इटहरी ।  आज सुन र चाँदी दुवैको मूल्य घटेको छ । सुनको मूल्य तोलामा २ हजार ७०० रुपैयाँ र चाँदीको मूल्य तोलामा १६० रुपैयाँ घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ३ लाख ४ हजार १०० रुपैयाँ कायम भएको छ ।

आज चाँदी प्रतितोला ४ हजार ५९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।