अन्तरास्ट्रिय

    Showing १४१-१५० of २५६ items.
  • इजरायली सेनाको गोलीबाट २६ वर्षीया अमेरिकी-टर्की युवतीको मृत्यु

    एजेन्सी । इजरायलको कब्जामा रहेको वेस्ट बैंकमा इजरायली सेनाको गोलाबारीमा टाउकोमा गोली लाग्दा २६ वर्षीया अमेरिकी-टर्की युवतीको मृत्यु भएको छ।बीबीसीका अनुसार शुक्रबार इजरायली सेनाको गोलीबाट आयसेनुर इज्गी एगी नामकी युवतीको मृत्यु भएको हो। दोहोरो नागरिकता भएकी उनी नाब्लसनजिकैको बेटा सहरमा नयाँ यहुदी बस्ती निर्माणको विरोधमा भाग लिइरहेकी थिइन्। स्थानीय सञ्चारमाध्यमका अनुसार एगीलाई इजरायली सैनिकहरूले गोली हानेका हुन्। इजरायल डिफेन्स फोर्स (आईडीएफ) ले उक्त क्षेत्रमा बन्दुकको गोली लागेर एक विदेशी नागरिकको मृत्यु भएको रिपोर्टको अनुसन्धान गरिरहेको बताएको छ।शुक्रबारको प्रदर्शनमा संलग्न

    • प्रकाशित मितिः भदौ २२, २०८१
    • ४६४ पटक पढिएको
  • फ्रान्समा आफ्नै पत्नीलाई परपुरुषबाट बलात्कार गराएको अभियोगमा मुद्दा

    एजेन्सी ।  फ्रान्समा एक व्यक्तिले आफ्नै श्रीमतीलाई बलात्कार गरेको तथा परपुरुषलाई बलात्कार गर्न लगाएको अभियोगमा अदालतमा मुद्दा चलेको छ।७१ वर्षीय डोमिनिक पिलाई एक दशकसम्म आफ्नी श्रीमतीलाई बलात्कार गर्न अनलाइन माध्यमबाट अपरिचित पुरुषलाई आफ्नो घरमा बोलाएको आरोप लागेको हो।पीडित महिलाका वकिलहरूले उनलाई यति धेरै नशालु पदार्थ खुवाइन्थ्यो कि उनले आफूलाई पटक-पटक भएको यौन उत्पीडनसमेत थाहा नपाएको दाबी गरेका छन्।प्रहरीका अनुसार ती महिलालाई ७२ पुरुषबाट ९२ पटक बलात्कार भएको पाइएको छ। जसमध्ये ५१ अभियुक्तको पहिचान भई मुद्दा दायर गरिएको छ। पीडितका श्रीमानसह

    • प्रकाशित मितिः भदौ १९, २०८१
    • ३४९ पटक पढिएको
  • विवाहेत्तर सम्बन्धका कारण आमाले नै गरिन् नाबालिका छोरीको हत्या, सुटकेशभित्र भेटियो शव

    एजेन्सी । आमाले आफ्ना सन्तानका लागि आफ्नै ज्यान दिन तयार हुन्छन् । तर संसार यस्तो मात्र छैन । ज्यान दिने आमाले कहिलेकाही आफ्नै सन्तानको ज्यान लिएका घटनाहरु पनि छन् । यस्तै घटना भारतमा घटेको छ । विवाहेत्तर सम्बन्धका कारण एक महिलाले आफ्नै तीन वर्षीय छोरीको निर्मम हत्या गरेको घटना बाहिर आएको छ ।भारतको बिहार राज्यको मुजफ्फरपुरमा भएको उक्त घटनाबारे प्रहरीले हालै तथ्य उजागर गरेको हो । प्रहरीले हत्या आरोपमा मृतक बालिकाकी आमा काजललाई पक्राउ गरेको छ । बिहीबार बिहान बालिकाको शव एउटा बन्द सुटकेसभित्र भेटिएको थियो । प्रहरीले उक्त शव मनोजकुमार र काजलकी छोरीको भएको पत्ता लगायो । मनोजकुमारसँग सोधपुछ गर्

    • प्रकाशित मितिः भदौ ११, २०८१
    • २९८ पटक पढिएको
  • बंगलादेशमा बाढीका कारण १३ जनाको मृत्यु, ४५ लाख प्रभावित

    बङ्गलादेश । बङ्गलादेशमा भारी वर्षापछि आएको बाढीका कारण कम्तीमा १३ जनाको मृत्यु हुनुका साथै ४५ लाख मानिसहरू प्रभावित भएको विपद् व्यवस्थापन तथा राहत मन्त्रालयले शुक्रबार जनाएको छ ।‘ग्लोबल क्लाइमेट रिस्क इन्डेक्स’का अनुसार बङ्गलादेश प्रकोप र जलवायु परिवर्तनको सबैभन्दा जोखिममा रहेका देशमध्ये एक हो । करिब सत्र करोड  जनसङ्ख्या भएको दक्षिण एसियाली राष्ट्र बङ्गलादेशका सयौं नदीमा पछिल्लो समयमा बारम्बार बाढी आएको छ ।विपद् मन्त्रालयको शुक्रबारको बुलेटिनमा प्रभावित तथा मृतकको पुष्टि गरेको हो । बुलेटिनअनुसार लगभग एक लाख ९० हजार प्रभावितहरूलाई आपतकालीन राहत शिविरमा राखिएको छ । बङ्गलादेशका ६४ जिल्ल

    • प्रकाशित मितिः भदौ ८, २०८१
    • ४४५ पटक पढिएको
  • विश्वको सबैभन्दा वृद्धा ब्रान्यासको निधन, भन्थिन्, ‘मेरो लागि कोही नरुनु, आँशु मन पर्दैन’

    मड्रिड । विश्वको सबैभन्दा वृद्धा व्यक्ति स्पेनकी मारिया ब्रान्यास मोरेराको मङ्गलबार ११७ वर्षको उमेरमा निधन भएको उनको परिवारले जनाएको छ । गिनीज वर्ल्ड रेकर्डले सन् २०२३ को जनवरीमा फ्रान्सेली नन लुसिल र्‍यान्डनको ११८  वर्षको उमेरमा निधन भएपछि ब्रान्यासलाई विश्वको सबैभन्दा वृद्ध व्यक्तिको रूपमा स्वीकार गरेको थियो । ‘मारिया ब्रान्यासले हामीलाई छोडेर जानुभयो’, उनको परिवारले सामाजिक सञ्जाल एक्समार्फत जानकारी गराएका हुन् । ‘हामीमा उहाँको सम्झना सधै रहनेछ ।’ क्याटालोनियाको उत्तरपूर्वी क्षेत्रको ओलोट सहरमा रहेको ‘सान्ता मारिया डेल तुरा नर्सिङ होम’ मा विगत दुई दशकदेखि बस्दै आएकी ब्रान्यास

    • प्रकाशित मितिः भदौ ५, २०८१
    • ४३६ पटक पढिएको
  • शेख हसिनाका सल्लाहकार र कानुन मन्त्रीलाई समातेर थुनियो

    एजेन्सी ।  बंगलादेशका पूर्वकानुन मन्त्री र पूर्व प्रधानमन्त्री शेख हसिनाका सल्लाहकारलाई १० दिन थुनामा राख्न अदालतले अनुमति दिएको छ । बंगलादेशका पूर्व कानुन मन्त्री अनीसुल हक र पूर्व प्रधानमन्त्री हसिनाका निजी उद्योग र लगानी सल्लाहकार सलमान एफ रहमानलाई १० दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको बीबीसीले उल्लेख गरेको छ ।दुबैलाई ढाकाको न्यू मार्केट एरियाका एक व्यापारी शाहजहाँ अलीको हत्याको आरोपमा बुधवार चीफ मेट्रोपोलिटन मजिस्ट्रेटको अदालतमा पेस गरिएको थियो । अदालतले प्रहरीले मागे अनुसार १० दिनको पुलिस रिमाण्डमा पठाउन आदेश दिएको हो । 

    • प्रकाशित मितिः साउन ३१, २०८१
    • ३६२ पटक पढिएको
  • हसिनाद्वारा बिहीबार सार्वजनिक रूपमा उपस्थित हुन आफ्ना समर्थकलाई आग्रह

    ढाका- अपदस्थ बङ्गलादेशी प्रधानमन्त्री शेख हसिनाले मङ्गलबार आफ्ना समर्थकहरूलाई आफ्नो बुबाको हत्याको वार्षिकोत्सव मनाउन राजधानी ढाकामा सार्वजनिक रूपमा उपस्थित हुन आग्रह गरेकी छन् ।‘म तपाईंहरूलाई अगस्ट १५ मा राष्ट्रिय शोक दिवसलाई उचित सम्मान र गम्भीरताका साथ मनाउन अपिल गर्दछु’, उनले अमेरिकामा रहेका आफ्ना छोरामार्फत पत्रकारहरुलाई दिएको लिखित विज्ञप्तिमा भनेकी छन् ।

    • प्रकाशित मितिः साउन ३०, २०८१
    • ४४७ पटक पढिएको
  • बंगलादेशमा चौकी छाडेर हिंडेका सुरक्षाकर्मीलाई काममा फर्किन निर्देशन

    एजेन्सी । बंगलादेशको प्रहरी प्रधान कार्यालयले सबै प्रहरीलाई काममा फर्किन निर्देशन दिएको छ । बिद्यार्थी आन्दोलनका कारण शान्ति सुरक्षा जोखिममा परेपछि प्रहरी चौकी छाडेर हिडेका प्रहरीलाई काममा फर्किन र शान्ति सुुरक्षा कायम गराउन प्रहरी प्रधान कार्यालयले निर्देशन दिएको हो ।प्रहरी चौकीका गतिविधि सुचारु गर्न र शान्ति सुरक्षा कायम गर्नका साथै प्रत्येक प्रहरी चौकी क्षेत्रमा नागरिक सुरक्षा समिति गठन गर्न प्रहरी प्रधान कार्यालयबाट निर्देशन दिइएको ढाका ट्रिब्युनले जानकारी दिएको छ । उसका अनुसार यस्तो निर्देशन सबै जिल्लाका प्रहरी उपरीक्षक र प्रहरी चौकीका अधिकृत (ओसी) लाई दिइएको हो ।प्रहरी प्रधान क

    • प्रकाशित मितिः साउन २७, २०८१
    • २९७ पटक पढिएको
  • ब्राजिलमा विमान दुर्घटना, ६२ जनाकै मृत्यु

    एजेन्सी । ब्राजिलको साओ पाउलो राज्यमा ६२ यात्रु सवार एक विमान दुर्घटना हुँदा सबै यात्रुको ज्यान गएको छ ।भिओपास एयरलाइन्सको दुई इन्जिन भएको टर्बोप्रोप विमान कास्काभेल सहरबाट साओ पाउलो सहरको मुख्य विमानस्थलतर्फ उडेको थियो ।तर, विमान साओ पाउलोको भिन्हेडो भन्ने सानो सहरमा दुर्घटना भएको हो । सामाजिक सञ्जालमा भाइरल बनिरहेको उक्त विमान दुर्घटनाको भिडियोहरूमा विमानलाई आकाशबाट घुम्दै तल झर्दै गरेको र त्यसपछि कालो धुवाँको मुस्लो उडेको देख्न सकिन्छ ।दुर्घटनास्थलमा प्रहरी र अग्नि नियन्त्रकहरू खटिएका छन् भने स्थानीय अस्पतालहरूलाई सतर्क गराइएको छ ।प्रारम्भिक जानकारी अनुसार, विमान आवासीय भवनमा खसेको थियो । स

    • प्रकाशित मितिः साउन २६, २०८१
    • ४१४ पटक पढिएको
  • हसिनाका छोराले भने–पार्टी र कार्यकर्ताका लागि पनि म राजनीतिमा आउनु पर्ने देखियो

    एजेन्सी । भर्खरै बंगलादेशको प्रधानमन्त्रीबाट राजीनामा दिएर भारतको शरणमा पुगेकी हसिना शेखकी छोरा सजीव वाजेदले आफू राजनीतिमा आउन तयार रहेको बताएका छन् । अवामी लिग पार्टीलाई बचाउन आफू राजनीतिमा आउन तयार रहेकोले बताएका छन् । यसअघि राजनीतिमा आउने कुनै इच्छा नरहेको बताउँदै आएका वजेदले टाइम्स अफ इण्डियासँग कुरा अवामी लिग पार्टी र यसमा कार्यरत नेता–कार्यकता जोगाउन राजनीतिमा प्रवेश गर्न तयार रहेको बताएका हुन् ।अमेरिकाको राजधानी वासिङटन डिसीमा रहेका उनले फोनमार्फत टाइम्स अफ इण्डियासँग कुरा गरेका थिए । ‘यदि राजनीतिमा मेरो आवश्यकता छ भने म पछि हट्दिनँ । आमा पनि यो कार्यकालपछि राजनीतिमा सक्रिय हुनु हुन्थेन

    • प्रकाशित मितिः साउन २५, २०८१
    • ३१२ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल