इटहरी । आज नेप्से परिसूचक सामान्य अंकले घटेको छ । आजको कारोबारमा नेप्से परिसूचक ०.१४ प्रतिशत अर्थात ४.१८ अंकले घटेर २ हजार ८३३.६० विन्दुमा अडिएको छ । ३४२ वटा कम्पनीको २ करोड १ लाख ६३ हजार ७९३ कित्ता शेयर १ लाख १ हजार १८० पटक किनबेच हुँदा ८ अर्ब ६६ करोड ५५ लाख ६८ हजार ६४१ रुपैयाँको शेयर किनबेच भएको छ ।आज ६ वटा समूहमा हरियाली छाउँदा ७ वटा समूहमा रातो पोतिएको छ । आज होटल समूह सर्वाधिक अर्थात १.०२ प्रतिशतले बढ्दा जलविद्युत समूह ०.६६ प्रतिशत, लगानी ०.१३, उत्पादन तथा प्रशोधन ०.४०, सामुहिक लगानी कोष ०.३६ र निर्जीवन बीमा समूह ०.४६ प्रतिशतले बढेको छ ।आज अन्य समूह सर्वाधिक अर्थात् १.६२ प्रतिश
इटहरी । नयाँ सरकार बनेको १७ औँ दिनमा मन्त्रिपरिषद्का सदस्यहरूले सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । हिजो सार्वजनिक सम्पत्ति विवरण हेर्दा मन्त्रिपरिषद्का सबै सदस्यहरूको व्यक्तिगत र पारिवारिक आर्थिक अवस्था उन्नत देखिन्छ । अधिकांश मन्त्री उच्च वर्गका र केही मध्यम आर्थिक अवस्थाका देखिन्छन् ।भ्रष्टाचार निवारण ऐनमा मन्त्रीहरूले सम्पत्ति विवरण बुझाउनुपर्ने प्रावधान छ । तर यसरी बुझाएको विवरण सार्वजनिक गर्नैपर्ने कानुनी बाध्यता छैन । त्यसैले विवगतका केही मन्त्रिपरिषद्ले विवरण बुझाए पनि सार्वजनिक गरेका थिएनन् ।जेनजी आन्दोलनपछि बनेको सुशीला कार्की नेतृत्वको सरकारका मन्त्रीहरूले पनि विवरण सार्
विराटनगरः कोशी प्रदेश सरकारले समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम फिर्ता गर्ने प्रक्रिया औपचारिक रूपमा सुरु गरेको छ। प्रदेशको उद्योग, कृषि तथा सहकारी मन्त्रालयअन्तर्गत गठित ‘समस्याग्रस्त सहकारी व्यवस्थापन समिति’ले सुनसरीको इटहरीस्थित अम्बे कोशी बचत तथा ऋण सहकारी संस्थाका बचतकर्ताको रकम फिर्ता गर्न थालेको हो । पहिलो चरणमा २० हजार रुपैयाँसम्म बचत भएका लगानीकर्ताको रकम फिर्ता गर्न लागिएको हो ।पहिलो चरणमा २८७ जना बचतकर्ताको बचत फिर्ता गर्न लागिएको हो । समितिका अध्यक्ष भरतबहादुर थापाका अनुसार २० हजार रुपैयाँभन्दा कम बचत भएका बचतकर्ताहरूलाई प्राथमिकतामा राखिएको आज विराटनगरमा आयोजित पत्रकार सम्
इटहरी । बजार खुल्नासाथ सामान्य बढेको शेयर बजारमा त्यसपछि बिक्री चाप केही बढेपछि बजार ओरालो लागेको छ । सामान्य अंकले बजार ओरालो लाग्दा शेयर किन्ने र बेच्नेबीच मोलमोलाइ भइरहेको छ ।किन्नेले पनि आक्रामक रुपमा शेयर किनेका छैनन् भने बेच्नेले पनि आत्तिएर शेयर बेचेका छैनन् । सूचक झर्दा बिक्रेता हाबी हुने र सूचक उकालो लाग्दा क्रेता आक्रामक भएको देखिन्छ ।आज २ घण्टाको समयमा ४ अर्ब १६ करोड ९ लाख रुपैयाँको शेयर किनबेच भएको छ । सबैभन्दा धेरै नेशनल हाइड्रोपावरको ५७ करोड २२ लाख ९२ हजार ९२६ रुपैयाँको शेयर किनबेच भएको छ ।नेप्से सूचक ५.७८ अंकले घटेर २८३२ बिन्दुको आसपासमा शेयर किनबेच भइरहेको छ ।
इटहरी । आज पनि सुन र चाँदी दुवैको भाउ घटेको छ । आज सुनको भाउ तोलामा ४०० रुपैयाँ र चाँदीको भाउ तोलामा ७५ रुपैयाँ घटेको हो ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रति तोला २ लाख ९६ हजार ७ सय रुपैयाँ निर्धारण भएको छ ।चाँदीको भाउ प्रतितोला ४ हजार ९०० रुपैयाँ निर्धारण भएको छ ।
इटहरी । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले आइतबार साँझ प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) सहित सबै मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरेको छ । मन्त्रीहरुको सम्पत्तिमा सुन, चाँदी, घर, जग्गा, शेयरलगायत देखिएको छ ।नयाँ बनेको सरकारका मन्त्रीहरूले आफ्नो सम्पत्ति विवरण सार्वजनिक नगरेको भनेर प्रश्न उठिरहेका बेला आइतबार प्रधानमन्त्रीसहितका मन्त्रीहरूले सम्पत्ति सार्वजनिक गरेका हुन् ।सबैभन्दा धेरै सुन प्रधानमन्त्रीले उल्लेख गरेका छन् । प्रधानमन्त्री बालेन्द्र साहकी श्रीमतीसँग १९० तोला गरगहना रहेको उल्लेख छ ।उद्योगमन्त्री गौरी कुमारीसँग सुनमात्रै १८० तोला रहेको छ ।त्यसपछि धेरै सुन हुने
इटहरी । आज नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य सामान्य बढेको छ । आज सुन प्रतितोला २०० रुपैयाँ र चाँदी प्रति तोला १५ रुपैयाँ बढेको हो ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला दुई लाख ९७ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ ।चाँदीको भाउ प्रतितोला ४ हजार ९७५ रुपैयाँ निर्धारण गरिएको महासंघले जनाएको छ ।
विराटचोकः नेपाल राष्ट्र बैंकले आज चैत २९ गतेका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४८ रुपैयाँ ७ पैसा र बिक्रीदर १४८ रुपैयाँ ६७ पैसा तोकिएको छ ।युरोपियन युरो एकको खरिददर १७३ रुपैयाँ ४४ पैसा र बिक्रीदर १७४ रुपैयाँ १४ पैसा, पाउन्ड स्ट्रलिङ एकको खरिददर १९९ रुपैयाँ १ पैसा र बिक्रीदर १९९ रुपैयाँ ८२ पैसा, स्वीस फ्रयांक एकको खरिददर १८७ रुपैयाँ ६१ पैसा र बिक्रीदर १८८ रुपैयाँ ३७ पैसा तोकिएको छ ।अस्ट्रेलियन डलर एकको खरिददर १०४ रुपैयाँ ६९ पैसा र बिक्रीदर १०५ रुपैयाँ ११ पैसा, क्यानेडियन डलर एकको खरिददर १०७ रुपैयाँ ३ पैसा र बिक्रीदर १०७ रुप
इटहरी । नेपाल धितोपत्र बोर्डले नियमित कारोबार समयपछि पनि शेयर खरिद बिक्री आदेश दिन सकिने व्यवस्था गर्ने भएको छ । कारोबार समय सकिएपछि साँझ ६ बजेदेखि भोलिपल्ट बिहान ६ बजेसम्म अर्डर राख्न मिल्ने बनाउन लागिएको हो । योसँगै धितोपत्र बजारको नियमित कारोबार समयभन्दा अघिपछि पनि खरिद बिक्री आदेश गर्न पाइने व्यवस्था हुने भएको हो । यसले विदेशमा रहेका नेपाली र कार्यालय समयमा शेयर कारोबार गर्न नपाउनेलाई सहज हुनेगरी यस्तो व्यवस्था गर्न लागिएको हो ।कारोबार समयका कारण विदेशमा रहेका कतिपय नेपालीले दोस्रो बजारमा लगानी गर्न नपाएको गुनासो सुनवाई गर्न नियमित कारोबार समय पछि पनि अर्डर गर्न सकिने व्यवस
इटहरी । आज नेपाली शेयर बजार मापक नेप्से परिसूचक १३.४६ अङ्कले घटेर २८३७.७७ अङ्कमा अडिएको छ । नेप्सेमा सूचीकृत ३३५ कम्पनीको २ करोड १० लाख ८७ हजार ६२८ कित्ता शेयर ९७ हजार ४८० पटक किनबेच हुँदा ८ अर्ब ९९ करोड ३२ लाख ८० हजार ९६७ रुपैयाँको शेयर किनबेच भएको छ ।जलविद्युत समूह र उत्पादन तथा प्रशोधन समूहबाहेक सबै समूहमा राताम्य भएको बजारमा जलविद्युत समूह ०.०८ प्रतिशत र उत्पादन तथा प्रशोधन समूह १.५९ प्रतिशत बढेको छ । अन्य समूह सर्वाधिक १.३९ प्रतिशतले घटेको छ ।घटेको बजारमा ७ कम्पनीको शेयरमूल्य १० प्रतिशत बढेको छ । भुजुङ हाइड्रोपावर, सुपर खुदी हाइड्रो, होटल फरेस्ट इन, पाल्पा सिमेन्ट कम्पनी, रिज ल