All Posts By खेमचन्द्र अधिकारी

    Showing ८१-९० of १,३३१ items.
  • नेपाल प्रेस युनियन सुनसरीको अध्यक्षमा मात्रिकाप्रसाद नेपाल र उषाकिरण घिमिरे

    इटहरीः नेपाल प्रेस युनियन सुनसरीको अध्यक्षमा मात्रिकाप्रसाद नेपाल र उषाकिरण घिमिरे निर्विरोध निर्वाचित हुनुभएको छ । नेतृत्वका लागि भएको सहमतिअनुसार दुवै जनाले आलोपालो युनियनको नेतृत्व गर्ने हुनुभएको हो ।सहमतिअनुसार पहिलो डेढ वर्ष मात्रिका प्रसाद नेपालले र त्यसपछिको डेढ वर्ष उषाकिरण घिमिरेले नेतृत्व सम्हाल्ने हुनुभएको हो ।अधिवेशनबाट खुला उपाध्यक्षमा सुरेशचन्द्र दाहाल, महिला उपाध्यक्षमा सरस्वती चौधरी, समावेशी उपाध्यक्षमा वीरेन्द्र साह तथा सचिवमा संगम विष्ट चयन हुनुभएको छ ।समावेशी सहसचिवमा अजमल अन्सारी, महिला सहसचिवमा ज्योति पोखरेल र कोषाध्यक्षमा नशिम अन्सारी चयन हुनुभएको छ ।सदस्यहरूमा दीपक पुरी,

    • प्रकाशित मितिः भदौ ७, २०८३
    • २०४ पटक पढिएको
  • अनेम संघ लेटाङको चौथो सम्मेलन सम्पन्न

    लेटाङः अखिल नेपाल महिला संघ (अनेमसंघ) लेटाङ नगरको चौथो सम्मेलन लेटाङ–५ स्थित त्रिवेणी सामुदायिक वन उपभोक्ता समूहको सभाहलमा सम्पन्न भएको छ ।सो सम्मेलनमा एमाले नेता कार्यकर्ता तथा शुभेच्छुकहरूको बाक्लो उपस्थिति रहेको थियो । गत फागुनमा सम्पन्न निर्वाचन पश्चात नयाँ सरकार बनेपछि लेटाङमा एमालेले पहिलो पटक नगरस्तरीय ठूलो कार्यक्रम गरेको हो ।सम्मेलनमा बोल्दै प्रमुख अतिथि अनेम संघ कोशी अध्यक्ष, एमाले नेतृ तथा पूर्वमन्त्री सिर्जना राईले अप्ठ्यारो परिस्थितिमा पनि महिलाहरू अग्रपंक्तिमा उभिएर पार्टीको रक्षा र सङ्गठन मजबुत बनाउन लागिपरेको स्मरण गर्नुभयो । उहाँले महिलाको सहभागिता केवल सङ्ख्यात्मक मात्र नभई न

    • प्रकाशित मितिः भदौ ७, २०८३
    • ९८ पटक पढिएको
  • सप्तधारा संरक्षणसँगै जोगिँदै भोजपुर बजारको ऐतिहासिक पहिचान

    भोजपुरः भोजपुर बजार क्षेत्रको ऐतिहासिक तथा पर्यटकीय महत्व बोकेको सप्तधाराको संरक्षण तथा सौन्दर्यीकरण गरिएको छ । बजारको प्रमुख आकर्षणका रूपमा रहेको सप्तधारा क्षेत्रको मुहान संरक्षणसँगै ढुङ्गेधारा जडान, विश्रामस्थल, घेराबारा तथा अन्य आवश्यक संरचना निर्माण गरिएको हो ।खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयले सप्तधारा मुहान संरक्षण तथा मर्मतसम्भार योजनाअन्तर्गत १९ लाखको लागतमा संरक्षणको काम सम्पन्न गरिएको कार्यालय प्रमुख आशुतोषकुमार ठाकुरले जानकारी दिनुभयो ।उहाँका अनुसार मुहान संरक्षणका लागि पारदर्शी छानो निर्माण, हस्तकलाबाट निर्मित ढुङ्गेधारा जडान, धाराको भित्तामा ग्रेनाइट लगाउने, विश्रामस्थल निर्माण

    • प्रकाशित मितिः भदौ ७, २०८३
    • ९४ पटक पढिएको
  • सुनसरी खोलाको बाढी नियन्त्रणका लागि तत्काल काम थाल्न मन्त्री श्रेष्ठको निर्देशन

