इटहरी ।  आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से)परिसूचक ०.८० प्रतिशत अर्थात २२.२१ अंकले बढेर २७७७.५८ विन्दुमा अडिएको छ ।

नेप्सेमा सूचीकृत ३४६ वटा कम्पनीको १ करोड १३ लाख ८५ हजार १०० कित्ता शेयर ६१ हजार ५२७ पटक किनबेच हुँदा ५ अर्ब २६ करोड ५२ लाख ७५ हजार २९९ रुपैयाँको शेयर कारोबार भएको छ ।

आज उत्पादन तथा प्रशोधन समूह ०.४२ प्रतिशतले घट्नुबाहेक बाँकी सबै समूहका सूचक उकालो लागे । वित्त समूह सार्वधिक ६.०३ प्रतिशतले बढेको छ ।

आज पनि आँखुखोला जलविद्युतको सर्वाधिक अर्थात ४६ करोड ७६ लाख ५८ हजार ७९८ रुपैयाँको शेयर किनबेच भएको छ । नेपाल पुनर्बीमा कम्पनी, रिडी पावर, सेन्ट्रल फाइनान्स र हिमालयन रिइन्स्योरेन्स सर्वाधिक कारोबार गर्ने कम्पनीमा परेका छन् ।

आज कालिञ्चोक हाईड्रोको शेयरमूल्य १५ प्रतिशत बढेको छ । सेन्ट्रल फाइनान्स, क्रेष्ट माइक्रो इन्स्योरेन्स, नेपाल पुनर्बीमा कम्पनी र गोर्खाज फाइनान्स उच्च मूल्य बढ्ने कम्पनीमा परेका छन् ।

बजार बढेको दिन आज बुङ्गल हाइड्रोको शेयरमूल्य सर्वाधिक अर्थात् साढे ४ प्रतिशतले घटेको छ । झापा इनर्जी, आत्मनिर्भर लघुवित्त र बोटलर्स नेपाल तराई उच्च मूल्य घट्ने अन्य कम्पनीमा परेका छन् ।

बजार बढेसँगै समग्र बजार पूँजीकरण ४७ खर्ब ३९ अर्ब १२ करोड ५० हजार ७७८ रुपैयाँ कायम भएको छ ।