आर्थिक

    Showing १,१२१-१,१३० of १,२७२ items.
  • कोशी प्रदेशमा बाढी पहिराे बितण्डा : अन्नबालीमा मात्रै३४ करोड बराबरको क्षति

    इटहरी । अन्नको भण्डार मानिने कोशी प्रदेशमा असोजमा आएको अविरल वर्षाका कारण कोशी प्रदेशमा ३४ करोडभन्दा बढीको धान बालीमा क्षति पुगेको छ । उद्योग, कृषि तथा सहकारी मन्त्रालयका अनुसार रु ३४ करोड ४५ लाख ८५ हजार मूल्य बराबरको अन्न बालीमा क्षति पुगेको हो ।वर्षाका कारण सबैभन्दा बढी धान बालीमा क्षति पुगेको मन्त्रालयले जनाएको छ । प्रदेशमा यस वर्ष दुई लाख ७५ हजार दुई सय ६७ दशमलव ९८ हेक्टर जमिनमा धान रोपाइ भएकोे थियो, जसमध्ये पाँच हजार सात सय २२ दशमलव ७८ हेक्टर जमिनमा रु १७ करोड ६१ लाख ७५ हजार मूल्य बराबरको क्षति पुगेको खाद्य सुरक्षा तथा अनुगमन महाशाखा कोशी प्रदेशकी प्रमुख डा दीपा दियालीले बताए । प्रदेशमा स

    • प्रकाशित मितिः कार्तिक १, २०८१
    • १९८ पटक पढिएको
  • बाढीले सुनसरीमा अढाइ करोडको तरकारी बाली क्षति

    इटहरी ।यही असोज ११ र १२ गते आएको बाढीले सुनसरीमा दुई करोड ५० लाख बराबरको तरकारी बाली क्षति भएको छ । सुनसरी सदरमुकाम इनरुवासहित जिल्लाका हरिनगर, देवानगन्ज, भोक्राहा, बराहक्षेत्रलगायतका स्थानमा तरकारी बालीमा क्षति पुगेको कृषि ज्ञान केन्द्र इनरुवाका प्रमुख निलकमल सिंहले जानकारी दिए ।बाढीले बन्दा, भण्टा, लौका, फर्सीलगायत तरकारी बालीमा क्षति पुगेको हो । ‘बाढीका कारण सुनसरीमा एक सय पाँच हेक्टर क्षेत्रफलको तरकारी बाली क्षति गरेको छ, केरा खेतीमा पनि बाढीबाट क्षति भएको छ’, प्रमुख सिंहले भने । स्थानीय किसान रामबृक्ष मेहता बाढीले तरकारी बालीमा क्षति पुगेपछि आम्दानीको स्रोत गुमाउनुपरेको बताए ।बाढीले

    • प्रकाशित मितिः असोज २९, २०८१
    • ४०९ पटक पढिएको
  • नेपालको आर्थिक वृद्धिदर ५.१ प्रतिशत पुग्ने विश्व बैंकको प्रक्षेपण

    काठमाडौं । चालु आर्थिक वर्ष (सन् २०२५) मा नेपालको आर्थिक वृद्धिदर ५.१ प्रतिशत पुग्ने प्रक्षेपण विश्व बैंकले गरेको छ । विश्व बैंकले आज (बुधबार) सार्वजनिक गरेको ‘नेपाल डेभलपमेन्ट अपडेटः अन्तर्राष्ट्रिय आप्रवासन र नेपालमा यसको प्रभाव’ विषयक प्रतिवेदनले यस वर्ष आर्थिक वृद्धिदरमा सुधार आउने प्रक्षेपण गरेको हो ।गत वर्षको तुलनामा यस वर्ष उच्च पर्यटक आगमन, जलविद्युत् र धान उत्पादनको वृद्धिले आर्थिक वृद्धिको सुधारमा टेवा दिने प्रतिवेदनमा उल्लेख छ । विश्व बैंकले गत आर्थिक वर्ष(सन् २०२४) को ३.९ प्रतिशत आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको थियो । नेपालको अर्थतन्त्र आगामी आर्थिक वर्ष(सन् २०२६) मा भने ५.

    • प्रकाशित मितिः असोज १६, २०८१
    • २८८ पटक पढिएको
  • तोलामा ५ सय सस्तो भयो सुन, आज कतिमा हुदैछ काराेवार ?

    इटहरी ।  सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन ५ सय रुपैयाँले घटेको हो। योसँगै आज सुन १ लाख ६० हजार रुपैयाँमा कारोबार भएको छ। यता चाँदीको मूल्य पनि २० रुपैयाँले ओरालो लागेको महासंघले जनाएको छ। आज चाँदी १ हजार ९ सय २५ रुपैयाँमा कारोबार भएको हो। अन्तर्राष्ट्रिय बजारमा सुन २ हजार ६४३ अमेरिकी डलर प्रतिऔँस मूल्यमा कारोबार भएको एजेन्सीहरुले जनाएका छन्।

    • प्रकाशित मितिः असोज १५, २०८१
    • ३३० पटक पढिएको
  • घट्यो पेट्रोल, डिजेल, मट्टितेल र हवाइ इन्धनको मूल्य

    इटहरी । चाडपर्व नजिकिएसँगै इन्धनको मूल्य घटेको छ । नेपाल आयल निगमका अनुसार पेट्रोल, डिजेल, हवाई इन्धन र मट्टीतेलको मूल्य घटाइएको हो ।आज राति १२ बजेबाट लागु हुने गरी निगमले पेट्रोलमा रु एक, डिजेलमा रु दुई, हवाई इन्धनमा आन्तरिकमा रु छ तथा बाह्यमा प्रतिहजार लिटरमा रु ४५, मट्टीतेलमा रु दुई घटाइएको जनाएको छ । एलपी ग्याँसको मूल्य भारतबाट नेपाली रु ४१ बढेर आएकामा चाडपर्वलाई लक्षित गरी यथावत राखिएको निगमले जनाएको छ । इन्धनको मूल्य घटेसँगै चाडबाडको मुखमा उपभोक्ताले राहत महसुस गर्ने विश्वास गरिएको छ । साथै आयल निगमले पर्वका बेला इन्धन आपूर्तिमा कुनै समस्या नहुने जनाएको छ । मूल्य घटेपछि चारआली,

    • प्रकाशित मितिः असोज १५, २०८१
    • ३७२ पटक पढिएको
  • सुन र चाँदी दुवै सस्तिए, कतिमा हुँदै छ कारोबार?

    इटहरी । सोमबार सुन र चाँदी दुवैको मूल्य सस्तिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन तोलामा १ सय र चाँदी ५ रुपैयाँ सस्तो भएको हो। योसँगै आज सुन १ लाख ६० हजार ५ सय र चाँदी १ हजार ९ सय ४० रुपैयाँमा कारोबार भएको छ। अघिल्लो दिन सुन १ लाख ६० हजार ६ सय र चाँदी १ हजार ९ सय ४५ रुपैयाँमा कारोबार भएको थियो। 

    • प्रकाशित मितिः असोज १४, २०८१
    • २६५ पटक पढिएको
  • कर्जा जान नसकेपछि बैंकमा थुप्रिएको पैसा उठाउँदै राष्ट्र बैंक : बुधबार एकै दिन ३० अर्ब तान्दै

    इटहरी । बैंक तथा वित्तीय संस्थाहरुसँग रहेको लगानी योग्य रकम अधिक भएपछि बुधबार पनि नेपाल राष्ट्र बैंकबाट ३० अर्ब रकम खिच्ने भएको छ।राष्ट्र बैंकले १४ दिनका लागि ३० अर्ब रकम निक्षेप संकलन गर्न लागेको हो। बैंकले आज दिउँसो ३ बजेसम्म निक्षेपमा पैसा राख्न इच्छुक बैंक तथा वित्तीय संस्थाहरुले अनलाइनबाट बोलकबोलमा समावेश हुनुपर्ने जनाएको छ। बोलकबोलमा सहभागी हुनलाई आवेदन दिने संस्थाले घटीमा १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा नि:शेष भाग जाने गरी कुल आह्वान गरेको रकमसम्मका आवेदन दिनुपर्नेछ।

    • प्रकाशित मितिः असोज ९, २०८१
    • २९६ पटक पढिएको
  • सुनको मूल्यमा नयाँ कीर्तिमान, तोलाको कति पुग्यो ?

    इटहरी । नेपाली बजारमा बुधबार सुनको मूल्यमा नयाँ कीर्तिमान कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य तोलामा १ लाख ६० हजार ४०० रुपैयाँ कायम भएको हो ।मंगलबार प्रतितोला १ लाख ५९ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । मंगलबार को तुलनामा बुधबार सुनको मूल्य तोलामा ७०० रुपैयाँ बढेको हो । यस्तै चाँदीको मूल्य पनि बढेको छ । मंगलबार तोलामा १ हजार ९१५ रुपैयाँ कायम भएको चाँदीको मूल्य बुधबार बढेर १ हजार ९५५ रुपैयाँ कायम भएको हो । 

    • प्रकाशित मितिः असोज ९, २०८१
    • ३१३ पटक पढिएको
  • सुनको मूल्यले आज फेरि बनायो अहिलेसम्मकै सर्वाधिक महँगो रेकर्ड

    इटहरी । सुनको मूल्यले आज फेरि अहिलेसम्मकै सर्वाधिक महँगो मूल्यको कीर्तिमान कायम गरेको छ।  भदौ महिनाभरि उच्च मूल्यको कीर्तिमान बनाएको सुनको मूल्यले असोजको पहिलो साता पनि दिनहुँजसो नयाँ कीर्तिमान कायम गरिरहेको छ।आइतबार र सोमबार सुन लगातार उच्च मूल्यमा कारोबार भएको थियो। सोमबार भन्दा प्रतितोला पाँचसय रुपैयाँ वृद्धि भएर सुनको मूल्यले आज फेरि हालसम्मकै उच्च मूल्यको रेकर्ड कायम गरेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य एक लाख ५९ हजार सात सय रुपैयाँ छ। हिजो सुनको मूल्य १ लाख ५९ हजार दुई सय थियो।महासंघका अनुसार आज चाँदीको मूल्य भने घटेको छ। चाँदीको मूल्य आज १ हजार ९ सय

    • प्रकाशित मितिः असोज ८, २०८१
    • ३५९ पटक पढिएको
  • सुनको मूल्यमा नयाँ कीर्तिमान, तोलाकै पुग्याे १ लाख ५९ हजार २ सय रुपैयाँ

    इटहरी । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सोमबार सुन तोलामा ४ सयले बढेर प्रतितोला १ लाख ५९ हजार २ सय रुपैयाँ कायम भएको हो । यो सुनको अहिलेसम्मकै उच्च मूल्य हो । यसअघि आइतबार सुनको मूल्य प्रतितोला १ लाख ५८ हजार ८ सय रुपैयाँ कायम भएको थियो । त्यस्तै आज चाँदीको मूल्य भने स्थिर रहेको छ । चाँदीको मूल्य प्रतितोला १९२० रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

    • प्रकाशित मितिः असोज ७, २०८१
    • ३५३ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल