इटहरी ।  आज नेप्से परिसूचक स्थिर रहेको छ । ०.०८ अर्थात् ०.०० प्रतिशतले बढेर २७०५.५३ विन्दुमा अडिएको शेयर बजारमा आज ३५२ कम्पनीको शेयर बिक्री भएको छ ।

८३ लाख ७५ हजार ४७१ कित्ता शेयर ४४ हजार ५४२ पटक किनबेच हुँदा ३ अर्ब ६३ करोड ७५ लाख ८९ हजार १० रुपैयाँको शेयर किनबेच भएको छ ।

आज विकास बैंक, वित्त, जलविद्युत, लगानी र उत्पादन तथा प्रशोधन समूहका परिसूचक बढेका छन् । वाणिज्य बैंक, होटल तथा पर्यटन, जीवन बीमा, लघुवित्त, सामुहिक लगानी कोष, निर्जीवन बीमा, व्यापार तथा अन्य समूहका परिसूचकमा भने गिरावट आएको छ ।

बढेको बजारमा सोपान फर्मास्युटिकल्स् र एपोलो हाइड्रोपावरको शेयरमूल्य १५ प्रतिशत बढेको छ । डिबेञ्चर तथा सामुहिक लगानी कोषका इकाइहरु उच्च मूल्य घट्ने कम्पनीमा परेका छन् ।

सूचक सामान्य बढेसँगै समग्र बजार पूँजीकरण ४६ खर्ब २२ अर्ब ९५ करोड २ लाख ३४ हजार ४८४ रुपैयाँ कायम भएको छ ।