आर्थिक

    Showing ३११-३२० of १,२७२ items.
  • मौद्रिक नीति सार्वजनिकपछिको पहिलो दिन शेयरबजारमा ३० अंकको गिरावट

    इटहरी ।  आज शेयर बजारमा ३० अंकको गिरावट आएको छ । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षका लागि मौद्रिक नीति सार्वजनिक गरेको भोलिपल्ट नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १.१३ प्रतिशत घटेर नकारात्मक प्रतिक्रिया दिएको हो ।नेप्सेमा सूचीकृत ३६२ कम्पनीको ८४ लाख ६३ हजार १५ कित्ता शेयर ७७ हजार ६२७ पटक किनबेच हुँदा कारोबार रकम ४ अर्ब ८२ करोड ६० लाख ८४ हजार ८२५ रुपैयाँ पुगेको हो ।कारोबारमा आएका १३ वटा समूहमध्ये आज सामुहिक लगानी कोषमात्रै ०.११ प्रतिशतले बढ्यो । जलविद्युत समूह सर्वाधिक अर्थात १.७० प्रतिशतले घट्दा विकास बैंक १.४६ प्रतिशत, फाइनान्स १.४३ प्रतिशत, होटल १.२९ प्रतिशत र बैंकिङ समूह १

    • प्रकाशित मितिः असार २४, २०८३
    • १५४ पटक पढिएको
  • सालपा विकास बैंकको लक इन अवधि आज सकिने

    इटहरी ।  सालपा विकास बैंकले सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको ५८ हजार ११४ कित्ता शेयरको लक इन अवधि आज असार २४ गते सकिने भएको छ ।नेपाल धितोपत्र बोर्डको निर्देशनअनुसार सर्वसाधारणमा शेयर बाँडफाँट भएको मितिले कम्तीमा ६ महिनासम्म सामूहिक लगानी कोषका लागि छुट्याइएको शेयर लक इनमा राख्नुपर्ने व्यवस्था छ ।सो अवधि पूरा भएपछि सम्बन्धित लगानी कोषले ती शेयरहरू दोस्रो बजारमा किनबेच गर्न सक्नेछन् ।

    • प्रकाशित मितिः असार २४, २०८३
    • १९८ पटक पढिएको
  • सदस्य (वाणिज्य) पदमा हर्कबहादुर विकको उम्मेदवारी

    इटहरी । उद्योग वाणिज्य संघ इटहरीको आगामी निर्वाचनका लागि इटहरी–६, विराटनगर लाइनस्थित न्यु ओम साइ गहना गृहका सञ्चालक हर्कबहादुर विकले सदस्य (वाणिज्य) पदमा उम्मेदवारी दिएका छन्।लामो समयदेखि सुनचाँदी तथा गहनाको व्यवसाय गर्दै आएका विक यतिबेला चुनावी अभियानमा सक्रिय छन्। उनी व्यवसायीहरूसँग भेटघाट गर्दै आफ्नो पक्षमा मतदान गर्न आग्रह गरिरहेका छन्।उद्योग वाणिज्य संघ इटहरीको निर्वाचनलाई लक्षित गर्दै उम्मेदवारहरूले यतिबेला चुनावी अभियानलाई तीव्र बनाएका छन्।

    • प्रकाशित मितिः असार २३, २०८३
    • २३३ पटक पढिएको
  • काफ्लेद्वारा १४ बुँदे सङ्कल्प पत्र सार्वजनिक

