विराटनगरः गत वर्ष जेनजी आन्दोलनमा जलेको विराटनगरस्थित भाटभटेनी सुपर स्टोर आजदेखि औपचारिक रूपमा पुनः सञ्चालनमा आउने भएको छ ।

भाटभटेनी सुपर मार्केटका प्रमुख सञ्चालन अधिकृत पानु पौडेलका अनुसार स्टोरले पुनः सञ्चालनसँगै दैनिक रूपमा नियमित सेवा प्रदान गर्नेछ ।

ग्राहकहरूको सहजता र सुविधालाई ध्यानमा राख्दै स्टोरमा आधुनिक सुविधा, गुणस्तरीय सेवा तथा व्यवस्थित किनमेलको वातावरण उपलब्ध गराइने जनाइएको छ ।

भाटभटेनी सुपर मार्केटले ग्राहकहरूको विश्वास, साथ र सहयोगलाई उच्च प्राथमिकतामा राख्दै आगामी दिनमा अझ प्रभावकारी सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

पुनः सञ्चालनको अवसरमा कम्पनीले सम्पूर्ण ग्राहकवर्ग, शुभेच्छुक तथा सरोकारवालाहरूप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि निरन्तर सहयोग र विश्वासको अपेक्षा गरेको जनाएको छ ।