आर्थिक

    Showing ३४१-३५० of १,०५४ items.
  • एकै दिन १०५ अङ्क घट्यो नेप्से

    इटहरी ।  आज पनि शेयर बजारमा उच्च अङ्कको गिरावट आएको छ । आज एकै दिन शेयर बजार परिसूचक मापक नेप्से १०५.५० अङ्क अर्थात् ३.७९ प्रतिशतले घटेको हो ।७ कम्पनीको मूल्य बढ्दा ६ वटाको बढ्यो १० प्रतिशतबजार घट्दा सबै कम्पनीको शेयरमूल्य घटेको छ । तर हालै दोस्रो बजारमा कारोबारका लागि सूचीकृत भएका ६ वाट कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ । युनियन हाइड्रोपावरको शेयरमूल्य ०.२० प्रतिशत बढेको छ । बाँकी सबै कम्पनीको शेयरमूल्य घटेको छ । रिलायन्स स्पिनिङ मिल्स, भुजुङ हाइड्रोपावर लिमिटेड, रिज लाइन इनर्जी, होटल फरेस्ट इन, सुपर खुदी हाइड्रो र सूर्यकुण्ड हाइड्रोको शेयरमूल्य १० प्रतिशत बढेको छ ।नारायण

    • प्रकाशित मितिः चैत २२, २०८२
    • २२३ पटक पढिएको
  • सुनचाँदीको मूल्य स्थिर

    इटहरी । आज सुन र चाँदी दुवैको मूल्य स्थिर रहेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रति तोला २ लाख ९४ हजार रुपैयाँ निर्धारण भएको छ ।चाँदीको भाउ आज प्रतितोला ४ हजार ८३० रुपैयाँ निर्धारण भएको छ ।

    • प्रकाशित मितिः चैत २२, २०८२
    • १४२ पटक पढिएको
  • खुल्यो आजदेखि बुद्धभूमि नेपाल हाइड्रोपावरको हकप्रद शेयर बिक्री

    इटहरी ।  आजदेखि बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडले हाल कायम चुक्ता पूँजी ४० करोड रुपैयाँको शतप्रतिशत हकप्रद बिक्री शुरु गरेको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ४० लाख कित्ता हकप्रद शेयर निष्काशन गरेको हो ।गत माघ २९ गतेसम्म कायम भएका शेयरधनीहरूले मात्रै सो हकप्रद खरीदका लागि आवेदन दिन सक्नेछन् । बैशाख १३ गते बैंकिङ्ग समयसम्म आवेदन दिन सकिने कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेडले जनाएको छ ।

    • प्रकाशित मितिः चैत २२, २०८२
    • १४८ पटक पढिएको
  • कालिञ्चोक हाइड्रोपावरले आजदेखि सर्वसाधारणका लागि आइपीओ बेच्ने

    इटहरी ।  कालिञ्चोक हाइड्रोपावर लिमिटेडले आज चैत २२ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ ।कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले १३ लाख ७५ हजार कित्ता आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । जसमध्ये ५ लाख ५० हजार कित्ता आयोजना प्रभावितका लागि र ८२ हजार ५०० कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्काशन गरी बाँडफाँडसमेत भइसकेको छ ।बाँकी कित्तामध्ये ४१ हजार २५० कित्ता सामुहिक लगानी कोषका लागि र १६ हजार ५०० कित्ता कम्पनीमा कार्यरत कर्मचारीहरूका लागि सुरक्षित गरी बाँकी ६ लाख ८४ हजार ७५० कित्ता आईपीओ सर्वसाधारणका लागि खुला गर्न लागेको हो

    • प्रकाशित मितिः चैत २२, २०८२
    • २८५ पटक पढिएको
  • आगामी बजेट लेखनका लागि समिति गठन

