काठमाडौंः १० वर्षसम्म निस्क्रिय रहेका बैंक खातामा भएको रकम सरकारी कोषमा जम्मा हुने भएको छ । सरकारले हालै सार्वजनिक गरेको ‘शासकीय सुधारसम्बन्धी १०० कार्यसूची’ ले बैंकिङ, वित्तीय सुशासन र लगानीको क्षेत्रमा दूरगामी परिवर्तन गर्ने लक्ष्य राखेअनुसार सो निर्णय गरिएको हो ।निष्क्रिय स्रोतहरूको प्रभावकारी उपयोग गर्न १० वर्ष वा सोभन्दा बढी समयदेखि बैंक तथा वित्तीय संस्थाहरूमा चलायमान नभएका र हकवालाले दाबी नगरेका खाताहरूको विवरण सङ्कलन गरी ९० दिनभित्र कानुनी प्रक्रिया पूरा गरेर उक्त रकम राज्यकोषमा ल्याउने व्यवस्था मिलाइने भएको हो ।यसअघि २० वर्षसम्म निस्क्रिय रहेका बैंक खाताको रकम सरकारी कोषमा दाखिला
विराटनगर — उद्योग संगठन मोरङको आयोजनामा चैत १२ देखि १६ गतेसम्म सञ्चालन भइरहेको घर निर्माण प्रदर्शनीमा उपभोक्ताको उल्लेखनीय भीड देखिएको छ। स्वदेशी निर्माण सामग्रीको प्रवर्द्धन र आत्मनिर्भर निर्माण क्षेत्रको लक्ष्यसहित पहिलोपटक आयोजना गरिएको प्रदर्शनीप्रति दिनप्रतिदिन आकर्षण बढ्दै गएको छ।शनिबार बिदाको दिन प्रदर्शनीस्थलमा झनै भीड देखिएको थियो। ८० भन्दा बढी स्टलमा निर्माण सामग्री, टाइल–मार्बल, सीसी टिभी, बैंकिङ, बीमा र वास्तुसम्बन्धी सेवाबारे जानकारी लिन उपभोक्ता उत्साहित देखिएका थिए।बेम्बु आर्किटेक्टका निर्देशक इन्द्र कामतका अनुसार दिगो र सुरक्षित घर निर्माणप्रति उपभोक्ताको चासो बढ्दो छ। यस्तै, प
इटहरी । हिजो उच्च अङ्कले घटेको शेयर बजार आज अस्थिर बनेको छ । बजार छिनमै घटेर रातो हुने र छिनमै बढेर हरियो हुने गरिरहेको छ ।दिउँसो १ बजेसम्ममा ५ अर्ब ३८ करोड ५१ लाख रुपैयाँको शेयर किनबेच भएको छ । सबैभन्दा धेरै रिडी हाइड्रोपावरको कारोबार भएको छ । बजार लगभग १ अंक बढेको छ ।
इटहरी । आज नेपाली बजारमा सुन र चाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला २ हजार ५०० रुपैयाँ र चाँदीको मूल्य तोलामा २० रुपैयाँ घटेको हो ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ८३ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।चाँदी प्रतितोला ४ हजार ७०० रुपैयाँमा किनबेच भइरहेको छ ।
इटहरी । फोन किन्दा कार जित्ने अवसरसहित होनोरले आकर्षक उपहार योजना सार्वजनिक गरेको छ । आफ्नो सबैभन्दा ठूलो अभियान अन्तर्गत कम्पनीले होनोर एक्स ९ डी को प्रत्येक खरिदमा दिपल एसओ ५ कार जित्ने अफर सार्वजनिक गरेको छ ।३० दिनका लागि नेपालभर आफ्नो अहिलेसम्मकै सबैभन्दा ठूलो अभियान सञ्चालन गरेको जनाएको कम्पनीले स्मार्टफोनभन्दा बढी मूल्य प्रदान गर्ने उद्देश्यले डिजाइन गरिएको जनाएको छ । यस अभियानले नवीनता र आकांक्षाको संयोजन प्रस्तुत गर्ने पनि कम्पनीले जनाएको छ । २.५ मिटर ड्रप रेसिस्टेन्स, आईपी ६९ के वाटर रेसिस्टेन्स र ८३०० एमएएच ब्याट्रीका लागि परिचित होनोर एक्स ९ डी अब आकर्षक बन्डल अफरहरूसँगै
इटहरीः विद्युतीय दुई पाङ्ग्रे सवारी साधनमा सक्रिय अथर इनर्जीको विद्युतीय स्कुटर ‘रिज्टा एस’ इटहरीमा सार्वजनिक गरिएको छ । नेपालका लागि आधिकारिक वितरक विद्या इनर्जी प्रालिले शून्य प्रतिशत ब्याजदरमा फाइनान्सको सुविधासहित विद्युतीय स्कुटर बजारमा ल्याएको हो ।पछिल्लो समय विद्युतीय सवारी उपयोगिता बढ्दै गएका कारण इटहरीको पश्चिम लाइनमा नयाँ मोडलको औपचारिक सोरुम खोलिएको कम्पनीले जनाएको छ ।यसअघि सार्वजनिक भएको ‘रिज्टा जेड’ ले राम्रो प्रतिक्रिया पाएपछि त्यसको विस्तारका रूपमा ‘रिज्टा एस’ ल्याइएको वितरक कम्पनीका सीईओ सूर्यांश वैद्यले बताउनुभयो । उहाँका अनुसार स्कुटर नेपाली परिवार र दैनिक प्रयोगलाई लक्ष