    इनरुवाः ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–४ स्थित सुनसरी खोला तटबन्ध क्षेत्रको स्थलगत निरीक्षण गर्दै बाढी नियन्त्रण, नदी व्यवस्थापन र सिँचाइ विकासलाई एकीकृत रूपमा अघि बढाउनुपर्ने बताउनुभएको छ ।स्थलगत निरीक्षणपछि स्थानीयवासी तथा जनप्रतिनिधिसँग भएको छलफलमा मन्त्री श्रेष्ठले सुनसरी खोलाबाट हुने बाढीको जोखिम न्यूनीकरणसँगै सिँचाइ विस्तारका लागि तत्काल गर्न सकिने कामको पहिचान गरी कार्यान्वयन अघि बढाउन निर्देशन दिनुभयो । रणनीतिक महत्व बोकेको भोक्राहा सबस्टेशनसमेत जोखिम रहेको उल्लेख गर्दै उपलब्ध स्रोत र साधनबाट तत्काल क्षति न्यूनीकरणका उपाय पहिचान

    • प्रकाशित मितिः भदौ ६, २०८३
    • १५३ पटक पढिएको
  • इटहरीको गजुरमुखी ज्वेलर्सको १० औँ वार्षिकोत्सवमा ‘मालामाल अफर’ सार्वजनिक

    इटहरीः इटहरी–६, धरान लाइनमा रहेको गजुरमुखी ज्वेलर्सले आफ्नो १० औँ वार्षिकोत्सव मनाएको छ । शनिबार ज्वेलर्स परिसरमा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य तथा उद्योग वाणिज्य संघ इटहरीका निवर्तमान अध्यक्ष जीवन पराजुलीको प्रमुख आतिथ्यमा केक काटेर वार्षिकोत्सव मनाइएको हो ।कार्यक्रममा सहभागीहरूले गजुरमुखी ज्वेलर्सलाई वार्षिकोत्सवको शुभकामना दिँदै आगामी दिनमा थप सफलताको कामना गरेका थिए । वार्षिकोत्सवको अवसरमा ज्वेलर्सले ग्राहकलाई लक्षित गर्दै ‘मालामाल अफर’ समेत सार्वजनिक गरेको छ ।ज्वेलर्सका सञ्चालक राकेश श्रेष्ठका अनुसार भदौ महिनाभरि सुनका गहना खरिद गर्ने ग्राहकलाई ज्यालामा शतप्रतिशत छुट प्रदा

    • प्रकाशित मितिः भदौ ६, २०८३
    • १२६ पटक पढिएको
  • सुनसरी–मोरङ औद्योगिक करिडोरमा विद्युत् समस्या हटाउने ऊर्जामन्त्रीको भनाइ

    इनरुवाः ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले सुनसरी–मोरङ औद्योगिक करिडोरमा विद्युत् आपूर्ति सहज बनाइने बताउनुभएको छ ।शुक्रबार इनरुवास्थित चार सय केभी भोक्राहा सबस्टेसनको निरीक्षण गर्दै उहाँले विद्युत् उत्पादनसँगै आन्तरिक खपत कसरी वृद्धि गर्ने भन्ने विषयमा ध्यान दिन आवश्यक रहेको बताउनुभयो ।इनरुवालाई विद्युत ‘हब’का रूपमा विकास गर्न सकिने उल्लेख गर्दै मन्त्री श्रेष्ठले पूर्वी क्षेत्रमा देखिएका विद्युत् समस्या समाधान तथा प्रसारण प्रणालीमा सुधार गरिने र विद्युत् निर्यातसँगै देशभित्रै खपत बढाउने वातावरण निर्माण गर्नुपर्ने बताउनुभयो ।सुनसरी–मोरङ औद्योगिक करिडोरमा विद्युत् आपूर्ति सहज

    • प्रकाशित मितिः भदौ ६, २०८३
    • ९४ पटक पढिएको
  • सातामा करिब १ प्रतिशत घट्यो नेप्से

    इटहरी ।  यो साता नेप्से परिसूचक करिब १ प्रतिशत घटेर बन्द भएको छ । गत साता २६४३.८३ विन्दुमा बन्द भएको नेप्से यो साता ०.९५ प्रतिशत अर्थात् २५.११ अङ्क घटेर २६१८.७२ बिन्दुमा बन्द भएको छ ।पाँच कारोबार दिनका लागि बजार खुल्दा चार कारोबार दिन नेप्से नकारात्मक रहेको थियो । नेप्से घटे पनि यस साता कारोबार रकम भने बढेको छ । गत साता दैनिक औसतमा ३ अर्ब ८६ करोड रुपैयाँको शेयर खरिदबिक्री भएको बजारमा यस साता दैनिक औसतमा ४ अर्ब ४९ करोड रुपैयाँको शेयर किनबेच भएको छ ।१३ उपसमूहमध्ये यो साता दुई उपसमूहको परिसूचक बढेको छ भने ११ उपसमूहको परिसूचक घटेको छ । व्यापार उपसमूहको परिसूचक ०.४१ प्रतिशत र उत्पादन तथा