    काठमाडौंः आर्थिक वर्ष २०८३\८४ को बजेट निर्माणका निम्ति सरकारले बजेट लेखन समिति गठन गरेको छ ।बजेट वक्तव्यको मस्यौदा तयार गर्न राजस्व व्यवस्थापन महाशाखाका प्रमुख उत्तरकुमार खत्रीलाई समितिको संयोजक तोकिएको छ । समितिलाई आउँदो आर्थिक वर्षको बजेटको पूर्ण खाका तयार गर्ने जिम्मेवारी दिइएको छ ।समिति सदस्यमा बजेट तथा कार्यक्रम महाशाखा प्रमुख डा. सुमन दाहाल, अन्तर्राष्ट्रिय आर्थिक सम्बन्ध महाशाखा प्रमुख डा. धनीराम शर्मा, आर्थिक नीति विश्लेषण महाशाखा प्रमुख महेश भट्टराई र वित्तीय संघीयता समन्वय महाशाखा प्रमुख सेवन्तक पोखरेल छन् ।समितिले अर्थमन्त्री स्वर्णिम वाग्लेले संघीय संसद्मा पेस गर्ने बजेट वक्तव

    • प्रकाशित मितिः चैत २२, २०८२
    • १६५ पटक पढिएको
  • विराटनगर–८ मा महिलालाई आत्मनिर्भर बनाउने अभियान—अर्गानिक साबुन र सर्फ बनाउने तालिम सफलतापूर्वक सम्पन्न

     विराटनगर । महिलाको आर्थिक सशक्तीकरण र आत्मनिर्भरता अभिवृद्धि गर्ने उद्देश्यसहित हलेसी महिला सशक्तीकरण सेवा केन्द्र, विराटनगर वडा नं. ८ को आयोजनामा सञ्चालन गरिएको अर्गानिक सर्फ तथा साबुन बनाउने सीपमूलक तालिम कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।उक्त तालिम २०८२ चैत्र १९ देखि २१ गते सम्म  आयोजना गरिएको हो, जसमा स्थानीय दिदीबहिनीहरूको उल्लेख्य सहभागिता रहेको थियो। घरमै बसेर आयआर्जन गर्न सकिने व्यावसायिक सीप प्रदान गर्ने लक्ष्यका साथ सञ्चालन गरिएको यस कार्यक्रमले सहभागी महिलामा नयाँ उत्साह र आत्मविश्वास जगाएको आयोजकले जनाएको छ।कार्यक्रम संस्थाकी अध्यक्ष सीता बरालको अध्यक्षतामा सम्पन्न भए

    • प्रकाशित मितिः चैत २१, २०८२
    • ४४७ पटक पढिएको
  • सातामा १३ हजार रुपैयाँ बढ्यो सुनको भाउ

    इटहरी ।  यो साता सुनको मूल्य १३ हजार रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत चैत १३ गते शुक्रबार २ लाख ८१ हजार प्रतितोलामा कारोबार भएको सुनको मूल्य चैत २० गते शुक्रबारसम्म आइपुग्दा १३ हजार बढेर २ लाख ९४ हजार रुपैयाँ पुगेको छ ।यो साता ३ दिन सुनको मूल्य बढ्दा दुई दिन घट्यो भने एक दिन स्थिर रह्यो ।महासंघका अनुसार गत चैत १५ गते आइतबार सुनको मूल्य ५ हजार रुपैयाँ बढेको थियो । चैत १६ गते सोमबार भने सुनको मूल्य तोलामा २ हजार ५०० रुपैयाँ घटेको थियो ।मंगलबार ६ हजार ७०० रुपैयाँ र बुधबार ७ हजार ४०० रुपैयाँ बढेको सुनको मूल्य बिहीबार भने ३ हजार ६०० रुपैयाँले घटेको थियो ।शुक्रब

    • प्रकाशित मितिः चैत २१, २०८२
    • २०५ पटक पढिएको
  • सातामा साढे ५ प्रतिशत घट्यो नेप्से परिसूचक