इटहरी । लगानीकर्ताको अपेक्षाविपरीत आज शेयर बजार मापन गर्ने परिसूचक (नेप्से इण्डेक्स) ७१.०५ अङ्क अर्थात् २.४० प्रतिशतले घटेर २८७९.११ को बिन्दुमा अडिएको छ ।नयाँ सरकार गठनलगत्तै उत्साहित बनेका लगानीकर्ता एमालेले गरेको आन्दोलनका कारण त्रसित बनेको हुन सक्ने अनुमान गरिएको छ । नेप्सेमा सूचीकृत ३३३ कम्पनीको ३ करोड ५२ लाख ४८ हजार ३९७ कित्ता शेयर १ लाख ९६ हजार १५८ पटक किनबेच हुँदा १५ अर्ब ३ करोड ३३ लाख १० हजार ८६७ रुपैयाँको शेयर कारोबार भएको छ ।घटेको बजारमा ६ कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ । यसरी मूल्य बढ्नेमा रिलायन्स स्पिनिङ मिल्स, सुपर खुदी हाइड्रो, रिज लाइन इनर्जी, सूर्यकुण्ड हाइ
इटहरी । अमेरिकी डलरको मूल्य बढ्दै गएको छ । आज एक अमेरिकी डलरको खरिद दर १५१ रुपैयाँ ४१ पैसा र बिक्री दर १५२ रुपैयाँ १ पैसा तोकिएको छ ।नेपाल राष्ट्र बैंकले आइतबारका लागि विभिन्न विदेशी मुद्राको विनिमय दर तोकेअनुसार अष्ट्रेलियन डलर एकको खरिददर १०४ रुपैयाँ ३७ पैसा र बिक्रीदर १०४ रुपैयाँ ७९ पैसा, क्यानेडियन डलर एकको खरिददर १०९ रुपैयाँ ३२ पैसा र बिक्रीदर १०९ रुपैयाँ ७५ पैसा पैसा तोकिएको छ ।युरोपियन युरो एकको खरिददर १७४ रुपैयाँ ३२ पैसा र बिक्रीदर १७५ रुपैयाँ १ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर २०१ रुपैयाँ ४१ पैसा र बिक्रीदर २०२ रुपैयाँ २० पैसा कायम गरिएको छ ।राष्ट्र बैङ्कले यो विनिमय
काठमाडौंः नवनियुक्त अर्थमन्त्री स्वर्णिम वाग्लेले पदभार सम्हालेकै दिन १५ वटा पुराना तथा अप्रासङ्गिक ऐन खारेज गर्ने निर्णय गरेका छन् ।उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको सिफारिशका आधारमा ती ऐन हटाउने प्रक्रिया अघि बढाइएको जनाइएको छ । अर्थमन्त्री वाग्लेले वर्तमान आर्थिक संरचना र नीतिसँग मेल नखाने, दोहोरोपन र अनावश्यक नियन्त्रण सिर्जना गर्ने ऐनहरू हटाइएको जनाएका छन् ।खारेज गर्न लागिएका १५ ऐन (सूची)ः१. आय टिकट दस्तुर ऐन, २०१९२. कालोबजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन, २०३२३. निजी वन जंगल राष्ट्रियकरण ऐन, २०१३४. प्रशासकीय कार्यविधि (नियमित गर्ने) ऐन, २०१३५. क्षतिपूर्ति ऐन, २०१९६. विर
इटहरी । नयाँ सरकार गठनको अघिल्लो दिन हिजो बिहीबार नेपाली शेयरबजार परिसूचक नेप्से १४.२१ अङ्कले बढेर २९५०.१६ बिन्दुमा अडिएको छ । ० दशमलव ४३ प्रतिशतले सूचक बढेको बजारमा ३४२ कम्पनीको ३ करोड ४ लाख ३८ हजार ३०५ कित्ता शेयर किनबेच हुँदा १३ अर्ब १६ करोड २२ लाख ९८ हजार ७१७ रुपैयाँको शेयर कारोबार भएको छ ।१० उपसूचक बढ्दा सर्वाधिक बढ्नेमा जलविद्युत समूह परेको छ । १.५६ प्रतिशतले सो समूह वृद्धि हुँदा उत्पादन तथा प्रशोधन समूहको १.५० प्रतिशत बढेको छ ।होटल तथा पर्यटन समूह ०.८१ प्रतिशत, लगानी समूह ०.५१ प्रतिशत, बैंकिङ समूह ०.३७ प्रतिशत, फाइनान्स समूह ०.१७ प्रतिशत, माइक्रोफाइनान्स समूह ०.२० प्रतिशत, नि