    • प्रकाशित मितिः भदौ ६, २०८३
    • ९८ पटक पढिएको
  • मन्त्री श्रेष्ठको आग्रहः सरकारका कामको निगरानीसँगै आवश्यक ठाउँमा खबरदारी गर्नुस्

    विराटनगरः ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सचिवालय सदस्य विराजभक्त श्रेष्ठले महाधिवेशनसँगै रास्वपाले आफ्नो राजनीतिक यात्राको एउटा महत्वपूर्ण चरण पूरा गरेको बताउनुभएको छ । आमनिर्वाचनबाट जनताले पार्टीलाई ठूलो जिम्मेवारी दिएको उल्लेख गर्दै उहाँले अब पार्टीका सबै तहका नेता तथा कार्यकर्ता थप गम्भीर र जिम्मेवार भएर अघि बढ्नुपर्ने बताउनुभयो ।मोरङ र सुनसरीका नेता तथा अगुवा कार्यकर्तासँग विराटनगरमा भएको अन्तरक्रियामा मन्त्री श्रेष्ठले पार्टीका नियमित राजनीतिक गतिविधिसँगै सरकारका कामकारबाहीको समेत सूक्ष्म अध्ययन र विश्लेषण गर्न पार्टी पंक्तिलाई आग्रह गर्नुभयो

    • प्रकाशित मितिः भदौ ६, २०८३
    • १०८ पटक पढिएको
  • मंसिरमा आठौँ बाह्रखरी कथा प्रतियोगिता हुने, असोज ३ सम्ममा प्रतियोगी कथा पठाइसक्नुपर्ने

    काठमाडौंः आठौँ संस्करणको कथा प्रतियोगिताका लागि बाह्रखरी मिडियाले पत्रकार सम्मेलन गर्दै कथा आह्वान गरेको छ । प्रतियोगितामा सहभागी हुन चाहनेले असोज ३ गतेभित्रमा कथा पठाइसक्नुपर्ने बताइएको छ ।बाह्रखरी मिडियाले आयोजना गर्ने ‘डिगो आठौँ बाह्रखरी कथा प्रतियोगिता’ नेपालको कथा लेखन प्रतियोगिताको सबैभन्दा ठूलो पुरस्कार राशि रहेको प्रतियोगिता हो । प्रतियोगिताको नतिजा २०८३ मंसिरमा सार्वजनिक हुने जनाइएको छ ।प्रतियोगितामा पहिलो हुनेले दुई लाख रुपैयाँ पाउनेछन् । दोस्रो हुनेले एक लाख र तेस्रो हुनेले ६० हजार रुपैयाँ नगद पुरस्कार पाउनेछन् । यसबाहेक उत्कृष्ट २५ भित्र पर्ने बाँकी २२ जना कथाकारले जनही सात हजार रु

    • प्रकाशित मितिः भदौ ६, २०८३
    • २२५ पटक पढिएको
  • गाँजा खेतीलाई वैधता दिनुपर्छः सांसद निरन राई

    विराटनगरः कोशी प्रदेश सभाको बैठकमा बोल्दै नेकपा एमालेका सांसद निरन राईले प्रदेशको आर्थिक समृद्धिका लागि गाँजा खेतीलाई वैधानिक बनाउनुपर्ने माग गर्नुभएको छ ।‘कस्तुरीले आफ्नो बास्नाको खोजीमा टाढाटाढा दौडिन्छ तर आफैँभित्रको सुगन्ध थाहा पाउँदैन’, सांसद राईले भन्नुभयो, ‘कोशी प्रदेशलाई समृद्ध बनाउन यहाँको माटो र हावापानी सुहाउँदो गाँजा खेतीलाई कानुन बनाएर खुला गरिनुपर्छ ।’वि. सं. २०३३ सालभन्दा अगाडि नेपालमा गाँजा खेती वैधानिक रहेको र त्यसबाट ठूलो राजस्व सङ्कलन हुने गरेको तथ्य स्मरण गराउनुभयो । सांसद राईले पश्चिमा देशका मानिस नेपालमा गाँजा सेवनका लागि आएर यतै बसेर खर्च गर्न थालेपछि पश्चिमा मुलुकको अनु

    • प्रकाशित मितिः भदौ ६, २०८३
    • ११८ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल