इटहरीः गत साता नेप्से परिसूचक करिब साढे १७.४१ अंक घटेको छ । अघिल्लो साता २६४७.२२ विन्दुमा बन्द भएको नेप्से गत यस साता ०.६६ प्रतिशत अर्थात् १७.४१ अंक घटेर २६२९.८१ विन्दुमा बन्द भएको छ । 


सातामा तीन दिनमात्रै कारोबार हुँदा २ कारोबार दिन नेप्से बढेर बन्द भएको थियो । 


साताभरमा नेप्से घटे पनि करोबार रकम भने बढेको छ । अघिल्लो साता दैनिक औसतमा ६ अर्ब १२ करोड रुपैयाँको शेयर किनबेच भएको थियो । गत साता दैनिक औसतमा ६ अर्ब २८ करोड रुपैयाँको शेयर किनबेच भएको थियो । 


नेप्सेमा सूचीकृत १३ उपसमूहमध्ये एक उपसमूहको परिसूचक बढेको छ भने १ उपसमूहको परिसूचक स्थिर रहेको छ । बाँकी ११ उपसमूहको परिसूचक घटेको छ । 


उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक १.१३ प्रतिशत बढेको छ । 


जलविद्युत उपसमूहको परिसूचक सर्वाधिक १.६८ प्रतिशत घटेको छ । 


गत साता नेप्सेमा ४२ लाख ९ हजार ८६२ कित्ता शेयर सूचीकृत भएको छ । ७ प्रतिशत लक्ष्मी सनराइज बैंक डिबेञ्चर २०९२ र सिनर्जी पावर डेभलपमेन्टको बोनस शेयर सूचीकृत भएको हो । 


साताभरमा सिवाइसी लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य सर्वाधिक ९.४० प्रतिशत बढेको छ । इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य सर्वाधिक १०.८० प्रतिशत घटेको छ ।