ढाका । बंगलादेशको सर्वोच्च अदालत बार एशोसिएसन (एससीबीए) का अध्यक्ष एएम महबूब उद्दिन खोकनले भारतलाई शेख हसिना र उनकी बहिनी शेख रेहानालाई पक्राउ गरी बंगलादेशमा सुपुर्दगी गर्न आग्रह गरेका छन् ।एससीबीए सभामा आयोजित पत्रकार सम्मेलनमा खोकनले भारतसँग सकारात्मक सम्बन्ध कायम राख्न चाहेको बताउँदै निर्दोष जनतामाथि दमन गरी सयौंको मृत्युका लागि उनीहरू जिम्मेवार रहेको र दुवै जनालाई बंगलादेश फिर्ता गरिनुपर्नेमा जोड दिए ।बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी) का संयुक्त महासचिव समेत रहेका खोकनले बंगलादेशमा संकटकाल घोषणाको विरोध गर्दै राजनीतिक गतिविधि र भ्रष्टाचारमा संलग्न सर्वोच्च अदालतका न्यायाधीशलाई एक हप्
बेलायत । बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिना भारतबाट बेलायत (लण्डन) जाने अनुमान चलिरहेका बेला बेलायतले पनि हसिनालाई अर्को झट्का दिएको छ । बेलायतले हसिनालाई शरण दिन नसकिने जनाएको हो । बेलायत आएर शरण वा शरणार्थीको हैसियत माग्नेलाई त्यहाँको कानुनले यात्राको अनुमति नदिने बेलायतको गृह मन्त्रालयले बताएको छ । सोमबार सरकार विरोधी उग्र प्रदर्शनबीच राजीनामा दिएकी हसिना अहिले भारतको दिल्लीमा आश्रय लिइरहेकी छिन् ।शरण माग्न चाहनेले उ सबैभन्दा पहिला पुगेको देशमै शरणका लागि आवेदन दिनु पर्ने बेलायत सरकारले भनेको छ । ‘आवश्यकता परेकालाई शरण दिएको बेलायतको रेकर्ड छ । तर, शरण खोज्दै आउने वा अस्थायी
एजेन्सी । असुरक्षाका कारण राजीनामा दिएर देश छाडेकी शेख हसिना नेतृत्वको पार्टी अवामी लिगका एक जिल्ला नेताको होटलमा आगजनी हुँदा कम्तीमा २४ जनाको ज्यान गएको छ ।अज्ञात व्यक्तिले अवामी लिग पार्टीका जेसोर जिल्ला महासचिव सहिन चकलादारको होटलमा आगजनी गरेको बंगलादेशको दैनिक पत्रिका ढाका ट्रिब्यूनले लेखेको छ । त्यसक्रममा होटलमा भएका अधिकांश मानिसहरु धुँवामा निसास्सिएर ज्यान गएको समाचारमा उल्लेख छ । कम्तीमा २५ देखि ३० जनाको उद्दार गरिएको समाचारमा जनाइएको छ ।होटलमा सोमबार ४ बजेदेखि आगलागी भएको थियो भने ८ बजे नियन्त्रणमा आएको थियो । ज्यान गुमाउनेमध्ये एक जना इन्डोनेसियाका नागरिक भएको बंगाली भाषा
एजेन्सी । दक्षिण कोरियामा यो वर्ष उष्ण लहरका कारण मृत्यु हुनेको संख्या १४ पुगेको छ । गृह मन्त्रालयका अनुसार मे २० देखि अगस्ट ४ को बीचमा गर्मीसम्बन्धी रोगको उपचार गर्ने बिरामीको संख्या एक हजार ६९० पुगेको छ । यो गत वर्षको सोही अवधिमा भएको एक हजार ६४६ भन्दा बढी हो ।हालको उष्ण लहरले दुई लाख ७७ हजार कुखुरासहित तीन लाख तीन हजार पशुधन मरेका छन् । गत सातादेखि देशैभरको तापक्रम ३५ डिग्रीको हाराहारीमा रहेको र ४० डिग्री सेल्सियससम्म पुगेको छ । यहाँ उष्णकटिबन्धीय रातहरूसँगै अत्यधिक गर्मी कम्तीमा अगस्ट १५ सम्म जारी रहने मौसम एजेन्सीको पूर्वानुमान छ ।
एजेन्सी । आरक्षण विरोधी आन्दोलनका संयोजक नाहिद इस्लामले मंगलबार बिहान नोबेल पुरस्कार विजेता मोहम्मद युनुसको नेतृत्वमा अन्तरिम सरकारको रूपरेखा तयार गरिने बताएका छन् । युनुसले बंगलादेशमा ग्रामीण बैंक स्थापना गरेका थिए ।उनले गरिबी विरुद्धको अभियानका लागि सन् २००६ मा नोबेल शान्ति पुरस्कार पाएका थिए । विद्यार्थी आन्दोल चर्किएपछि प्रधानमन्त्री शेख हसिनाले सोमबार देश छोडेकी थिइन् । उनले देश छोडेपछि पार्टीका नेता तथा कार्यकर्ता आक्रोशित भएका छन् । बंगाली अखबार प्रथम आलोका अनुसार अवामी लिगसँग सम्बद्ध नेताहरूले शेख हसिनाले देश छोडेका कारण उनीहरूले आन्दोलनकारीहरूको क्रोधको सामना गरिरहेको बताएका
एजेन्सी । शेख हसिनाले बंगलादेश छाडेपछि उनले थुनेकी पूर्व प्रधानमन्त्री तथा बीएनपीकी सबैभन्दा शीर्ष नेता खालिदा जियालाई रिहा गर्न आदेश दिइएको छ । भारतीय सञ्चारमाध्यमका अनुसा बंगलादेशका राष्ट्रपति मोहम्मद शाहबुद्दिनले जेलमा रहेकी पूर्व प्रधानमन्त्री खालिदा जियालाई रिहा गर्न आदेश दिएका हुन् । राष्ट्रपति शाहबुद्दिनको नेतृत्वमा भएको बैठकमा बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी) की अध्यक्ष बेगम खालिदा जियालाई तत्काल रिहा गर्ने सर्वसम्मतिले निर्णय भएको राष्ट्रपतिको प्रेस टोलीले जानकारी दिएको छ ।
एजेन्सी । इजरायली सेनाले गाजाबाट पाँच इजरायली नागरिकको शव फेला पारेको जनाएको छ।यी सबै सर्वसाधारणलाई गत वर्ष दक्षिणी इजरायलमा आक्रमण गर्दा हमासले बन्धक बनाएको थियो।बीबीसीका अनुसार खान युनिसमा अपरेसनका क्रममा किन्डरगार्टेन शिक्षिका माया गोरेन, इजरायली सेनाका मेजर रविड आर्य काट्ज, मास्टर सर्जेन्ट ओरेन गोल्डिन, स्टाफ सर्जेन्ट टोमर अहिमास र सर्जेन्ट किरिल ब्रोडस्कीको शव फेला परेको हो। इजरायली सेनाले भन्यो, ‘हामीलाई लाग्छ- शिक्षक गोरेनको बन्दीमा हुँदा हत्या गरिएको हुन सक्छ भने सेना प्रमुखको ८ अक्टोबरमा हमलाका क्रममा मृत्यु भएको हुन सक्छ र उनको शव पछि हमासले लिएको हुन सक्छ।’इजरायली सेनाले द
एजेन्सी । अमेरिकी सिक्रेट सर्भिसकी निर्देशक किम्बर्ली चिटलले मङ्गलबार पदबाट राजीनामा दिएकी छन्।उनले पूर्वराष्ट्रपति एवं नोभेम्बरमा हुने राष्ट्रपति निर्वाचनका रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पको हत्या प्रयास रोक्ने आफ्नो मिसनमा एजेन्सी असफल भएको स्वीकार गरेकी थिइन्। जुलाई १३ मा पेन्सिलभेनियास्थित बटलरको एउटा चुनावी र्यालीमा २० वर्षीय बन्दुकधारीले ट्रम्पलाई घाइते बनाएपछि चिटललाई पदबाट राजीनामा दिन डेमोक्रेट र रिपब्लिकन पार्टीले दबाब दिइरहेका थिए। हाउस अफ रिप्रेजेन्टेटिभका रिपब्लिकन अध्यक्ष माइक जोनसनले पत्रकारहरूसँग भने, ‘यो धेरै ढिला भएको छ, उहाँले यो काम कम्तीमा
एजेन्सी । कमला ह्यारिस राष्ट्रपतिको उम्मेदवारको लागि राष्ट्रपति जो बाइडेनले घोषणा गर्नासाथ उनको समर्थनमा ठूलो रकम संकलन भएको छ । मिडिया रिपोर्टका अनुसार ह्यारिसको समर्थनमा अहिलेसम्म ४७ मिलियन डलर अर्थात करिब ६ अर्ब ११ करोड संकलन भएको छ ।डेमोक्रेटिक पार्टीको राष्ट्रपति चुनावी क्याम्पेनलाई एक्टब्लू मार्फत सो रकम संकलन भएको बताइएको छ । ह्यारिसको चुनावी क्याम्पेन लन्च भएपछि सो रकम संकलन भएको हो । यसलाई २०२४ को अहिलेसम्मको सबैभन्दा ठूलो चन्दा संकलन भएको बताइएको छ ।ह्यारिसको क्याम्पेनलाई साना दाताले ठूलो संख्यामा सहभागी भएर सहयोग गरेको मिडिया रिपोर्टमा बताइएको छ । न्यूयोर्क टाइम्सले डेमोक्रेटिक पार्
वासिंटन । आफ्नै पार्टीका नेता तथा कार्यकर्ताले चर्को असन्तुष्टि जनाएपछि अमेरिकी राष्ट्रपति जो बाइडेन आइतबार आफ्नो उमेदवारीबाट पछि हटेका छन् । उनले डेमोक्रेटिक पार्टीबाट उपराष्ट्रपति कमला ह्यारिसको नाम राष्ट्रपति पदको उमेदवारको रूपमा समर्थन गरेका छन् ।बाइडेनले राष्ट्रपतिको अहिलेको आफ्नो कार्यकाल भने पूरै समय काम गर्ने जनाएका छन् । उम्मेदवारीबाट पछि हटेसँगै पूर्व राष्ट्रपति बिल क्लिन्टन र उनकी पत्नी हिलारी क्लिन्टनले समर्थन जनाउँदै भावी उम्मेदवारको रूपमा कमला ह्यारिसको नाम पनि अनुमोदन गरेका छन् । आफ्नो यो निर्णयबारे सार्वजनिक जानकारी दिन यसै हप्ता राष्ट्रका नाममा सम्बोधन गर्ने पनि बाइड