    इटहरी ।  सरकार गठनपछिको यो साता नेप्से परिसूचक साढे ५ प्रतिशत घटेको छ । गत साता २९५०.१६ बिन्दुमा बन्द भएको नेप्से यो साता ५.६९ प्रतिशत अर्थात १६७.९८ अङ्क बढेर २७८२.१८ विन्दुमा बन्द भएको छ ।नेप्से घटेसँगै कारोबार रकम पनि घटेको छ । गत साता दैनिक औसतमा १६ अर्ब ४९ करोड रुपैयाँको शेयर किनबेच भएकोमा यो साता दैनिक औसतमा १२ अर्ब रुपैयाँको शेयर किनबेच भएको छ ।यो साता नेप्सेको कुल बजार पूँजीकरण साढे ५ प्रतिशत घटेको छ । गत साताको अन्तिम कारोबार दिन ५० खर्ब ९ अर्ब रुपैयाँ रहेको नेप्सेको कुल बजार पूँजीकरण यो साता २ खर्ब ७९ अर्ब रुपैयाँ घटेर ४७ खर्ब ३० अर्ब रुपैयाँमा झरेको छ ।यो साता उत्पादन तथा प

    • प्रकाशित मितिः चैत २१, २०८२
    • १८२ पटक पढिएको
  • घट्यो अमेरिकी डलरको भाउ

    इटहरी ।  नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४८ रुपैयाँ ६७ पैसा र बिक्रीदर १४९ रुपैयाँ २७ पैसा तोकिएको छ । यसअघि अमेरिकी डलरको भाउ १५० रुपैयाँभन्दा माथि पुगेको थियो ।युरोपियन युरो एकको खरिददर १७१ रुपैयाँ ६२ पैसा र बिक्रीदर १७२ रुपैयाँ ३१ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९६ रुपैयाँ ७६ पैसा र बिक्रीदर १९७ रुपैयाँ ५५ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८६ रुपैयाँ २२ पैसा र बिक्रीदर १८६ रुपैयाँ ९७ पैसा तोकिएको छ ।अस्ट्रेलियन डलर एकको खरिददर १०२ रुपैयाँ ७१ पैसा र बिक्रीदर १०३ रुपैयाँ १२ पैसा, क

    • प्रकाशित मितिः चैत २१, २०८२
    • १४५ पटक पढिएको
  • चैत १९ मा सकियो मकर जितुमाया सुरी हाइड्रोपावरको ६० लाख ३० हजार कित्ता शेयरको लक इन अवधि

    इटहरी ।  मकर जितुमाया सुरी हाइड्रोपावरको ६० लाख ३० हजार ६२८ कित्ता शेयरको लक इन अवधि चैत १९ गते सकिएको छ ।सो कम्पनीको जम्मा शेयर सङ्ख्यामा संस्थापक शेयर सङ्ख्या ५३ लाख २० हजार कित्ता, कर्मचारीहरूको शेयर सङ्ख्या ३२ हजार २८ कित्ता र स्थानीयहरूको शेयर सङ्ख्या ६ लाख ७८ हजार ६०० कित्ता रहेको छ ।सञ्चालक तथा कम्पनीको उच्च व्यवस्थापकीय पदमा कार्यरत कर्मचारीहरूको हकमा भने यो नियमअनुसार शेयर रोक्का रहने कम्पनीले जनाएको छ ।

    • प्रकाशित मितिः चैत २१, २०८२
    • १७७ पटक पढिएको

नागेश्वर मिडिया एण्ड एडभरटाइजिङ्ग प्रा लि द्रारा प्रकाशित इटहरी खबर डटकम इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • विज्ञापनको लागि : ९८५२०४११३८
  • इमेल : [email protected]
  • सुचना तथा प्रसारण बिभाग : ४७२६-२०८१/०८२
  • प्रेस काउन्सिल नेपाल सूचीकरण : ४७५२-२०८१/८२

हाम्रो टिम

  • प्रबन्धक निर्देशक : देवराज पुरी
  • सम्पादक : नवीन दाहाल