इटहरी । बैंक तथा वित्तीय संस्थाहरुसँग रहेको लगानी योग्य रकम अधिक भएपछि बुधबार पनि नेपाल राष्ट्र बैंकबाट ३० अर्ब रकम खिच्ने भएको छ।राष्ट्र बैंकले १४ दिनका लागि ३० अर्ब रकम निक्षेप संकलन गर्न लागेको हो। 

बैंकले आज दिउँसो ३ बजेसम्म निक्षेपमा पैसा राख्न इच्छुक बैंक तथा वित्तीय संस्थाहरुले अनलाइनबाट बोलकबोलमा समावेश हुनुपर्ने जनाएको छ। 

बोलकबोलमा सहभागी हुनलाई आवेदन दिने संस्थाले घटीमा १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा नि:शेष भाग जाने गरी कुल आह्वान गरेको रकमसम्मका आवेदन दिनुपर्नेछ।