इटहरी । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)परिसूचक आज पनि घटेको छ । आज नेप्से परिसूचक ०.२३ प्रतिशत अर्थात ६.३१ अंकले घटेर २७०५.४५ अंकमा अडिएको छ ।

नेप्सेमा सूचीकृत ३५५ कम्पनीको १ करोड ७ लाख ८ हजार ५९६ कित्ता शेयर ४८ हजार ११६ पटक किनबेच हुँदा ४ अर्ब ४ करोड ७८ लाख ५८ हजार ८४ रुपैयाँको शेयर किनबेच भएको छ ।

व्यापार र सामुहिक लगानी कोष समूहहरु क्रमशः०.३१ र ०.०५ प्रतिशतले बढ्नुबाहेक अन्य समूह ओरालो लागेका छन् । फाइनान्स समूह सर्वाधिक अर्थात् ०.६० प्रतिशतले घटेको छ ।

आँखुखोला जलविद्युतको सर्वाधिक अर्थात ३१ करोड ९९ लाख ४५ हजार ९५ रुपैयाँको शेयर किनबेच भएको छ । सिद्धार्थ बैंक, रिलायन्स स्पिनीङ मिल्स, रावा इनर्जी र बुङ्गल हाईड्रो उच्च शेयर कारोबार गर्ने अन्य कम्पनीमा परेका छन् ।

हालै नेप्सेमा सूचीकृत सोपान फर्मास्युटिकल्स र एपोलो हाईड्रोपावरको शेयरमूल्य १५ प्रतिशत बढ्दा दोल्ती पावर, बुङ्गल हाईड्रो र मेन्छियाम हाईड्रो उच्च मूल्य बढ्ने अन्य कम्पनीमा परेका छन् ।

सयपत्री हाईड्रोको शेयरमूल्य सर्वाधिक अर्थात ४.९० प्रतिशतले घट्दा । युनियन नेपाल लघुवित्त, कालिञ्चोक हाईड्रो र रिलायन्स स्पिनीङ मिल्सको उच्च मूल्य घट्ने अन्य कम्पनीमा परेका छन् ।

बजार घटेसँगै समग्र बजार पूँजीकरण ४६ खर्ब २२ अर्ब ८० करोड २३ लाख १३ हजार ८२७ रुपैयाँ कायम भएको छ ।