इटहरी । सोमबार सुन र चाँदी दुवैको मूल्य सस्तिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन तोलामा १ सय र चाँदी ५ रुपैयाँ सस्तो भएको हो। योसँगै आज सुन १ लाख ६० हजार ५ सय र चाँदी १ हजार ९ सय ४० रुपैयाँमा कारोबार भएको छ। अघिल्लो दिन सुन १ लाख ६० हजार ६ सय र चाँदी १ हजार ९ सय ४५ रुपैयाँमा कारोबार भएको थियो।