इटहरी । सालपा विकास बैंकले सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको ५८ हजार ११४ कित्ता शेयरको लक इन अवधि आज असार २४ गते सकिने भएको छ ।
नेपाल धितोपत्र बोर्डको निर्देशनअनुसार सर्वसाधारणमा शेयर बाँडफाँट भएको मितिले कम्तीमा ६ महिनासम्म सामूहिक लगानी कोषका लागि छुट्याइएको शेयर लक इनमा राख्नुपर्ने व्यवस्था छ ।
सो अवधि पूरा भएपछि सम्बन्धित लगानी कोषले ती शेयरहरू दोस्रो बजारमा किनबेच गर्न सक्नेछन् ।


















