अध्यक्ष हर्क साम्पाङको उपस्थितिमा भएको भेलाले खोटाङका प्रताप राईको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ । श्रमदाता र अगुवा श्रमदाताहरूको प्रतिनिधित्व रहने गरी समावेशी रूपमा गठन गरिएको समितिले प्रदेशमा पार्टीको नीति, श्रम संस्कृति र राजनीतिक एजेन्डालाई तल्लो तहसम्म पुर्याउने बताइएको छ ।यस्तो छ समितिको नामावलीःअध्यक्षः प्रताप राई (खोटाङ)उपाध्यक्षः प्रतिभा सेख अन्सारी (सुनसरी)उपाध्यक्षः दुर्गा पोखरेल (मोरङ)उपाध्यक्

    • प्रकाशित मितिः जेठ ५, २०८३
    • १३९ पटक पढिएको
  • एनएमबी बैंकका ग्राहकलाई भारतको मेदान्त अस्पतालमा विशेष छुट हुने

    काठमाडौंः एनएमबि बैंकले आफ्ना भिसा डेबिट तथा क्रेडिट कार्डवाहक ग्राहकका लागि भारतस्थित मेदान्त अस्पतालमा विशेष स्वास्थ्य सेवा छुटको व्यवस्था गरेको छ ।बैंकका ग्राहकहरूले मेदान्त अस्पतालका विभिन्न स्वास्थ्य सेवामा आकर्षक छुट प्राप्त गर्न सक्ने भएका छन् । ओपिडी परामर्श, ल्याब तथा रेडियोलोजी सेवाहरू र प्रिभेन्टिभ हेल्थ प्याकेजमा १५ प्रतिशतसम्म छुट प्राप्त गर्ने बताइएको छ । आइपिडी सेवाअन्तर्गत रुम रेन्ट तथा विभिन्न जाँच सेवाहरूमा १० प्रतिशत छुट पनि उपलब्ध हुने जनाइएको छ ।ग्राहकको स्वास्थ्य र सुविधालाई प्राथमिकतामा राख्दै बैंकिङ सेवाभन्दा बाहिर पनि थप सुविधा प्रदान गर्ने उद्देश्यले यस्तो सहकार्य अघि

    • प्रकाशित मितिः जेठ ५, २०८३
    • २१७ पटक पढिएको
  • हिमालयन रिइन्स्योरेन्सलाई नयाँ पुनर्बीमा व्यवसाय गर्न बन्देज

    काठमाडौंः नेपाल बीमा प्राधिकरणले हिमालयन रिइन्स्योरेन्स लिमिटेडलाई नयाँ पुनर्बीमा व्यवसाय सञ्चालन गर्न रोक लगाएको छ ।प्राधिकरणको वैशाख २९ गतेको निर्णयानुसार बीमा ऐन, २०७९ को दफा १३६ को उपदफा (१) बमोजिम उक्त कम्पनीलाई चालु आर्थिक वर्ष २०८२\८३ को असार मसान्तसम्म नयाँ पुनर्बीमा व्यवसाय नगर्न निर्देशन दिइएको हो ।प्राधिकरणले साविकमा भइसकेका पुनर्बीमा व्यवसायका लागि गरिने रेट्रोसेसन र पुनर्बीमा दाबी भुक्तानी गर्ने कार्यलाई भने यथावत् राख्न निर्देशन दिएको छ ।

    • प्रकाशित मितिः जेठ ४, २०८३
    • १८७ पटक पढिएको
  • दिनभरमा अढाइ अर्बको पनि भएन शेयर किनबेच

    इटहरी ।  आज दिनभरजसो स्थिर रहेको शेयर बजारमा कारोबार रकमले अढाइ अर्ब पनि पार गरेन । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से)परिसूचक ०.०३ प्रतिशत अर्थात् १.०३ अंकले घटेर २७३०.९१ विन्दुमा अडिएको छ ।आज ३३९ वटा कम्पनीका ५८ लाख २८ हजार ६०४ कित्ता शेयर ४३ हजार ३०९ पटक किनबेच हुँदा २ अर्ब ४५ करोड ८ लाख ७८ हजार ४४९ रुपैयाँको शेयर कारोबार भएको छ ।आज ५ वटा समूहमा हरियाली छाउँदा अन्य समूह सर्वाधिक अर्थात् ०.३१ प्रतिशतले बढेको छ । निर्जीवन बीमा समूह आज सर्वाधिक अर्थात ०.६९ प्रतिशतले घटेको छ ।न्यून रुपैयाँको कारोबार भएको दिन आज साहस उर्जाको सर्वाधिक अर्थात ८ करोड ४३ लाख ८९ हजार ८६० रुपैयाँको शेयर किनबेच

    • प्रकाशित मितिः जेठ ४, २०८३
    • ६९० पटक पढिएको
  • सदस्यता खोसिएकी पूर्व राष्ट्रपति विद्या भण्डारी एमालेको कार्यक्रममा प्रमुख अतिथि

    इटहरी ।  नेकपा एमालले हिजो आयोजना गरेको ३३ औँ मदन आश्रित स्मृति सभामा पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी प्रमुख अतिथि बन्नुभएको छ । भण्डारीले राजनीतिक सक्रियता बढाएपछि गत साउनमा भएको केन्द्रीय समितिको बैठकले भण्डारीको साधारण सदस्यता खोसेको (रद्द गरेको) थियो । एमालेले बल्खुको पुरानो कार्यालय रहेको खण्डहर स्थानमा आयोजना गरेको स्मृति सभामा पूर्वराष्ट्रपति भण्डारी प्रमुख अतिथि बन्नुभएको हो । भण्डारीलाई प्रमुख अतिथि बनाउने निर्णय ओलीकै चाहना अनुसार भएको बताइएको छ । पत्थरी र हर्नियाको शल्यक्रिया गरेर हाल स्वास्थ्य लाभ गरिरहेका ओलीले कार्यक्रममा आफू उपस्थित नहुने बरू विद्या भण्डारीलाई प्रम

    • प्रकाशित मितिः जेठ ४, २०८३
    • १३७ पटक पढिएको
  • ८०० रुपैयाँ बढ्यो सुनको मूल्य, चाँदीको घट्यो २० रुपैयाँ

    इटहरी ।  आज सुनको मूल्य बढेको छ । चाँदीको मूल्य भने घटेको छ । सुनको भाउ आज तोलामा ८०० रुपैयाँ बढ्दा चाँदीको भाउ भने तोलामा २० रुपैयाँ घटेको हो ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ९४ हजार ८०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।आज चाँदी प्रतितोला ५ हजार ४० रुपैयाँमा खरिदबिक्री भएको छ ।

    • प्रकाशित मितिः जेठ ४, २०८३
    • ६१८ पटक पढिएको
  • अटोवेज अब मोरङमा, कोशीका निर्माण व्यवसायीलाई लक्षित सेवा

    बाँसबारीः पोखरामा प्रधान कार्यालय र काठमाडौंमा कर्पोरेट कार्यालय रहेको अटोवेज प्रालिको नयाँ शाखा सुन्दरहरैंचा–४ बाँसबारीमा सञ्चालनमा आएको छ । अटोवेजले कोशी प्रदेशका ग्राहकलाई लक्षित गर्दै आफ्नो नवौँ शाखा विस्तार गरेको हो ।नयाँ शाखाको उद्घाटन नेपाल उद्योग परिसंघ कोशी प्रदेशका उपाध्यक्ष भीम घिमिरे र नेपाल खानी तथा क्रसर व्यवसायी महासंघका महासचिव देवराज तामाङले संयुक्त रूपमा गर्नुभएको थियो । कार्यक्रममा निर्माण व्यवसायीहरूको उल्लेखनीय सहभागिता रहेको थियो । नेपालका लागि बुल मसिन इण्डियाको आधिकारिक वितरक रहेको अटोवेजले विगत पाँच वर्षदेखि निर्माण उपकरणको बिक्री, वितरण र बिक्रीपछिको सेवा दिँदै आएको छ

    • प्रकाशित मितिः जेठ ४, २०८३
    • ११९ पटक पढिएको
  • धरानमा डेंगु सङ्क्रमणको जोखिम भएकाले निगरानी बढाउने तयारीमा पालिका

    धरानः डेंगु सङ्क्रमणको जोखिममा रहेका पालिकाहरूमा धरान पनि परेकोले धरान उपमहानगरपालिकाले रोकथामको तयारी गर्न थालेको छ ।डेंगु महामारी रोकथाम गर्न ‘कम्युनिटी सर्भिलेन्स’ अभियान शुरु गर्ने तयारी गरिएको कार्यवाहक नगर प्रमुख अइन्द्रविक्रम बेघाले बताउनुभएको छ । युनिसेफ र पीएलआरको साझेदारीमा नगरपालिकाले दुई दिने अभिमुखीकरण कार्यशाला सम्पन्न गरेको छ ।अभिमुखीकरणको समापनमा बेघाले स्वास्थ्यकर्मी तथा कर्मचारीलाई समुदायमै पुगेर सक्रिय रूपमा निगरानी गर्न निर्देशन दिनुभएको छ । ‘समुदायमा आधारित रोग निगरानी प्रणाली’ नामक अभिमुखीकरण कार्यक्रममा बेघाले भन्नुभयो, ‘रोग फैलिनुअघि नै समुदायमा पुगेर जोखिम पहिचान गर्नु

    • प्रकाशित मितिः जेठ ४, २०८३
    • १५७ पटक पढिएको
  • आज पनि देशका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना

    इटहरी । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ । सो प्रभावका कारण अहिले कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम पानी परिरहेको छ ।विभागका अनुसार आज दिउँसो कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू–भागमा साधारणतया बादल लाग्नेछ । मधेस प्रदेश तथा बाँकी प्रदेशका हिमाली र पहाडी भू–भागमा आंशिक बादल लाग्नेछ, बाँकी तराई भू–भागमा मुख्यतया सफा रहनेछ ।कोशी प्रदेशका हिमाली र पहाडी भू–भागका केही स्थानहरूमा, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भू–भागका थोरै स्

    • प्रकाशित मितिः जेठ ४, २०८३
    • ९६ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल