इटहरी  ।  लगातार ५ दिनदेखि घटिरहेको सुनचाँदीको भाउ आज बढेको छ । आज सुनको भाउ तोलामा २ हजार ७०० रुपैयाँ र चाँदीको भाउ तोलामा १७० रुपैयाँ बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ८७ हजार ४०० रुपैयाँ निर्धारण भएको छ ।

आज चाँदीको भाउ प्रतितोला ४ हजार ३४० रुपैयाँ निर्धारण भएको छ ।