    इटहरी । उद्योग वाणिज्य संघ इटहरीको आगामी निर्वाचनका अध्यक्ष पदका उम्मेदवार नवराज काफ्लेले व्यवसायी सुरक्षा कोष स्थापना, संघलाई पूर्ण डिजिटल बनाउनेदेखि घरबहाल करको दीर्घकालीन समाधान खोज्नेसम्मका प्रतिबद्धतासहित १४ बुँदे सङ्कल्प पत्र सार्वजनिक गरेका छन्।सङ्कल्प पत्र सार्वजनिक गर्दै काफ्लेले उद्योग वाणिज्य संघ कुनै पद वा चुनाव जित्ने माध्यम नभई इटहरीका हजारौं उद्योगी–व्यवसायीको साझा संस्था भएको उल्लेख गरेका छन्। संस्थालाई व्यवसायीको वास्तविक अभिभावक बनाउने प्रतिबद्धता व्यक्त गर्दै उनले नेतृत्वको मूल्य भाषणले होइन, परिणामले मापन हुने बताएका छन्।पछिल्ला वर्षहरूमा आर्थिक मन्दी, घट्दो कारोबार, बढ्दो

    • प्रकाशित मितिः असार २३, २०८३
    • २१० पटक पढिएको
  • मौद्रिक नीति सार्वजनिक

    इटहरी । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गरेको छ ।मौद्रिक नीतिले कर्जाको सहजीकरणका लागि लचिलो व्यवस्था गर्दै कर्जाको सुरक्षणस्वरूप व्यक्तिगत जमानीबाट असीमित दायित्व सिर्जना हुने अवस्था हटाउन, चेक अनादरका कारण कालोसूचीमा परी बैंकिङ सेवाको पहुँचमा बाधा पर्ने अवस्था कम गर्न विशेष नीतिगत व्यवस्था गरिने भएको छ ।रुग्ण उद्योगमा रहेका निष्क्रिय कर्जाको व्यवस्थापन गर्न, दबाबमा रहेका कर्जाको पुनरुत्थान गर्न, संस्थाको सबलताका आधारमा शेयर धितो कर्जा सीमा निर्धारण हुने एवम् सार्वजनिक सवारीका रूपमा प्रयोग हुने ठूला विद्युतीय सवारीसाधनको कर्जा–मूल्य अनुपात सहजीकरण हुने गरी

    • प्रकाशित मितिः असार २३, २०८३
    • २४८ पटक पढिएको
  • मौद्रिक नीतिको पूर्वसन्ध्यामा शेयर बजारमा देखियो खरीद चाप

    इटहरी । आज सरकारले मौद्रिक नीति ल्याउने भएको छ । राष्ट्र बैंकले आगामी आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्ने भएपछि शेयरबजारका लगानीकर्ता उत्साहित हुँदा सूचक र कारोबार रकम दुवै बढेको छ ।आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से)परिसूचक ०.९३ प्रतिशत अर्थात २४.५७ अंकले बढेर २६५१.६८ बिन्दुमा अडिएको छ ।नेप्सेमा सूचीकृत ३५२ कम्पनीको ९५ लाख १९ हजार ४५२ कित्ता शेयर ७२ हजार २२ पटक किनबेच हुँदा ४ अर्ब ४० करोड ७ लाख ५२ हजार ५४२ रुपैयाँको शेयर किनबेच भएको छ ।कारोबारमा आएका १३ वटै समूहमा हरियाली छाउँदा व्यापार समूह सर्वाधिक अर्थात् १.८९ प्रतिशतले बढेको छ । यस्तै बैंकिङ समूह १.५२ प्रतिशत, विकास बैंक १.१३ प्र

    • प्रकाशित मितिः असार २३, २०८३
    • २५२ पटक पढिएको
  • घट्यो सुनचाँदीको मूल्य

    इटहरी ।  आज सुन र चाँदी दुवैको मूल्य घटेको छ । आज सुन तोलामा १ हजार ४०० रुपैयाँ र चाँदी प्रतितोला ३० रुपैयाँले घटेको हो ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ८८ हजार रुपैयाँमा कारोबार भएको छ ।आज चाँदी प्रति तोला ४ हजार ५५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

    • प्रकाशित मितिः असार २३, २०८३
    • २२० पटक पढिएको
  • नेप्से घट्ने क्रम जारी, सोमबार घट्यो झण्डै १ प्रतिशत

    इटहरी ।  साताको पहिलो कारोबार दिन सोमबार शेयरबजार परिसूचक नेप्सेमा गिरावट आएको छ । सोमबार नेप्से २६.२९ अंक अर्थात् ० दशमलव ९९ प्रतिशतले घटेर २६२७.११ विन्दुमा अडिएको छ ।सोमबार ३५६ कम्पनीका ७५ लाख ४० हजार ४१८ कित्ता शेयर ४६ हजार २४६ पटक किनबेच हुँदा ३ अर्ब ५५ करोड ७९ लाख ८१ हजार ४९८ रुपैयाँको शेयर किनबेच भएको छ ।सूचीकृत सबै समूहका परिसूचक ओरालो लाग्दा सबैभन्दा धेरै व्यापार समूहको परिसूचक ३.१५ प्रतिशतले घटेको छ ।जम्मा ३४ कम्पनीका शेयरमूल्य बढ्दा स्नो रिभर्स लिमिटेड, सानीगाड हाइड्रो लिमिटेड तथा कालङ्गा हाइड्रो लिमिटेडको शेयरमूल्य १५ प्रतिशत बढेको छ ।घटेको बजारमा थ्री स्टार हाइड्रोपावर लि

    • प्रकाशित मितिः असार २३, २०८३
    • २३२ पटक पढिएको
  • सातामा ३.८९ अंक बढ्यो नेप्से

    इटहरी ।  गत साता नेप्से परिसूचक ०.१५ प्रतिशत अर्थात् ३.८९ अंक बढेर २६५३.४० विन्दुमा बन्द भएको छ । ५ दिन बजार खुल्दा दुई दिन नेप्से बढेको थियो भने तीन दिन घटेको थियो ।सूचक सामान्य बढे पनि कारोबार रकम भने घटेको छ । अघिल्लो साता दैनिक औसतमा ४ अर्ब २ लाख रुपैयाँको शेयर किनबेच भएको थियो । गत साता दैनिक औसतमा ३ अर्ब ६६ करोड रुपैयाँको शेयर किनबेच भएको छ ।गत साता नेप्सेको कुल बजार पूँजीकरण भने ०.५४ प्रतिशत बढेको छ । अघिल्लो साताको अन्तिम कारोबार दिन ४५ खर्ब ३४ अर्ब रुपैयाँ रहेको नेप्सेको कुल बजार पूँजीकरण गत साता २४ अर्ब रुपैयाँ बढेर ४५ खर्ब ५९ अर्ब रुपैयाँ पुगेको छ ।गत साता १३ उपसमूहमध्ये ६

    • प्रकाशित मितिः असार २२, २०८३
    • १८४ पटक पढिएको
  • भैँसी चराउने मैदानबाट पूर्वकै व्यस्त पर्यटन गन्तव्य बन्यो अन्तु पोखरी

    इटहरी। चार दशकअघि स्थानीयले भैँसी चराउने र पानी खुवाउने ठाउँका रूपमा चिनिएको इलामको अन्तु पोखरी आज पूर्वी नेपालको चर्चित पर्यटकीय गन्तव्य बनेको छ।विसं २०४० सम्म सुनसान चरन क्षेत्र रहेको अन्तु पोखरीमा अहिले दैनिक आठ सयदेखि दुई हजारसम्म पर्यटक पुग्ने गरेका छन्। डुङ्गा सयर, सूर्योदय अवलोकन, होमस्टे, कटेज, चियाबारीको दृश्य र प्राकृतिक वातावरणका कारण अन्तु आन्तरिक तथा भारतीय पर्यटकको रोजाइमा परेको हो। होटल, होमस्टे र डुङ्गा सयरले स्थानीयको आम्दानी र रोजगारी दुवै बढाएको छ, अन्तु पर्यटन व्यवसायी सङ्घका अध्यक्ष रुद्र घिमिरेले भने।उनका अनुसार स्थानीयको पहलबाट सुरु भएको संरक्षण अभियानलाई पछिल्ला वर

    • प्रकाशित मितिः असार २१, २०८३
    • ३२० पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल